२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा सरकारी वकिलले घुस खाएको भन्दै अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन

नवलपुरमा सरकारी वकिलले घुस खाएको भन्दै अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन

नवलपुरमा सरकारी वकिलले घुस खाएको भन्दै अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन

नवलपुरमा सरकारी वकिलले घुस खाएको भन्दै अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन

नवलपुरमा सरकारी वकिलले घुस खाएको भन्दै अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिल हरि घिमिरेले घुस खाएको भन्दै कावासोतीमा प्रदर्शन गरिएको छ । आज नवलपुर जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि पीडितहरुले प्रदर्शन गरेका हुन् । पीडितहरुले सरकारी वकिल हरि घिमिरेले पीडकसँग २९ लाख रुपैयाँ घुस खाएर पीडकको पक्षमा लागेर कृतेजालसाजी मुद्दाको फाइल अगाडि नबढाएको आरोप  लगाएका छन् । 


    पीडित रामप्रसाद महतोले पीडक अमृतमाया भुसालसँग आर्थिक लेनदेन गरेर सरकारी वकिल हरि घिमिरेले मुद्दानै ढिसमिस पारेको आरोप लगाए । पीडितहरुले आज सरकारी वकिल हरि घिमिरे विरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले पैसासँग न्यायालय नसाट्न चेतावनी दिएका थिए । 


    अदालत मार्गको चौताराबाट नवलपुर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर हुँदै पुन नवलपुर जिल्ला अदालतसम्म र्याली तथा प्रदर्शन गरेर नवलपुर जिल्ला अदालत अगाडि कोण सभा गरेका थिए । 


    कृते, जालसाजी मुद्दाका आरोपित कावासोती निवासी अमृत भुसालले नवलपुरमा २७ जनालाई मिटरब्याजमा पैसा लिएर कृते गरी जग्गा अडपेको, सम्बन्धित पीडितको नक्कली हस्ताक्षर गरेर बैंकको रकम बैंकका कर्मचारीसँग मिलेर झिकेको जस्ता आरोपमा प्रहरीले २३ दिन नियन्त्रणमा लिए अनुसन्धान गरेको थियो । 


    अमृत भुसालको मुद्दामा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता नै नगरेका कारण भुसाललाई २३ दिनको दिन छाड्नु परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 


    अनुसन्धानमा सम्लग्न एक जना उच्च सुरक्षा अधिकारीका अनुसार भुसाल कम्तिमा पुपक्र्षेका लागि थुनामा जान सक्ने अवस्था थियो तर सरकारी वकिलले आर्थिक लेनदेनमा परेर मुद्दालाई कमजोर भनेर मुद्दा नै नलिएको बताए । भुसालले विगत १० बर्षदेखि मिटरब्याजमा पैसा लगाउने र १० लाख रकम दिएकोसँग १ करोडको सम्पत्ति हडप्ने गरेको पीडित पक्षको आरोप रहेको छ । 
    आज कावासोतीमा रहेको मिटरब्याजी पीडित संघर्ष समिति, युवा दस्ता नवलपुरको टोलीले नवलपुर जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन तथा नाराबाजी गरेका हुन् । 


    नाराबाजी पछि आयोजित कोण सभामा बोल्दै मिटरब्याजी पीडित किसान संघर्ष समिति नवलपुरका अध्यक्ष हेमराज दाहालले सरकारी वकिल हरि घिमिरेले आर्थिक लेनदेनमा परेर मुद्दालाई कमजोर बनाएको आरोप लगाए । उनले न्यायालयमाथि आमनागरिकको विश्वास नै उठ्ने गरी सरकारी वकिल र न्यायाधिषहरुले नै पीडकसँग घुस खाएर पीडितलाई न्याय दिनुको सट्टा झन पीडा दिने गरेको बताए । 


    त्यसैगरी युवा दस्ता नवलपुरका अध्यक्ष दीपक वस्नेतले पैसासँग न्याय साटेर पीडितलाई झन पीडा दिने सरकारी वकिल हरि घिमिरे लगायतलाई कारवाही नगरिएर जनस्तरबाटै कारवाही गर्ने चेतावनी दिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले अमृत भुसाल तत्काललाई छाडिए पनि उनी विरुद्धको अनुसन्धान भने प्रहरीले जारी राखेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij