२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटकमैत्री पूर्वाधार र कार्यक्रम आवश्यक

पर्यटकमैत्री पूर्वाधार र कार्यक्रम आवश्यक

पर्यटकमैत्री पूर्वाधार र कार्यक्रम आवश्यक

पर्यटकमैत्री पूर्वाधार र कार्यक्रम आवश्यक

पर्यटकमैत्री पूर्वाधार र कार्यक्रम आवश्यक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • पर्यटकका लागि घुम्नका लागि सहज यातायात सुविधा, गुणस्तरीय बास र घुम्ने ठाउँमा उनीहरु रमाउने वातावरण हुनुपर्छ । पर्यटकीय स्थल छन्, तर सहज यातायात सुविधा र राम्रो बास बस्ने होटलको सुविधा छैन भने पर्यटक बढाउन सकिंदैन् । सडक र हवाइ यातायातको सुविधा छ, पर्यटक सहजै पुग्न सक्छन् । र पर्यटकलाई छानी छानी राम्रो होटल उपलब्ध छ, तर उनीहरु रम्ने वातावरण भएन भने पर्यटक आकर्षित गर्न सकिंदैन । अहिले लुम्बिनीले भोगेको नियति हो यो । लुम्बिनीमा जे छ, त्यसैमा पर्यटकको बास बढाउन सकिंदैन । पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने धेरै काम छन्, जुन काम गर्न सरकारी निकायको ध्यान पुगिरहेको छैन ।


    लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन प्रवद्र्धनका विभिन्न कार्यक्रमलाई पर्यटन व्यवसायी विक्रम पाँडेकाजीले ब्राण्डिङ गर्न लागेका छन् । राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु सामान्य विषय होइन्, इच्छाशक्ति हुने हो र जिम्मेवार नागरिकको कर्तव्य सम्झने हो भने एउटा व्यक्तिले धेरै गर्न सक्छ, सरकारी निकायको ध्यानाकर्षण गराउन सक्छ, व्यवसायीलाई जागृत गराउन सक्छ भन्ने उनी नमूना बनेका छन् ।


    लुम्बिनीमा आउन चाहेका बौद्धमार्गीलाई आकर्षित गर्न माता मायादेवी सुत्केरी मार्ग, चिनियाँ बौद्धयात्री ह्वेन साङ हिंडेको बाटो ह्वेन साङ मार्ग, बुद्धले तिलौराकोट दरबार छाड्दाको अवस्था र ज्ञान प्राप्त गरेपछि तिलौराकोट फर्केको दिनको चित्रण गर्दै कार्यक्रम गरेर बौद्ध पर्यटक तान्न सकिने अवधारणा अघि सारिएको छ । पाँडेकाजीको यो अवधारणा बौद्ध पर्यटक भित्र्याउन गतिलो औजार बन्न सक्छ । बुद्ध जन्मेको बैशाख पूर्णिमामा लुम्बिनीमा विभिन्न देशका बौद्धमार्गीहरु आइरहेका छन् । मायादेवी लुम्बिनीमा सुत्केरी भएपछि तिलौराकोट दरबार फर्केको बाटो माता मायादेवी सुत्केरीमार्गका बारेमा दातृ निकाय विश्व बैंक पनि सकारात्मक छ । भारतमा बौद्ध पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको विश्व बैंक लुम्बिनीमा पर्यटक मैत्री पूर्वाधार बनाउन लगानी गर्न इच्छुक हुनुले स्रोतको अभाव हुन्न भन्ने संकेत हो ।


    नेपालमा पर्यटीय स्थल धेरै छन् । ती स्थलमा आउने पर्यटकलाई लक्षित गरी कार्यक्रम र पूर्वाधार निर्माण गर्न योजना बनाउनुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरी योजना बनाउने, पूर्वाधार निर्माणका लागि बजेट विनियोजन र कार्यान्वयन गर्न सक्छन् । घुम्ने संस्कृति पछिल्ला वर्ष धेरै बढेको छ । खाना, पोशाक र घुम्नका लागि नेपालीले पनि पछिल्ला वर्ष खर्च गर्न थालेका छन् । पर्यटकीय स्थलको रुपमा विकास गर्न पर्यटक रम्न सक्ने पूर्वाधार बनाउन सक्दा हामीले आन्तरिक र बाह्य पर्यटक बढाउन सक्छौं । देशको अर्थतन्त्रलाई चलायमान बनाउन सक्छौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij