२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग ब्यापार संघ–लुम्बिनी केबलकार सम्झौता

उद्योग ब्यापार संघ–लुम्बिनी केबलकार सम्झौता

सम्झौता अनुसार संघका सदस्यहरुलाई केबलकारको टिकटमा ५० प्रतिशत छुट गरी ५ सय रुपैयां मात्र लिने भएको छ ।

उद्योग ब्यापार संघ–लुम्बिनी केबलकार सम्झौता

उद्योग ब्यापार संघ–लुम्बिनी केबलकार सम्झौता

सम्झौता अनुसार संघका सदस्यहरुलाई केबलकारको टिकटमा ५० प्रतिशत छुट गरी ५ सय रुपैयां मात्र लिने भएको छ ।

उद्योग ब्यापार संघ–लुम्बिनी केबलकार सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • बुटवल । उद्योग ब्यापार संघ बुटवल र लुम्बिनी केबलकार लि. बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार दुई संस्थाबीच एक अर्काको व्यवसाय प्रवद्र्धनमा सहयोग आदान प्रदान गर्ने सहमति भएको छ । 
    यस्तै उद्योग ब्यापार संघ बुटवलका सदस्यहरुलाई लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट गरी ५ सय रुपैयां मात्र लिने सम्झौता समेत भएको छ । यो छुट सुविधा लिन संघका सदस्यहरुले सदस्यता नवीकरण भएको परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्नेछ । 


    बुधबार संघको सचिवालयमा संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे र केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैंजूबीच सम्झौतापत्रमा हस्ताक्षर र सम्झौतापत्र आदान प्रदान भएको छ ।

    सो अवसरमा संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले लुम्बिनी केबलकार बुटवलको मात्र नभई प्रदेशकै गहना भएको चर्चा गर्दै यसको प्रवद्र्धनमा संघले खुलेर सहयोग गर्ने बताए । केबलकारको दीगो सञ्चालनले बुटवलको व्यवसाय चलायमान हुने उनले बताए । अध्यक्ष पाण्डेले संस्थाको आजीवन सदस्यका लागि समेत आग्रह गरे । 

    नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बुटवलमा सञ्चालनमा आएको प्रदेशकै पहिलो केबलकारलाई सफल बनाउने दायित्व यहांका व्यवसायिक संस्थाहरुको भएको उल्लेख गर्दै यसमा उद्योग ब्यापार संघ बुटवल र नेपाल उद्योग ब्यापार महासंघ अग्रमोर्चामा रहेर सहकार्य गर्ने बताए ।

    महासचिव पराजुलीले आफ्नो संस्थाको संगठन नेपालमा ७० जिल्लामा र भारतका विभिन्न राज्यमा समेत भगिनी सम्बन्ध रहेकाले आन्तरिक र भारतीय पर्यटक ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए । केबलकारसंगको सम्बन्ध दीर्घकालीन हुने भन्दै उनले केबलकारलाई आइपर्ने समस्या समाधानमा समेत हातेमालो गर्ने प्रतिवद्धता जनाए ।
    केबलकारका अप्रेसन म्यानेजर डीएन कायस्थ सैंजुले केबलकारलाई सफलरुपमा सञ्चालनका लागि बुटवलका व्यवसायिक संस्थाको महत्वपूर्ण भूमिका हुने भन्दै आफ्ना  साधारण सभा, अधिवेशन, पिकनिकहरु बसन्तपुर कामाख्याधाममा आयोजना गरेर सहयोग गर्न आग्रह गरे । बसन्तपुरको हावापानी गर्मीमा शितल र जाडोमा न्यानो हुने भएकाले जुनसकै मौसमका लागि अनुकूल वातावरण भएकाले त्यसको सदुपयोग गर्न आग्रह गरे ।  

    लुम्बिनी केबलकार विश्वकै सबैभन्दा अत्याधुनिक प्रविधिको,  सुरक्षित  र सय वर्ष इतिहास बोकेको विश्वभर १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको अष्ट्रियाको विश्वविख्यात डोपलमेयर कम्पनीको केबलकार भएकाले यसको निर्माण र सञ्चालन लागत अन्य कम्पनीका भन्दा बढी हुने भएपनि दुरी र गुणस्तरका हिसाबले टिकट शुल्क महंगो नभएको सैजूले स्पष्ट पारे ।
    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरे, वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जिसी,बाणिज्य उपााध्यक्ष केशव श्रीस, महासचिव यमलाल मरासिनी, केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरे,विभागीय प्रमुख रुपेश पौडेल लगायतले केबलकारको टिकटमा छुट सम्झौताले संघका सदस्य व्यवसायीलाई थोरै भएपनि सुहलियत भएको र आपसी सम्बन्ध प्रगाढ बनाउन भूमिका खेलेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij