२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्लोबल डेरीमा मुख्यमन्त्रीको अवलोकनः डेरी व्यवसायी र किसानलाई सरकारको साथ रहने वचन

ग्लोबल डेरीमा मुख्यमन्त्रीको अवलोकनः डेरी व्यवसायी र किसानलाई सरकारको साथ रहने वचन

ग्लोबल डेरीमा मुख्यमन्त्रीको अवलोकनः डेरी व्यवसायी र किसानलाई सरकारको साथ रहने वचन

ग्लोबल डेरीमा मुख्यमन्त्रीको अवलोकनः डेरी व्यवसायी र किसानलाई सरकारको साथ रहने वचन

ग्लोबल डेरीमा मुख्यमन्त्रीको अवलोकनः    डेरी व्यवसायी र किसानलाई सरकारको साथ रहने वचन
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जाडो र सुख्खा मौसममा हुने दुधको माग तथा आपूर्तिको असन्तुलनलाई सम्बोधन गर्न प्रदेश सरकारले नीतिगत सुधार गर्ने बताउनु भएको छ । 


    कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–९ मा रहेको ग्वलोबल डेरी प्रालीको अवलोकन गर्ने क्रममा मुख्यमन्त्री आचार्यले किसान संग प्रत्यक्ष जोडिएको डेरी क्षेत्रलाई व्यवसायीकरण गरेर उद्योगको रुपमा विकास गर्न प्रदेश सरकारले साथ दिने बताउनु भएको हो ।

    ‘यहाँ रहेको डेरी प्लान्ट बारे मलाई जानकारी छ । यो संग लुम्बिनी प्रदेशका किसान मात्रै होइन अन्य प्रदेश र जिल्लाका किसान पनि जोडिनु भएको छ ।

    किसानले उत्पादन गरेको दुधको खरिद, विक्रि प्रणालीलाई सहज बनाउन प्रदेश सरकारले पनि साथ दिन्छ’उहाँले भन्नुभयो–‘भविस्यमा डेरी क्षेत्रबाट किसानको आम्दानी बढाउन र प्रत्यक्ष रोजगारीको अवसर सृजना गर्न सकिने थुप्रै आधार छन् ।’ 


    लुम्बिनी प्रदेशमा पाउडर प्लान्ट छैन् । जसले गर्दा किसानहरुले उत्पादन गरेको दुधको बजारीकरणमा समस्या पर्दै आएको छ । जाडो मौसममा दुध विक्रि नभएर किसानहरुले मिल्क होलीडेको मारमा किसान पर्ने गरेका छन् । पाउडर प्लान्ट स्थापना गरेर दुधको बजारीकरणमा सहयोग गर्ने बारेमा प्रदेश सरकारले नीतिगत सुधार गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भयो । 


    लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले दुध उत्पादनमा लुम्बिनी प्रदेश आत्मनिर्भर भएपनि किसानले उत्पादन गरेको सबै दुध बजार सम्म पुग्न नसक्दा समस्या भएको बताउनु भएको छ । प्रदेश सरकारले दुधको बजारीकरणका लागी नीजि क्षेत्र संग सहकार्य गर्दा सहज हुने सुझाव दिनुभयो ।‘यहाँको उत्पादन देश भित्र मात्र होइन, देश बाहिर पनि विक्रि वितरण भ्यरहेको छ’उहाँले भन्नुभयो,‘यो उद्योगले लुम्बिनी प्रदेशलाई दुधको बजारीकरणमा ठूलो योग्दान पु¥याएको छ ।’


    ग्लोबल डेरीले किसानहरुले उत्पादन गरेको दुध खरिद गरेवाफत नियमित भुक्तानी दिदै आएको, कृषि विमा संग जोडेको, चोकर, दाना तथा घाँस खेतीका लागी सहयोग गर्दैै आएको ग्लोबल डेरी प्रालीका अध्यक्ष थानेश्वर न्यौपानेले प्रत्यक्ष र सहकारी मार्फतगरी २० हजार किसान प्रत्यक्ष जोडिएको जानकारी दिनुभयो । २०७१ सालमा स्थपना भएको उद्योगले दुध, दही, घ्यू, पनिर, छुर्पि, खवा, मोही, बटर, मिठाई उत्पादन गर्दै आऐको छ । 


    देशका ठूला शहरहरुलाई बजारको रुपमा मानेको उद्योगले काठमाण्डौंमा समेत उद्योग स्थापना गरेर कारोबार सुरु गर्न थालेको प्रालीका प्रबन्ध निर्देशक जनक न्यौपानले जानकारी दिनुभयो । ८१ वटा दुध संकलन र चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ ।

    सुदुर पश्चिमको  कञ्चनपुर सम्मबाट दूध संकलन गर्दै आएको उद्योगले पूर्व झापामा आफ्ना उत्पादन विक्रि वितरणका लागी पु¥याउने गरेको छ । देश बाहिर पनि उत्पादन पठाउने बारेमा अध्ययन भइरहेको, त्यसका लागी सरकारलाई सहजीकरण गर्न आग्रह गरिएको छ । गत बर्ष उद्योगले १ करोड १७ लाख लिटर दूध किसानबाट खरिद गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij