२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वन्यजन्तुमैत्री सडकः निर्माण चरणमै निगरानी गर

वन्यजन्तुमैत्री सडकः निर्माण चरणमै निगरानी गर

वन्यजन्तुमैत्री सडकः निर्माण चरणमै निगरानी गर

वन्यजन्तुमैत्री सडकः निर्माण चरणमै निगरानी गर

वन्यजन्तुमैत्री सडकः निर्माण चरणमै निगरानी गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • भौतिक पूर्वाधार निर्माण आधुनिक समाजमा अपरिहार्य छ । धेरै लेनका सडक  निर्माण अहिले आवश्यक भइसकेको छ । सुविधाजनक सडक आधुनिक यातायात सञ्जालको महत्वपूर्ण पक्ष हो । नारायणगढ—बुटवल सडक निर्माणाधीन छ । अब बुटवल–गोरुसिंगे सडक निर्माण सुरु गर्ने तयारी छ । यो सडकलाई वन्यजन्तुमैत्री सडक निर्माण गर्नुुपर्छ भन्ने दबाबकै कारण वन्यजन्तुमैत्री बनाउन थाल्नु सकारात्मक छ ।


    सडक मान्छेका लागि हो, तर वन्यजन्तुको आवतजावतलाई असर गर्ने गरी बनाउँदा त्यसले मान्छेको जीवनलाई नै जोखिममा पार्छ । उनीहरु आवतजावत सहजै गर्न नपाएपछि मानवबस्तीमा जानसक्ने जोखिम बढ्छ । आवतजावत गर्ने मार्गमा ठूला सडक बन्दा उनीहरुको हिंड्डुलमा समस्या हुँदा उनीहरुको जीवन नै जोखिममा पर्छ । र, पर्यावरणीय सन्तुलन खल्बलिन्छ । त्यसको असर अन्ततः मानवसहित सबै जीवले भोग्ने हो । यो संवेदनशिलतालाई ख्याल गर्दै पछिल्ला वर्ष पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री सडक बनाउनुपर्छ भन्ने आवाज उठेको छ । यो मागलाई जायज ठान्दै वन्यजन्तुको आवतजावतलार्ई असर नपर्ने गरी सडक पूर्वाधार बनाउन ध्यान दिन थालिएको छ । निर्माण सुरु हुन लागेको बुटवल—गोरुसिंगे सडकलाई वन्यजन्तुमैत्री बनाउने योजना अघि बढ्नु सकारात्मक छ ।


    सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ ल्याएर कार्यान्वयन गरेको छ । जसअनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न सडक र पुलसँगै वन्यजन्तु ओहोरदोहोर गर्नको लागि बुटवल-गोरुसिंगे सडकमा एउटा ठूलो पुलसहित १९ वटा साना, मझौला क्रसिङ बनाउन लागिएको छ । यो सडक अहिले दुई लेनको छ, अब चारको बन्दैछ । यो सडकखण्डमा मानव बस्तीसँगै ठूलो जंगल क्षेत्र पनि पर्छ । जहाँ वन्यजन्तुको सघन बसोबास छ । यस्तो ठाउँमा पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र सडकमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउनुपर्र्ने माग थियो । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागिएकोले वन्यजन्तुको ओहोरदोहोरलाई असर नपर्ने गरी काम अघि बढाउनुको विकल्प छैन । यो सडक नेपालकै आधुनिक र पहिलो वन्यजन्तुमैत्री  तथा वातावरणमैत्री हुने सरकारी अधिकारीहरुको भनाइ छ । 


    अब व्यवहारिक कार्यान्वयनको पाटोलाई हेर्नुपर्छ । नारायणगढ-मुग्लिन सडक विस्तार गर्दा बनाइएको अन्डरपास वन्यजन्तु अनुकुल नभएको वन्यजन्तुविद्हरुले बताएका छन् । वन्यजन्तुका लागि बनाइएको अण्डरपास उनीहरुका लागि अनुकुल नहुनुले जिम्मेवार निकायको कामप्रति प्रश्न उठेको छ । बुटवल-गोरुसिंगे सडक विस्तारमा पनि अन्डरपास बनाउने, तर वन्यजन्तु अनुकुल नहुने जोखिम रहेकाले निर्माण चरणमै निगरानी आवश्यक छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij