‘संघर्ष नै जीवन रहेछ’ भन्ने बुझाइबाट खारिएर जीवनका हरेक संघर्ष पार गर्दै सफल व्यवसायीको लिस्टमा नाम बसाउन सफल व्यक्ति हुनुहुन्छ, अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. ८ पाली घर भई हाल दाङमा बसोबास गर्ने युवा व्यवसायी नवाफ अलि मिया । जिन्दगीका हरेक मोडहरुमा आइपर्ने अप्ठेरा मार्गहरुलाई सहज बनाउँदै व्यवसायिक यात्रामा सफल बन्नुभएका नवाफ जीवनमा संघर्षको क्षणलाई सम्झदा भावुक हुनुहुन्छ्, अभिभावकको माया अपेक्षाकृत रुपमा पाए पनि नवाफ अलि मिया पहाडी जिल्ला अर्घाखाँचीमा जन्मिनु भएको हो । भाग्यको लेखा उहाँ सानैदेखि नै आमा बाबाको पनि व्यवसायिक यात्रा भएकोले उहाँको व्यवसायिक यात्रा बाहेक अन्य पेशाको यात्रा तय गर्न पाउनुभएन् ।
रोजगारीको शिलशिलामा नेपाली वैदेशिक यात्रामा हिंडिरहेको बेलामा नवाफ अलि मिया भने नेपालमै कडा मेहनत गर्दै झनै संर्घषमा होमिनु भयो । नेपालमै केही गर्नुपर्छ भन्ने सोंचकासाथ उहाँमा व्यवसाय गर्ने सोंचकासाथ सुरुमा दाङ जिल्लामा कस्मेटिक पसलसहित फेन्सी पसल खोल्नु भयो । पछि कस्मेटिक व्यवसाय गर्दै गर्दा उहाँलाई अर्को नयाँ व्यवसाय गर्न उत्प्रेरित ग¥यो र व्यवसाय सुरु गरेको ५ वर्षपछि टिपर व्यवसायमा हात हाल्नुभयो । ट्रिपर व्यवसाय सुरु गर्नुभएका उहाँले केही वर्षमै यस क्षेत्रमा स्थापित हुनुभयो । कस्मेटिक र टिपर व्यवसायमा स्थापित नवाफ अलि मियाले विभिन्न चुनढुङ्गा खानीमा लगानीमा गरी सञ्चालन गर्नुभयोे ।
संघर्षबाट सफल व्यवसायी नवाफ जुन व्यवसायमा हात हाले पनि निकै संघर्ष गर्नुहुन्छ । जसले गर्दा उहाँले हात हालेको व्यवसायमा सफल हुनुहुन्छ । व्यवसायी नवाफ अलि मियासँग पत्रकार अनिल नेपालीले गरेको कुराकानीः
तपाईं कुन – कुन व्यवसाय गर्नुहुन्छ ?
मैले फेन्सीबाट सुरु गरेको व्यवसायी यात्रा टिपर व्यवसायी हुँदै चुनढुङ्गा व्यवसायीको रूपमा लगानी गर्दै आएको छु ।
तपाईं व्यवसायी हिसाबले अब्बल मानिनुहुन्छ, व्यवसायमा आफ्नो पहिचान कसरी बनाउनुभयो ?
हाम्रो समुदाय व्यवसायमा खासगरी सक्रिय रहने विगतदेखिकोपरम्परा छ, त्यो पेशालाई मनन गर्दै व्यवसायलाई उत्कृष्ट बनाउन रचनात्मक, सकारात्मक तरिकाले अगाडि बढाउन फरक तरिकाले गरे, जसअनुसार म व्यवसायमा सफल भए ।
व्यवसाय गर्दा के–कै चुनौतीको सामाना गनु भयो ?
व्यवसाय गर्दा विभिन्न चुनौतीको हामीले सामाना गरेका र्छांै । चुनौती विना कुनै काम सफल हुँदैन, चुनौती परीक्षा हो । परीक्षामा परीक्षार्थीहरूले कति नम्बर ल्याउने भन्ने कुरा स्वयम् परिक्षार्थीहरूमा निर्भर रहन्छ ।
नेपालमा लगानीको वातावरण भएन भनेर व्यवसायीहरूले लगानी गर्न छोडेका छन्, तपाईं फेरि नेपालमै लगानी गर्न ईच्छुक हुनुहुन्छ किन ?
नेपालमा अवसर नै अवसर छन् । यहाँ केही हुँदैन, केही गर्न सकिँदैन, लगानी पाइँदैन, अवसर मिल्दैन भन्ने गलत भाष्य सिर्जना गरी नेपालमा भएको पुँजीलाई निजीकरण गर्ने परम्परा बढेको छ । अर्कोतिर लगानीकर्तालाई प्रोत्साहन गरेर वातावरण बनाउनुको सट्टा लगानीकर्तालाई विभिन्न आरोप लगाउने, लगानीकर्ताहरूलाई असुरक्षित वातावरण बनाउने परम्परा बढेको छ । यसलाई न्यूनीकरण गर्न व्यवसायिक क्षेत्रको पहिचान गरी लगानीको वातावरण राज्यले सिर्जना गर्नुपर्छ । बाह्य लगानीको वातावरण निर्माणमा पनि कानुनी र नीतिगत सुधारमा पहल गरी निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गनुपर्छ । व्यवसायीको प्रमुख प्राथमिकता रोजगारी हो । व्यवसायीले कसरी धेरैभन्दा धेरै युवालाई स्वदेशमा रोजगारी दिन सकिन्छ र त्यसका लागि कस्तो जनशक्ति आवश्यक छ भन्ने तरिकाले गनुपर्छ । त्यसका लागि सरकारले लगानीको वातावरण मिलाउनुपर्छ ।
राज्यले व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा विभिन्न कानुनी अर्चन निकाल्न थालेको छ, यसलाई कसरी नियाल्नु भएको छ ?
लगानीका लागि जहिल्यै पनि कानुनी स्थिरता र स्थिर सरकारको आवश्यकता हुन्छ । जुन देशको सरकार स्थिर छ, जुन देशका कानुनहरु लामो समयका लागि स्थिर छन्, जुन देशमा राजनीतिक अस्थिरता र द्वन्द्व छैन, ती देशहरुको आर्थिक विकास तीव्र हुन्छ र भएको छ । अब स्थिरताको सुरुवात भएको छ, केही गनुपर्छ भन्ने सरकार छ, सरकारले व्यवसायीका पिरमर्कालाई बुझेर काम गनुपर्छ । त्यसका लागि व्यवसायीलाई हतोत्साहित होइन, प्रोत्साहन गरी लगानीको वातावरण राज्यले सिर्जना गनुपर्छ । राज्य सबैको अभिभावक हो । अभिभावकले छोराछोरीलाई समान देख्नुपर्छ राज्यले व्यवसायीलाई बाँध्ने होइन, निकाश निकाल्ने गरी काम गनुपर्छ ।
तपाईंसँग काम गर्दा सहज असहज अनुभव छ ?
म सानैदेखि व्यवसायिक क्षेत्रमा लगानी गरी काम गरेको मान्छे १८ वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको हुँ, अहिले ४० वर्षको भए । यस अवधिसम्म आउँदा दाङमा व्यवसायिक रूपमा टिपर व्यवसायी हँुदा धेरै खुसि थिए, दुःखी भूमिकास्थान नगरपालिका वडा नं. ९ मा चुनढुङ्गा खोल्दा किर्ते गरी गरेको भनी विभिन्न आरोप लगाइयो । यो जीवनको सबैभन्दा दुःखको कुरा मेरा लागि ।
अर्घाखाँचीमा चुनढुंगाको हफ क्षेत्र बनाउने गरी सरकारले नीति कार्यक्रम ल्याएको थिए, त्यो वातावरण भएन, व्यवसायिक यात्रा कसरी गर्नुहुन्छ ?
अर्घाखाँचीमा चुनढुङ्गाको हफ बनाउने गरी सरकारले नीति कार्यक्रम ल्याएता पनि व्यवहारमा सरकारले नीति कार्यान्वयन भएन, यसले व्यवसायीलाई असहज भएको छ । जिल्लामा रहेका राजनीतिक दल, सरोकारवाला सुरक्षा निकाय, स्थानीय सरकारले सबैले व्यवसायीलाई लगानीको वातावरण बनाउन व्यवसायिक क्षेत्रको पहिचान गरी लगानीको वातावरण सिर्जना गनुपर्छ । यसमा सबै जिम्मेवार र प्रतिबद्व हुनुपर्छ ।
जिल्लामा लगानीकर्तालाई भुमाफिया दलालको सज्ञा दिईन्छ किन ?
जिल्लामा भएका प्राकृतिक सम्पदाको संरक्षण गर्नु स्थानीय जनताको सिद्व अधिकार हो । अधिकारसँगसँगै कर्तव्यको पालना गर्दै लगानीको वातावरण सिर्जना गनुको सट्टा व्यवसायीलाई विभिन्न आरोप लगाउनु दुःखद कुरा हो । यस्ता कुराले जिल्लामा बाह्य लगानी गर्न कोही पनि इच्छुक छैनन्, यसले जिल्लामा विकासलगायत अन्य महत्त्वपूर्ण कुरामा असर गर्छ । त्यसकारण व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्न सबै एकताबद्ध हुनुपर्छ ।




