२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सहकारीको रकम अपचलन गरी विदेश फरार भएकाहरुको खोजबिन गर्न गृहलाई  समितिको निर्देशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • बुटवल । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलन र दुरुपयोग गरी विदेश फरार भएकाहरुको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    हिजो बसेको समिति बैठकले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका २८ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

    विदेशमा फरार भएकाहरुको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशन दिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

    समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरुपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन ।

    यसबारे समितिले हिजो गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको छ ।

    छलफलमा गृहमन्त्री लेखकले समितिको निर्देशनअनुसार सहकारी रकम अपचलनमा संलग्न व्यक्तिलाई विदेशबाट नेपाल ल्याउन पहल भएको बताए ।

    प्रहरी महानिरीक्षक कुँवरले पनि समितिको निर्देशनअनुसार सहकारी ठगीमा संलग्न अभियुक्तलाई स्वदेश फर्काएर अनुसन्धान गर्ने पहल भइरहेको बताएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij