२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘शून्यबाट सुरु गरेका छौं, अब वडालाई समुन्नत बनाउने लक्ष्य छ’

‘शून्यबाट सुरु गरेका छौं, अब वडालाई समुन्नत बनाउने लक्ष्य छ’

‘शून्यबाट सुरु गरेका छौं, अब वडालाई समुन्नत बनाउने लक्ष्य छ’

‘शून्यबाट सुरु गरेका छौं, अब वडालाई समुन्नत बनाउने लक्ष्य छ’

‘शून्यबाट सुरु गरेका छौं, अब वडालाई समुन्नत बनाउने लक्ष्य छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • (अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ का वडाध्यक्ष भिमबहादुर केसीसँग पत्रकार अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंशः 

    तपाईं निर्वाचित भएपछि वडाको विकास कसरी अघि बढाइरहनुभएको छ ? वडामा मुख्य समस्या के थिए ?
    म निर्वाचित हुनुअघि शीतगंगा–९ मा विकासका पूर्वाधार निकै कमजोर थिए। एउटा गाउँबाट अर्को गाउँमा पुग्ने बाटोसम्म सहज थिएन। निर्वाचित भएपछि भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, पर्यटन र विद्युत्लाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।
    सुरुवातमा हाम्रो मुख्य ध्यान सडक निर्माण र सुधारमा रह्यो । वडाको ठूलो भूगोल र विकटताका कारण सबै बस्तीमा सडक पहुँच पु¥याउनु चुनौतीपूर्ण थियो । अहिले वर्षायामबाहेक अन्य समयमा वडाका अधिकांश स्थानमा गाडी पुग्ने अवस्था बनेको छ । खानेपानी, विद्युत् र घरघरमा आधारभूत सेवा पु¥याउने काम पनि अघि बढिरहेको छ ।
    तपाईंको कार्यकालमा कुन–कुन क्षेत्रलाई प्राथमिकता दिनुभयो ?
    शिक्षातर्फ पहिले रहेका १० वटा सामुदायिक विद्यालय अहिले ११ वटा पुगेका छन् । आधारभूत तहका विद्यालयलाई क्रमशः सुधार गर्दै माध्यमिक शिक्षाको पहुँच विस्तार गरेका छौं । पाखुरी माध्यमिक विद्यालय र लौरी माध्यमिक विद्यालयमा कक्षा १० सम्मको पढाइ सञ्चालन भइरहेको छ ।
    स्वास्थ्य सेवामा पनि सुधार गरिएको छ । स्वास्थ्य चौकीबाट टोल–टोलमा घुम्ती सेवा, ज्येष्ठ नागरिकलाई औषधि वितरण, सुत्केरी महिलालाई पोषणसम्बन्धी सहयोग तथा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।
    पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान गर्ने र भएका पर्यटकीय क्षेत्रको विकास तथा प्रचार गर्ने काम पनि भइरहेको छ ।
    स्थानीय सरकार आएपछि भ्रष्टाचार र अनियमितता बढेको गुनासो सुनिन्छ नि ?
    ३५ वर्षमा केही भएन भन्ने होइन, विकास निर्माण र सामाजिक क्षेत्रमा धेरै परिवर्तन भएका छन्। तर जनताको अपेक्षा अझै ठूलो छ । मेरो कार्यकालमा भ्रष्टाचार हुन नदिने विषयमा म प्रतिबद्ध छु ।
    भ्रष्टाचार नियन्त्रण केवल एउटा व्यक्तिले गरेर सम्भव हुँदैन । भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता परिवर्तन आवश्यक छ । जनताका गुनासा सुनेर कर्मचारीलाई पारदर्शी र जिम्मेवार ढंगले सेवा प्रवाह गर्न प्रेरित गर्दै आएको छु । जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा दिने मेरो प्राथमिकता हो ।
    आगामी दिनमा वडालाई कस्तो बनाउने योजना छ ?
    खानेपानी, शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत क्षेत्रमा थप स्तरोन्नति गर्ने योजना छ । कृषि र पर्यटनलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य छ ।
    विशेषगरी युवालाई व्यावसायिक कृषिमा आकर्षित गरी स्वरोजगार बनाउने योजना छ । महिला, बालबालिका, दलित, असहाय तथा अपांगता भएका व्यक्तिको अधिकार र पहुँच सुनिश्चित गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइनेछ ।
    जनताका मुख्य अपेक्षा के–के छन् ?
    जनताको अपेक्षा असीमित छन् । स्वास्थ्य, शिक्षा र रोजगारी उनीहरूको प्रमुख आवश्यकता हो । रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनुपर्ने अवस्था अन्त्य गर्न स्थानीयस्तरमै अवसर सिर्जना गर्नुपर्छ ।
    व्यावसायिक कृषि र पर्यटनमार्फत युवालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउनेतर्फ हाम्रो प्रयास केन्द्रित हुनेछ। विदेशबाट फर्किएका युवालाई समेत स्थानीय उत्पादन र व्यवसायमा जोड्ने योजना छ ।
    प्रदेश र स्थानीय सरकारबीचको समन्वय कस्तो छ ?
    स्थानीय र प्रदेश सरकार एकअर्काका परिपूरक हुन् । ठूला पूर्वाधार तथा गौरवका योजनामा प्रदेश सरकारसँग समन्वय आवश्यक हुन्छ । शीतगंगा क्षेत्रमा प्रदेश सरकारको सहयोगमा धनखोला–पाखुरी हर्रेचाक्ला मोटरबाटो, लाहापे–सिलिङखोला–चिदिचौर, बोखर–सिद्धारा, लौरी–लामाताल, डमारबेँसी–कानाचौर, अमराई–जुकेना–पतञ्जलीलगायत सडक तथा अन्य गौरवका योजनाहरू अघि बढेका छन् ।
    यी योजनाले स्थानीय बासिन्दालाई सरकारसँग प्रत्यक्ष जोड्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
    अन्त्यमा वडावासी जनतालाई के भन्न चाहनुहुन्छ ?
    म आफ्नो कार्यकालको आफैं मूल्यांकन गर्न चाहन्नँ । यसको मूल्यांकन वडाका जनताले गर्ने हो । करिब नौ वर्षको अवधिमा धेरै काम भएका छन् र अझै धेरै सम्भावना बाँकी छन् ।
    हामीले वडाको समग्र विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौं । धार्मिक, पर्यटन र खेलकुदको विकाससँगै आर्थिक समृद्धिलाई जोड्ने योजना छ । आगामी दिनमा यसको परिणाम देखिने गरी काम गर्नेछौं ।
    भाषणभन्दा काममा विश्वास गर्छु । वडावासीको सुझाव र सल्लाहअनुसार अघि बढ्दै शीतगंगा–९ लाई नमूना वडा बनाउने लक्ष्यका साथ निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij