२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

असारे विकासबाट मुक्त पालिका

असारे विकासबाट मुक्त पालिका

असारे विकासबाट मुक्त पालिका

असारे विकासबाट मुक्त पालिका

असारे विकासबाट मुक्त पालिका
सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • यतिखेर विकास निर्माणका काम तीब्र भएको देखिन्छ । यसो हुनुको कारण हो, आर्थिक वर्षको अन्त्यतिर काम गर्ने प्रवृत्ति । आर्थिक वर्षको सुरुदेखि काम सुस्त गर्ने तर अन्त्यतिर भुक्तानी लिनका लागि हतार-हतार सक्ने प्रवृत्ति हट्न सकेको छैन । बजेट समयमै आउँदा समेत योजना कार्यान्वयनको पाटो फितलो बन्दा समस्या ज्यूँका त्यूँ छ ।


    तर कतिपय पालिकाले समयमै बजेट कार्यान्वयनलाई व्यवहारमा उतार्ने प्रयास गरेका छन् । पाल्पाको वगनासकाली गाउँपालिका असारे विकासबाट मुक्त भएको खबर सार्वजनिक भएको  छ । बगनासकाली  गाउँपालिकाले तर्जुमा गरेका आन्तरिक, प्रदेश तथा संघीय सरकारका साझेदारी योजनाको काम बैशाख १५ सम्म सक्काएर जेठ १५ सम्म पैसा प्राप्त भएको सबै भुक्तानी दिइसकेको छ । विनियोजन भएको बजेटका सबै योजना  कार्यान्वयन भएका र भुक्तानी समेत भइसकेकाले जनप्रतिनिधि र कर्मचारीहरु आगामी वर्षको बजेट, नीति, कार्यक्रम तथा योजना निर्माणमा जुटेका छन् । गाउँपालिकाले ९ वटै वडाहरुमा एक वडा एक प्राविधिक परिचालन, वडा—वडामै पुगेर योजनाहरु सम्झौता, वडाकै प्राविधिकहरुबाट योजनाहरुको अनुगमन, मूल्याङ्कन जस्ता कामहरु बैशाखभित्रै सकेको बताइएको छ । वडा कार्यालयबाटै योजनाको सम्झौतालगायतका काम पूरा गरी भुक्तानीको लागि मात्रै पालिका केन्द्रमा पेश गर्ने व्यवस्था गर्दा काम छिटो छरितो भएको छ । 


    नीति निर्माण र कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधिको तालमेल मिल्नु नै प्रधान हो । जनप्रतिनिधिले विधि बसाल्न प्रेरित गर्ने र कर्मचारीले त्यसलाई लागू गर्ने हो भने बिग्रेको थिति राम्रो बन्छ भन्ने बगनासकालीको यो  उदाहरण काफी छ । जनप्रतिनिधिले विधिलाई ध्यान नदिएर अनावश्यक कर्मचारीलाई दबाब दिने प्रवृत्ति छ । यही प्रवृत्तिले स्थानीय तहमा कर्मचारी खटिन मानिरहेका छैनन् । बगनासकाली गाउँपालिकाका प्रमुख सरस्वती चिदीले विधिलाई स्थापित गर्न गरेको प्रयास प्रशंसनीय छ ।
    स्थानीय तहमा अधिकार पुग्यो तर अधिकारको सही प्रयोग नहुँदा समस्या चुलिएका छन् । दुरुपयोग बढेका उदाहरण आएका छन् । बगनासकालीले गरेको यो सकारात्मक पहललाई अरु पालिकाले अनुसरण गर्ने हो भने पालिकाका कामप्रति नागरिकको विश्वास र अपनत्व बढ्दै जान्छ । नागरिकको अपनत्व र विश्वासले नै शासन प्रणाली संस्थागत  हुँदै जाने हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij