२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर

नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर

नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर

नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर

नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • नवलपुर । निजामति कर्मचारी दिवस तथा संविधान दिवसको अवसर पारेर आज बौदीकाली २ डेढगाउँमा निशुल्क बृहत् स्वास्थ्य शिविर भएको छ ।कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर मध्यविन्दु जिल्ला अस्पतालको प्राविधिक सहयोगमा भएको हो ।

    निशुल्क स्वास्थ्य शिविरमा स्थानीय महिला, जेष्ठनागरिक, बालबालिकाहरूले लाभ लिएको थिए । शिविरमा निशुल्क औषधि वितरण गरिएको थियो ।

    बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाको सहआयोजनामा भएको स्वास्थ्य शिविरको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले उद्घाटन गरेका थिए ।

    कार्यक्रम बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा भएको थियो ।स्वास्थ्य शिविर गर्नु पूर्व स्थानीय बाल क्लबका कलाकारहरूले स्वास्थ्य सम्बन्धि सचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए ।

    शिविरमा ४ सय १२ जनाले निशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षण गरिएका सामान्य प्रकारका विरामीहरुलाई निशुल्क औषधि वितरण गरिएका थियो भने गम्भीर प्रकृतिका विरामीहरुलाई थप निशुल्क उपचारका लागि रिफर गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सरकारी कर्मचारी नराम्रो हुन्छन भन्ने गलत सन्देश चिर्नका लागि विकट क्षेत्रमा यस्ता कार्यक्रम लिएको आएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij