२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सीमानाकाबाट हुने अबैद्य व्यापारले खुद्रा ब्यवसायी मारमा परेकाे गुनासाे

सीमानाकाबाट हुने अबैद्य व्यापारले खुद्रा ब्यवसायी मारमा परेकाे गुनासाे

सीमानाकाबाट हुने अबैद्य व्यापारले खुद्रा ब्यवसायी मारमा परेकाे गुनासाे

सीमानाकाबाट हुने अबैद्य व्यापारले खुद्रा ब्यवसायी मारमा परेकाे गुनासाे

सीमानाकाबाट हुने अबैद्य व्यापारले खुद्रा ब्यवसायी मारमा परेकाे गुनासाे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बुटवल । खुल्ला सिमानाका साना व्यवसायीहरुका लागि समस्याका रुपमा रहेको सरोकारवालाले बताएका छन् । नेपाली बजारहरु धेरै जसो भारतीय सीमासँग जोडिएका र भारतीय सीमा क्षेत्रका बजारबाट अवैद्य रुपमा समानहरु नेपाल भित्रने हुँदा साना ब्यवसायिक प्रतिष्ठानहरु समस्यामा पर्ने गरेको उनीहरुले बताएका हुन् ।

    आइतबार बुटवलमा भएको खुद्रा किराना व्यवसायी संघ रुपन्देही बुटवलको १८ औँ वार्षिक साधारण सभामा सहभागि भएका खुद्रा किराना ब्यवसायीहरुले सीमानाकालाई ब्यवस्थित गर्नु पर्ने माग गरेका थिए । उनीहरुले सीमानाकाबाट हुने अबैद्य व्यापारले आफुहरुलाई समस्यामा पारेको खुद्रा किराना ब्यवसायीले गुनासो गरेका हुन् । 

    साधारण सभाको उद्घाटन गर्देै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उपभोक्तालाई सर्वशुलभ र गुणस्तरीय बस्तु बिक्रीको दायित्व व्यवसायीहरूको रहेको भन्दै दायित्वलाई जिम्मेवारी पूर्वक निर्वाह गर्नु पर्ने बताए । उनले खुल्ला सिमानाका कारण व्यापारीहरूलाई पर्ने गरेको असर बारे आफू जानकार रहेको भन्दै उपभोक्ता स्वयमलाई यस बारे सचेत गराउनु पर्नेमा जोड दिए।  

    कार्यक्रममा संघका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले खुल्ला सीमा नाकाबाट हुने अवैध व्यापारले नेपाली व्यापारीहरू धराशायी  भएको बताए । उनले राज्यको झन्झटिलो कर नीति, अवैज्ञानिक घर भाडा वृद्धि, बिचौलियाको नियन्त्रण नहुनुले पनि खुद्रा किराना व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आउन थालेको बताए । 


    घुमन्ते व्यापारी, विद्युतीय व्यापार तथा हाटबजार जस्ता कारण खुद्रा किरानाको व्यापार घटेको भन्दै यसले व्यापारी व्यवसायमा वितृष्णा जाग्ने गरेको बताए ।

    उनले सिमानाबाट हुने अवैध व्यापार चोरी निकास कम गर्न भन्सार, राजश्व कार्यालय सँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जि.सीले नाफा कमाउने बहानामा उपभोक्तालाई महँगो शुल्क लिन नहुने सुझाव दिए ।

    कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली,  बुटवल उद्योग वाणिज्य सघंका कोषाध्यक्ष वसन्त ढकाल,  रुपन्देही व्यापार सघंका अध्यक्ष विष्णु ढकाल, घर भाडा सरोकार सघं रुपन्देहीका अध्यक्ष राजु लिगल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्णप्रसाद भट्टराई, सघंका संस्थापन अध्यक्ष टिकाराम गैरे, निवमान अध्यक्ष मोहन बस्याल, पूर्व अध्यक्षहरू केशव कँवर, ज्ञानप्रसाद न्यौपाने, सल्लाहकार कृष्णप्रसाद पाण्डेय लगायतले बाेलेका थिए ।

    कार्यक्रम वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद न्यौपानेको स्वागत तथा महासचिव दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । धन्यावाद राधा भुसालले  गरेकाे कार्यक्रममा कोषाध्यक्ष टिकाराम शर्माले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij