२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्य कार्यक्रमहरुको समिक्षामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका पहिलो

गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • गुल्मी । गुल्मीमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका पहिलो बनेको छ । आर्थिक बर्ष २०८०/०८१ को समिक्षामा रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत अंक प्राप्तगरि जिल्लामै पहिलो बनन सफल बनेको हो ।

    समिक्षा कार्यक्रममा सत्यवति गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो बनेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए।

    जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना एवं रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा सदरमुकाम तम्घासमा दुइ दिनसम्म सञ्चालन भएकोे बार्षिक समिक्षा गोष्ठिमा १२ पालिकाहरु मध्य रुरुक्षेत्र, सत्यवती र छत्रकोट गाउँपालिका अब्बल देखिएका हुन ।

    एक आर्थिक बर्षमा जिल्लाका १२ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुलाइ स्वास्थ्य कार्यालय गुल्मीले २९ वटा सुचकका आधारमा मुल्याङ्कन गरिएको थियो ।

    कार्यालयले खोप, सुरक्षा, पोषण, टिवि, परिवार नियोजन, लगायतका सुचकहरुलाई आधार बनाएर मुल्यांकन गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत पुस्पा थापाले बताइन ।

    जिल्लाका दुइ नगरपालिका सहित १० गाउँपालिका अन्तरगतका स्वास्थ्य शाखा प्रमुखहरुले एक आर्थिब वर्षमा आफ्नो गाउँपालिकाबाट भए गरेका महत्वपूणर् गतिविधिहरुको बारेमा आआफ्ना प्रस्तुतिकरण गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij