२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • दाङ । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

    ‘प्रदेशको समृद्धि र विकासको भविष्यको आधार प्रादेशिक सडक गुरुयोजना हुने छ । गुरुयोजना निर्माणको काम अहिले अन्तिम चरणमा पुर्‍याएका छौं’ मन्त्री ढकालले भने, ‘प्रदेशको आफ्नै लोकमार्ग र प्रदेश सडकको क्षेत्र निर्धारण हुन्छ । वार्षिक योजना अनुसार त्यसमा बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने काम सहज रुपमा अघि बढ्छ ।’

    लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।

    यस्ता छन् प्राथमिकताका आधार

    प्रदेश लोकमार्ग र प्रादेशिक सडकको पहिचानका लागि केही आधारहरु कानुनी रुपमै तयार पारिएको छ । प्रदेश लोकमार्ग भित्र दुई वा दुईभन्दा बढी जिल्ला भएर जाने प्रमुख सडक, छिमेकी प्रदेश जोड्ने प्रदेशका मुख्य सडक, राष्ट्रिय लोकमार्गबाट शुरु भई अर्काे लोकमार्ग जोड्ने सडक, कुनै केन्द्रीय सडक सञ्जालमा नपर्ने दुई जिल्लाका केन्द्र जोड्ने सडक, संघबाट हस्तान्तरण भएका सहायक लोकमार्गहरु र प्रदेश सरकारले निर्माण गरेका गौरवका सडकहरु पर्ने प्रदेश सरकारले जनाएको छ ।

    यस्तै प्रादेशिक सडक भित्र प्रदेश भित्रका कम्तिमा स्थानीय तहको दुई केन्द्र जोड्ने सडक, एकै जिल्लाभित्र रहेका राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि कृषि, पर्यटन, उद्योग, व्यापार, खानी, वस्ती, जलाशय, तथा प्रदेशका महत्वपूर्ण आयोजना स्थल जोड्ने सडक, राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि स्थानीय तहका केन्द्र जोड्ने सडकहरु, संघ वा प्रदेश सरकारका सरकारी निकायसम्म पहुँच पुर्‍याउने सडकहरु पर्ने भौतिक पूर्वाधार विकास मन्त्री ढकालले जानकारी दिए ।

    मन्त्रालयले तयार पारेको विवरण अनुसार प्रदेशमा तीन सय ८९ वटा सडक प्रदेश भित्र रहेका छन् । जसमध्ये ३१ वटा सडक प्रादेशिक सडकको रुपमा पहिचान भएका छन् । यी सडकहरुले दुई वा दुईभन्दा बढी जिल्ला जोडेका छन् । जसको लम्बाई एक हजार पाँच सय ६१ किलोमिटर छ ।

    पाँच वटा सडक २० किलोमिटर भन्दा छोटा छन् ।

    प्रदेश सरकारले अघि बढाएको प्रदेश गौरवको आयोजनामा पर्ने रामपुर–कपुरकोट सडकखण्ड १९६ किलोमिटर लामो छ । सडक गुरुयोजना निर्माण भएपछि सोही आधारमा निश्चित अवधी तोकेर सडक पूर्वाधार निर्माण सम्पन्न गर्ने लुम्बिनी प्रदेश सरकारको तयारी छ ।

    सबैले अपनत्व हुनेगरी गुरुयोजना बन्छ : मुख्यमन्त्री आचार्य

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा सबैले अपनत्व लिनेगरी टुंग्याउने बताए । पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्‍याउन सडक सञ्जाल गुरुयोजना निर्माणको काम भइरहेको भन्दै उनले जिल्ला तहमा छलफल गरेर अन्तिम रुप दिने बताए ।

    ‘प्रदेश सडक गुरुयोजना बन्दैछ । प्रस्तावको रुपमा मन्त्रालयले अघि बढाउँछ । जिल्लाका प्रदेश सभा सदस्यहरुलाई राखेर अन्तिम रुप दिन्छौं’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश स्तरका हाइवे बनाउने र प्रदेश स्तरका सडक कती लामो बनाउने ? एउटा जिल्लामा कती सडकमा प्रदेशबाट कायम गर्ने ? जिल्लामा छलफल गरेर टुंग्याउछौं ।’

    प्रदेशमा सडक गुरुयोजना निर्माण नहुँदा समस्याहरु परेकाले वर्तमान सरकार गुरुयोजनालाई असोज महिनाभित्र टुंग्याउनेगरी अघि बढेको उनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij