२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ब्रिटिस ग्रामर स्कुलमा नमुना  प्रतिनिधि  सभा बैठक

ब्रिटिस ग्रामर स्कुलमा नमुना  प्रतिनिधि  सभा बैठक

ब्रिटिस ग्रामर स्कुलमा नमुना  प्रतिनिधि  सभा बैठक

ब्रिटिस ग्रामर स्कुलमा नमुना  प्रतिनिधि  सभा बैठक

ब्रिटिस ग्रामर स्कुलमा नमुना  प्रतिनिधि  सभा बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • तिलोत्तमा ।   विश्वमै शैक्षिक क्षेत्रमा अग्रणी संस्था ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित  ब्रिटिस ग्रामर स्कुल (नमस्ते एकडेमी) मा नमुना प्रतिनिधि  सभा बैठक सम्पन्न  भएको छ । संघ, प्रदेश तथा स्थानीय तहको सभा कसरी सञ्चालन  हुन्छ  र त्यहाँ  जनताका समस्या र सरोकारका विषय सांसदहरुले कसरी उठाउंछन्, त्यसमा सम्बन्धित  मन्त्रीहरुले कसरी जवाफ दिन्छन् लगायतका विषय विद्यार्थीलाई व्यवहारिक अभ्यासमाफत सिकाइएको र देखाइएको थियो । सभा सञ्चालनका नीति नियम , आचार संहिता , मर्यादा के कसरी  व्यवस्थित गरिएको  हुन्छ भन्ने विषय पनि देखाइएको थियो । यस्तै बैठकमा सरकार पक्षका दल र तिनका सांसद , बिपक्षी  दलका सांसद बस्ने रो (लहर) , संसदले उठाएका प्रश्न र सम्बन्धित मन्त्रालयका मन्त्रीले दिने जबाफ तथा समग्रमा  प्रधानमन्त्रीको सम्बोधनलाई समेत बैठकमा प्रस्तुत गरिएको थियो। बैठककमा राष्टपतिको भूमिकामा  प्रज्वल लिम्बू  थिएभने बैठकको सञ्चालन  सभामुख अशुमन ढकालले गरेका विद्यालयका प्राचार्य  दिलबहादुर  बुढाथोकीकोले बताए।
     
       कार्यक्रममा प्रतिनिधि  सभाका सदस्यहरुले  शिक्षा  , परराष्ट्र  , वन तथा बाताबरण  ,अर्थ ,उद्योग  , कृषि ,महिला तथा बालबालिका ,गृह लगायतका  मन्त्रालयसँग सम्बन्धित  विषयमा  प्रश्नहरु गम्भीरता साथ उठाएका थिए भने सोसँग सम्बन्धित  विषयको जवाफ सम्बन्धित  मन्त्रीहरुले दिएका थिए । समग्र  विषयमा प्रधानमन्त्रीको भूमिका निभाएकी  अन्जना न्यौपानेले देशको अहिलेसम्मको अवस्था  र अब जगाउन सकिने आशाका बारेमा प्रतिनिधि  सभाका सदस्यलाई आश्वास्त पार्ने गरी जबाफ दिएको  कार्यक्रम  संयोजक महेन्द्र  पौड्यालले जानकारी दिए ।   विद्यार्थीहरुले निकै उत्कृष्ट प्रस्तुति देखाएका सह संयोजक  राधिका  शर्माले  बताइन् । 

    मोफसलमा एक मात्रै  प्रोग्रेसिभ   शिक्षण पद्दति  सञ्चालन  गरेको ब्रिटिस ग्रामर स्कुलले  नेपाली भाषामा सामाजिक  विषय विद्यार्थीले कठिन मानिरहेको अवस्थामा  यसरी व्यावहारिक  रुपमा सिकाइ गर्दा पठनपाठन  सहज , सरल हुने  र यसको समग्र  छाप विद्यार्थीको मष्तिस्कमा पर्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए । गर्दछ ।  देशको संसद  चलाउने  प्रक्रिया , राष्ट्रपति , उपराष्ट्रपति  , प्रधानमन्त्री  , उपप्रधानमन्त्री  , मन्त्री  तथा सत्ता  र प्रतिपक्ष दलका कार्य , संसद र सांसदहरूको   भूमिका  कोरा किताबी ज्ञानमा मात्रै  सीमित नगरी  प्रयोगात्मक रुपमै प्रस्तुत गर्न सक्नु निकै महत्त्वपूर्ण  कार्यक्रम भएको  विद्यालयकी निर्देशक पुष्पा कंडेल खरेलले बताइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij