२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मी अस्पतालले मृत्युको मुखबाट बचायो सेनलाई

गुल्मी अस्पतालले मृत्युको मुखबाट बचायो सेनलाई

गुल्मी अस्पतालले मृत्युको मुखबाट बचायो सेनलाई

गुल्मी अस्पतालले मृत्युको मुखबाट बचायो सेनलाई

गुल्मी अस्पतालले मृत्युको मुखबाट बचायो सेनलाई
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • गुल्मी । गुल्मी अस्पतालका  स्वास्थ्यकर्मीहरुले  जटिल प्रकृतिको अप्रेसन गरेर यहाँकी एक विपन्न परिवारकी महिलालाई मृत्युको मुखबाट बचाएका छन् ।  त्यस अस्पतालका स्वास्थ्यकर्मीहरुले जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्ग  ओख्लेकी  ३० बर्सिया लक्ष्मी सेनलाई जटिल प्रकृतिको अप्रेसन गरेर मृत्यु हुनबाट बचाएका हुन । 

     सेन एक महिना ७ दिनकी गर्भवती थिइन । गर्भ रहेको केही दिन देखि पेट दुख्न थाल्यो । उनी र उनको परिवारले सामान्य पेट दुख्ने बिमार ठानेर औषधी उपचार तिर लागेनन् । तर पेटमा जटिल  बिमार सुरु भएको  थियो । 

     अन्तिममा आएर  गर्भवती सेनको स्वास्थ्य अवस्था गम्भीर बन्न पुग्यो ।  मदाने गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले  स्थानीय स्वास्थ्य  संस्था हुँदै बाँझकटेरी स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा पुराए । 

    विदेशी नागरिक रहेका  त्यस केन्द्रका डाक्टर शिबास्टेनले स्वास्थ्य परीक्षण गर्दा सेनको पाठेघरमा पुग्ने दुई वटा नली मध्ये एउटा नली फुटेर पाठेघरमा बस्नु पर्ने गर्भ पाठेघर बाहिरै रहेको पत्ता लगाए । त्यसको अप्रेसन त्यहाँ गर्न सम्भव  नभए पछि गुल्मी अस्पतालमा रिफर गरियो ।  

    अन्ततः त्यस सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख यामलाल भुसाल र एच ए नर्स समीक्षा भण्डारीले गुल्मी अस्पताल लिएर आए ।  बेलैमा उक्त बिमार पत्ता लगाउन नसकेको भए र   गुल्मी अस्पतालका डाक्टरहरूको टिमले हाईरिक्स मोलेर अप्रेसन सफल नपारेको भए   बिरामीको अवस्था केही भन्न नसकिने थियो भन्छिन्  उनै स्टाफ नर्स समीक्षा भण्डारी । 

    लक्ष्मी सेनको १७ वर्षको उमेरमा त्यस गाउँका राजेन्द्र सेन सँग विवाह भएको थियो । तीन वटी  छोरी जन्मेर पनि छोराको आसमा  गर्भवती बनेकी लक्ष्मीको आर्थिक अवस्था दयानिय रहेको स्थानीयले बताए । उपचार गराउन सक्ने आर्थिक अवस्था थिएन तर गुल्मी अस्पतालबाट निःशुल्क उपचार सेवा पाएर   आफूको स्वास्थ्यमा अहिले सुधार आएको उनै बिरामी लक्ष्मी सेन बताउँदै थिइन । 

    मुस्किलले बाटो खर्च ऋण काढेर  गुल्मी अस्पताल  ल्याइएकी सेनको आर्थिक अवस्था कमजोर रहेको बुझे पछि आमा सुरक्षा कार्यक्रम मार्फत निःशुल्क अप्रेसन गरिएको र अन्य खर्च सामाजिक सेवा इकाई मार्फत निःशुल्क गरी सेनलाई बचाउन सकिएको त्यस अस्पतालका सूचना अधिकारी रमेश पन्थी बताए । 

     जटिल प्रकृतिको अप्रेसन हाईरिक्स मोलेर  गुल्मी अस्पतालका  डाक्टर  लगायतका  स्वास्थ्यकर्मीहरुले अप्रेसन  सफल पारी सेनलाई बचाउन सकिएको त्यस अस्पतालकी ईन्डोर इन्चार्ज कल्पना बोहराले बताइन । 

    त्यस अस्पतालका डाक्टर अर्जुन केसी  नेतृत्वमा हाईरिक्स मोलेर अप्रेसन गरिएको थियो ।  डाक्टर अर्जुन सँगै डाक्टर अभिषेक मिश्र, डाक्टर अनुज तुम्बाहाम्फे , डाक्टर सुप्रिम बन्जाडे , नर्संहरु रेखा बस्नेत , मुना थापा लगायतका स्वास्थ्यकर्मीहरू अप्रेसनमा सक्रिय भई सफल पारेको अस्पताल प्रशासनले जनाएको  छ ।

       त्यस अस्पतालका जनस्वास्थ्य निरीक्षक  बोम अर्यालका  अनुसार यदि यहाँ  अप्रेसन गर्न नसकिएको भए कतिपय पैसावालाले  तत्काल हेलिकप्टर मगाएर बुटवल वा काठमाडौँ पुराउनु पर्ने अवस्थाकी बिरामी थिइन, लक्ष्मी सेन ।

       यस्ता खालका जटिल प्रकृतिका अप्रेसनहरू गुल्मी अस्पतालले सफल पार्न थाले पछि अस्पताल प्रति जनआस्था ह्वात्तै बढेको केही दिन सम्पन्न त्यस अस्पतालको वार्षिक समीक्षा गोष्ठीका  वक्ताहरूले पनि बताउँदै थिए । 

      त्यस अस्पतालमा रेसुङ्गा नगरपालिकाले डाईलोसिस सेवा , हाड जोर्नी विशेषज्ञ डाक्टर , स्त्रीरोग विशेषज्ञ  डाक्टर लगायतको विशेषज्ञ सेवा र आवश्यक उपकरणको व्यवस्था मिलाउन सुरु गरे देखि गुल्मी जिल्लावासी मात्रै होइन, छिमेकी जिल्ला अर्घाखाँची , पश्चिम बाग्लुङ्ग सम्मका बिरामीहरू उपचार सेवा लिन आउने गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij