२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कानुन निर्माणमा नागरिक सहभागिता अनिवार्य शर्त

कानुन निर्माणमा नागरिक सहभागिता अनिवार्य शर्त

कानुन निर्माणमा नागरिक सहभागिता अनिवार्य शर्त

कानुन निर्माणमा नागरिक सहभागिता अनिवार्य शर्त

कानुन निर्माणमा नागरिक सहभागिता अनिवार्य शर्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • शासन प्रणालीलाई प्रभावकारी सञ्चालनका लागि कानुन आवश्यक हुन्छ । कानुन कार्यान्वयनले नै समाजले सही दिशा लिन्छ । राज्य सञ्चालन प्रभावकारी हुन्छ । लोकतान्त्रिक समाजमा सरकार र नागरिकबिचको सम्बन्ध गाढा बनाउने काम नै कानुनले गर्छ । कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गर्ने र उनीहरुका सुझाव समेटेर अघि बढ्ने कामले कानुन कार्यान्वयन सहज हुन्छ । सरोकारवालासँग छलफल गर्दा राज्यका स्वार्थ एंव सरोकारबारे पनि नागरिकलाई जानकारी गराउन सहज हुन्छ । कानुन बनाउँदा सरोकारवालासँग छलफल नगर्दा कानुनप्रति अपनत्व हुन्न ।


    लुम्बिनी प्रदेशसभाको पहिलो कार्यकालमा ७२ कानुन बने । दोस्रो कार्यकालको दुई वर्षमा २ वटा गरी ७४ कानुन बने । यी कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल भएन् । कानुन निर्माणका लागि कानुनको आवश्यक भए नभएको सम्बन्धित मन्त्रालयले पहिचान गर्छ । संभव भएसम्म प्रारम्भिक मस्यौदा उसैले गर्छ । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगको समन्वयमा मन्त्रालयको कानुन शाखाले प्रक्रिया अघि बढाउँछ । मन्त्रिपरिषद्ले विधेयक प्रदेशसभामा पठाउने निर्णय गर्छ । प्रदेशसभामा दर्ता भएपछि विषयगत समितिमा छलफल भएपछि समितिले प्रदेशसभा सचिवालयमा पठाउँछ ।

    त्यसपछि प्रदेशसभाको बैठकमा छलफल भइ पारित हुन्छ । कतिपय विधेयक प्रदेशसभाले फिर्ता पठाउन सक्छ । कानुन निर्माणको यो प्रक्रियामा सरका स्वंयले पनि सरोकारवालालाई बोलाएर छलफल गर्न सक्छ । प्रदेशसभामा दर्ता भइसकेपछि विषयगत समितिले पनि सरोकारवालाको राय बुझ्न सक्छ । सरकारले नै विधेयकको उत्पत्ति भएको मन्त्रालयमा सरोकारवालालाई बोलाएर छलफल गर्ने र उनीहरुका सुझाव लिने उत्तम विधि हो । प्रदेशका कानुन संघीय कानुनका फोटोकपी भएका, संघीय कानुनका कमजोरी प्रदेशका कानुनमा पनि देखिएका, कर्मचारीको स्वार्थ र तजबिजमा बन्ने गरेका छन् । प्रदेशसभामा कानुन निर्माणका लागि दर्ता विधेयकमाथि पर्याप्त अध्ययन र छलफल नै नहुने प्रवृति छ । प्रदेशसभा सदस्यको विधेयकमा छलफल गर्न रुची नहुनुले उनीहरु कानुन निर्माणप्रति जिम्मेवार छैनन् भन्ने देखिन्छ ।


    लोकतान्त्रिक प्रणाली भनेको सहभागितात्मक शासन प्रणाली हो । नागरिक सरोकार र अधिकार यो प्रणालीमा प्रधान हुन्छन् । नागरिकका सरोकारलाई समेट्दै कानुन निर्माण गर्न सक्दा मात्रै उनीहरुले अपनत्व लिनसक्छन् । कानुन निर्माण गर्ने विषय मात्रै होइन्, यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । प्रदेशसंरचनाप्रति नागरिकको अपनत्व बढाउन पनि सरोकारवालाबिच प्रभावकारी छलफल आवश्यक छ । कानुन बनाउने तर कार्यान्वयनमा जटिलता आयो भने कानुन बनाउनुको कुनै अर्थ हुन्न । संघीय शासन प्रणालीलाई नागरिकले अनुभूति गर्नका लागि कानुन निर्माणमा नागरिको सहभागिता अनिवार्य शर्त हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij