२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यावरणीय सन्तुलनको सवाल

पर्यावरणीय सन्तुलनको सवाल

पर्यावरणीय सन्तुलनको सवाल

पर्यावरणीय सन्तुलनको सवाल

पर्यावरणीय सन्तुलनको सवाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • ‘मानव र सर्पबीच सहअस्तित्व प्रवद्र्धन’ नारासहित रूपन्देहीको शंकरनगर वनबाटिकामा सर्प महोत्सव तथा अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवस मनाउन थालिएको छ । असोज १ र २ गते हुन लागेको महोत्सवमा सर्पको चिकित्सकीय, पर्यावरणीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर हुनेछ । झट्ट सुन्दा सर्प महोसत्वलाई समाजले सहज नलिन सक्छ, किनभने विषालु सर्पले डसेर हरेक वर्ष सयांैको ज्यान गइरहेको छ, नागरिकको ज्यान गइरहेको बेला सर्प बचाउनका लागि महोत्सव गर्ने विषय स्वाभाविक नलागे पनि पर्यावरणीय सन्तुलनका लागि यो राम्रो काम हो । 


    महोत्सवमा सर्प विशेषज्ञ, विद्यार्थी र  शिक्षक  गरी  ५ हजार सहभागी हुने अपेक्षा गरिएको छ । सर्पका प्रजातिबारे चिनाउने, सर्पसम्बन्धी चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्धार कसरी गर्ने, औजारहरुको प्रयोगका बारेमा जानकारी दिने आयोजकको भनाइ छ । अन्तर्राष्ट्रिय सर्पदंश दिवसको अवसर पारेर यो महोत्सव हुन लागेको यो महोत्सवलाई सफल पार्न बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका र शंकरनगर वन वाटिकाले सहयोग गरेका छन् ।


    पर्यावरण र मान्छेबिचको सम्बन्ध अन्योन्याश्रित छ । मान्छे बाँच्नको पर्यावरणीय सन्तुलन आवश्यक छ । पर्यावरणीय सन्तुलन भए अरु जीवजन्तु बाँच्न सक्छन् । पछिल्ला दिनहरुमा वातावरणीय सन्तुलनका बारेमा बहस र छलफल हुन थालेका छन् । जलवायु परिवर्तनको असर संसारभर देखिन थालेको र मान्छेलाई त्यसको असर पर्न थालेकाले वातावरणीय सन्तुलनका बारेमा बहस र छलफल हुनु स्वाभाविकै हो । अझ समाजमा सर्पप्रति नकारात्मक धारणा रहेको विद्यमान अवस्थामा सर्प महोत्सव गर्नु पर्यावरणप्रति समाजलाई नयाँ सन्देश दिनु हो ।  


    सर्पले मान्छेलाई डस्न खोज्दै हिंड्दैन । सर्पको आहारा मान्छे होइन् । सर्पको आहारा मुसा, भ्यागुता र अन्य किराफट्यांग्रा हो । सर्प हिंड्दा आफू जोखिममा परेको महशुस गर्दा प्रतिकार गर्ने हो । सर्पलाई नदेखेर मान्छेले कुच्दा वा चलाउँदा जोखिममा परेको ठानेर सर्पले डस्ने हो । हाम्रो धार्मिक मान्यताअनुसार नाग देवताका रुपमा नाग पञ्चमीमा पूजाआजा गर्छौ । हाम्रा चाडपर्व पनि पर्यावरणीय दृष्टिले महत्वपूर्ण छन् । धार्मिक मान्यताअनुसार पुज्ने सर्पलाई मार्न हुँदैन भन्ने सन्देश पनि नागपञ्चमीले दिएको छ । तर सर्पलाई शत्रु ठान्नुभन्दा सर्पबाट जोगिने तरिका सिकेर जीवन जिउनु नै उत्तम हो । प्रकृतिमा रहेका सबै प्राणी बाँच्न पाउने अधिकार सुरक्षित हुन सक्दा मात्रै पर्यावरणीय सन्तुलन हुने हो । र, मान्छेको जीवन पनि सहज हुने हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij