२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा भएको युनाइटेड गोल्डकपको उपाधि रामपुर चितवनलाई

नवलपुरमा भएको युनाइटेड गोल्डकपको उपाधि रामपुर चितवनलाई

नवलपुरमा भएको युनाइटेड गोल्डकपको उपाधि रामपुर चितवनलाई

नवलपुरमा भएको युनाइटेड गोल्डकपको उपाधि रामपुर चितवनलाई

नवलपुरमा भएको युनाइटेड गोल्डकपको उपाधि रामपुर चितवनलाई
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • नवलपुर । नवलपुरको हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाइटेड गोल्डकपको उपाधि रडस रामपुर चितवनले जितेको छ । 

    वर्षाले प्रभावित फाईनल खेलमा वातासिनो योङ्गस्टार कावासोतीलाई १–० गोलले पराजित गर्दै रडस रामपुरले प्रतियोगिताको ३८ संस्करणको उपाधि जितेको हो ।

    पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफको १२ औं मिनेटमा समिप ढकालले रडस रामपुरका लागि गरेको गोल नै निर्णायक भएको हो ।

    यो सँगै रडस रामपुरले ट्रफी सहित नगद २ लाख ५० हजार जितेको छ भने उपविजेता वातासिनो कावासोतीले ट्रफी सहित १ लाख ५० हजार हात पारेको छ ।

    यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी वातासिनो योङ्गस्टार कावासोतीका प्रकाश पुन, सर्वाधिक गोलकर्ता प्रतियोगितामा ६ गोल गरेका रडस रामपुरका अनिल राना मगर र  प्रतियोगिताको अनुशासित टिम एभरेस्ट क्लब चितवनले जनही ८÷८ हजार नगद,  ट्रफी र प्रमाणपत्र हात पारेका छ्न ।

    प्रतियोगिताको विजयी टिमलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ, हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्णसिंह रानाले पुरस्कार वितरण गरेका थिए ।

    भाद्र १४ गते सुरु भएको प्रतियोगिताको समापनमा सम्बोधन गर्दै युनाईटेड युवा क्लबका अध्यक्ष हरि थापाले गोल्ड कपको ३९ औं  संस्करण आयोजना गर्ने घोषणा गरेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij