बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसिएसनको १५ औं अधिवेशनबाट प्रेम गौचन नेतृत्वको प्यानलले जित हासिल गरेको छ । अध्यक्षका प्रतिस्पर्र्र्धी वर्तमान अध्यक्ष तुल्सीराम न्यौपानेलाई १७ मतले पछि पार्दै गौचन विजयी भए । गौचनले २४७ मत पाएर विजयी हुंदा न्यौपानेले २३० मत पाए । १८ सदस्यीय कार्यसमितिमा महासचिव र तीनजना सदस्य वाहेक सबै पदमा गौचन प्यानलका उम्मेदवार विजयी भएका छन् । महासचिवमा गौचन प्यानलकी पुजा गैरेलाई पराजित गर्दै न्यौपाने प्यानलका पुनित पोखरेल विजयी भए ।
हेरौं मतसहितको सूचि




