२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘घरभाडा घटाएर बुटवलमा व्यवसायी टिकाउनुपर्छ’

‘घरभाडा घटाएर बुटवलमा व्यवसायी टिकाउनुपर्छ’

‘घरभाडा घटाएर बुटवलमा व्यवसायी टिकाउनुपर्छ’

‘घरभाडा घटाएर बुटवलमा व्यवसायी टिकाउनुपर्छ’

‘घरभाडा घटाएर बुटवलमा व्यवसायी टिकाउनुपर्छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बुटवलको खस्किदो व्यापार उठाउनका लागि यहाँका व्यवसायिक संघसंस्थाहरुले प्रयास गर्दै आएका छन् । पार्किङको समस्या र चर्काे घरभाडालाई यहाँको व्यापार गिर्नुको मुख्य कारणको रुपमा लिइएको छ । यद्यपी पार्किङ र घरभाडा मात्रै नभएर व्यापारमा गिरावट आउनुका पछाडि अरु धेरै कारणहरु छन् । ती समस्यालाई समाधान गर्नको लागि नेतृत्वदायी भूमिका गरिरहेको यस क्षेत्रकै निजी क्षेत्रको पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालसँग गरिएको संक्षिप्त कुराकानी : 

    पछिल्लो समय बुटवलको व्यापार गिर्याे, व्यवसायीहरु पलायन हुन थाले भन्ने छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
    कोरोना महामारीपछि बुटवलको व्यापार खस्किदै गएको हो । पहिला कोरोना महामारी भयो, त्यसपछि आर्थिक मन्दि भयो, पछि रुस–युक्रेन युद्धका कारण पनि हामी मात्रै नभएर सबैतिर त्यसको प्रभाव परेको हो । यी सबैकुरा विस्तारै सुधार हुँदै पनि गएका छन् । तर बुटवलको व्यापार आजभन्दा भोली, भोलीभन्दा पर्सी दिन प्रतिदिन गिर्दै गएको हामीले महसुस गरेका छौं । बुटवलको व्यापारलाई यी सबै कुराले प्रभाप पार्याे । सँगसँगै अन्यत्र पनि समानान्तर रुपमा व्यवसायिक प्रतिष्ठानहरु खुल्ने क्रम बढ्दै गयो । 
    बुटवलमा पार्किङको समस्या छ । पार्किङको समस्या उपभोक्ताका लागि प्रतिकुल बन्यो । एकातिर व्यापार छैन, घरभाडा बढिरह्यो । कोरोना महामारी, आर्थिक मन्दीलगायतका कारण पनि प्रदेश राजधानीले बुटवलको व्यापार जेनतेन धानिएको थियो । तर प्रदेशको राजधानी पनि सारिएपछि बुटवलको व्यापारको अवस्था दर्दनाक भएको छ । व्यवसायीहरु धमाधम पलाएन हुने स्थिति आएको छ । 


    बुटवलको व्यापार खस्किनुका खास खास कारणहरु के हुन् जस्तो लाग्छ तपाईंलाई ?
    यहाँको व्यापार व्यवसाय, उद्योग धन्दा–कलकारखाना कोरोना महामारीपछि तंग्रिसकेको थिएन । लगत्तै आर्थिक मन्दी भयो । उद्योगी व्यवसायीलाई फेरि समस्या थपियो । उद्योगी व्यवसायीलाई उठाउनेगरी सरकारले पनि कार्यक्रम ल्याउन सकेन । ल्याएका कार्यक्रम पनि प्रभावकारी रुपमा कार्यान्वयन भएनन् । हामीले सबैकुरा अरुलाई दोस दिएर मात्रै उम्किन मिल्दैन । केही कमिकमजोरी हाम्रा पनि हुन सक्छन् । पाँच वर्षसम्म प्रदेशको राजधानी राखेपछि त्यसले एउटा बाटो समातिसकेको थियो । एकाएक प्रदेशको राजधानी सारियो । एउटा अर्काे प्रमुख कारण प्रदेशको राजधानी सारिनु हो । एकातिर व्यापार छैन अर्काेतिर घरभाडा चर्काे छ । त्यसैगरी पार्किङको पनि समस्या छ । यी सबै कुरा मिलेका कारण यहाँका व्यापार खस्किँदै गएको हो भन्ने हाम्रो बुझाइ हो । 


    बुटवलको खस्किदो व्यापार, व्यवसायलाई उठाउनको लागि संघले के गरिरहेको छ ?
    बुटवलको व्यापार खस्किनुमा व्यवसायीहरुको मात्रै समस्या पक्कै होइन । वास्तवमा यहाँका घरधनीको पनि समस्या हो । यहाँका व्यापार व्यवसाय बचाउन सकियो भने मात्रै बजार बचाउन सकिन्छ । यदि व्यापार व्यवसाय बचाउन सकिएन भने व्यापार व्यवसाय पलायन हुन्छ । घरधनीले भाडा उठाउन पनि बन्द हुन्छ । यहि कुरालाई मध्येनजर गरेर हामीले निरन्तर पहल र पैरवी गरिरहेको जानकारी गराउन चाहन्छौं । व्यवसायीको व्यवसाय बचाउनको लागि हामीले घरधनीहरुलाई आह्वान गरेका छौं । स्थानीय सरकार बुटवल उप–महानगरपालिकामा पनि पहल गरिरहेका छौं । बुटवल उद्योग वाणिज्य संघले आफ्नै भवनमा रहेका व्यवसायीहरुलाई निरन्तर पछिल्लो दुई वर्ष भाडा घटाएर अरु घरधनीहरुलाई उदाहरण पनि प्रस्तुत गरेका छौं । त्यो कुरालाई नगरपालिकाले पनि ग्रहण गरेको छ । कतिपय घरधनीहरुले पनि बुझिदिनु भएको छ । तर आम रुपमा अझैँ पनि बुझाउन सकिरहेका छैनौं । 


    त्यस्तै यहाँ पार्किङको समस्या पनि उस्तै छ । यो समस्या बुटवल उद्योग वाणिज्य संघको मात्रै समस्या होइन । यहाँका अरु व्यवसायिक संघसंस्थाको पनि समस्या हो । यसमा सबैको सामूहिक प्रयास भयो भने समस्या समाधान गर्न पनि सहज हुनसक्छ । त्यसकारण संघको पहलमा यहाँका अरु व्यवसायिक संस्थाहरुसँग समन्वय गरेर स्थानीय सरकारको समेत सहभागितामा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । उक्त समितिले केही प्रयास पनि गरेको छ । त्यस्तै व्यवसायिक वातावरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई हामीले पहल पनि गरिरहेका छौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij