२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुदूरपश्चिममा ३१ गते बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा ३१ गते बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा ३१ गते बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा ३१ गते बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा ३१ गते बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौं ३१ गते बजेट ल्याउने बताएका छन्  । शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले  भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।


    तत्कालीन सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउने उनले बताए । ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ,’ शाहले भने,’यसअघिकै नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ ।’


    सरकारले बनाएको मापदण्डका आधारमा बजेट ल्याइने शाहको भनाइ छ । सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी योजना छनोट गर्ने, कम बजेट विनियोजन गर्नुपर्ने योजना सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड बनाएको छ ।


    तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गरेको थियो तर राजनीतिक समीकरण फेरिएपछि बजेट पारित हुन सकेको थिएन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij