२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संघीयताको मर्म बिर्सेको बजेट

संघीयताको मर्म बिर्सेको बजेट

संघीयताको मर्म बिर्सेको बजेट

संघीयताको मर्म बिर्सेको बजेट

संघीयताको मर्म बिर्सेको बजेट
बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • बजेट आउनु अघिका छलफल र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भन्थे—‘यसपाली संघीयतालाई व्यवहारिक रुपमा स्थापित गर्ने गरी बजेट आउँछ ।  साना र टुक्रे आयोजनामा बजेट विनियोजन हुँदैन् । त्यस्ता आयोजना अब प्रदेश र स्थानीय तहमा पठाइन्छ । प्रधानमन्त्रीले त्यसो भनेपछि धेरैलाई लागेको थियो, यसपालीको बजेट संघीय शासन प्रणालीको मर्म अनुसार बजेट आउँछ । दाहालको पटक-पटकको भनाईले बजेटले संघीयताको मर्मलाई आत्मसात गर्छ भन्ने आशा अहिले मरेको छ । बजेटले संघीय शासन प्रणालीलाई बिर्सेको छ ।


    संघीय सरकारले ल्याएको बजेटले प्रदेश र स्थानीय सरकार छन् भन्ने बिर्सेर संघीयताको मर्ममाथि प्रहार गरेको छ । आगामी आर्थिक वर्ष २०८१। ०८२ का लागि सहरी विकास मन्त्रालयले १० लाखभन्दा कम बजेटका करिब ४ सय योजना छनोट गरेको छ । बजेट पुस्तिकामा ३ सय ८७ योजना १० लाखभन्दा कम रकमको पाइएको छ ।थोरै बजेटबाट बन्ने झोलुङ्गे पुलहरूका लागि संघ सरकारले नै स्थानीय तहलाई नदिएर आफैंले खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ ।


    संविधान बनेपछि २०७४ सालमा तहगत सरकारको पहिलो चुनाव भयो । यो चुनावपछि पाँच वर्षको पहिलो कार्यकाललाई सिकाई मान्ने हो भने पहिलो कार्यकाल सकिएको पनि दुई वर्ष भइसकेको छ । त्यसपछि चुनाव भएको दुई वर्ष बितिसकेको छ । पहिलो कार्यकाललाई सिकाई मान्ने हो भने दोस्रो कार्यकालमा धेरै परिपक्कता आउनुपर्ने हो तर त्यस्तो देखिदैन् । चुनाव भएपछि आउने राजनैतिक नेतृत्वले मात्रै संघीय शासन प्रणालीको मर्मलाई स्थापित गर्ने होइन् । राजनैतिक नेतृत्व एउटा पाटो हो, त्यो सँगै तहगत सरकारले गर्ने काम, कर्तव्य र अधिकारको बाँडफाँड संवैधानिक प्रबन्ध अनुसार गर्नु महत्वपूर्ण पक्ष हो ।  प्रशासनिक र वित्तीय संघीयतालाई कार्यान्वयन गर्न संघीय सरकारले आनाकानी गर्दा संघीय शासन प्रणाली व्यवहारिक रुपमा स्थापित हुन सकेन् । संवैधानिक प्रबन्ध अनुसार संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सरकारको पहलकदमी नहुँदा नै बजेटले शासन प्रणालीको मर्मलाई बिर्सेको हो । स्थानीय तह र प्रदेश सरकारले सञ्चालन गर्ने योजना र कार्यक्रमका लागि बजेट विनियोजन गरेर संघीय सरकारले संवैधानिक दायरा नाघेको छ  नै, आफ्नो प्राथमिकता पनि भुलेको छ । 


    ठूला आयोजना कार्यान्वयन गर्न बजेट विनियोजन गर्ने र बजेट कार्यान्वयन गर्न प्राथमिकता दिँदा बजेट खर्च नतिजामुखी हुन्छ । स्थानीय र प्रदेशले साना आयोजना सञ्चालन गर्दा जति प्रभावकारी हुन्छ, संघीय सरकारले कार्यान्वयन गर्दा हुँदैन् । संघीय शासन प्रणालीको मर्मलाई स्थापित गर्न  राजनैतिक नेतृत्वको इमान्दार प्रयत्न हुनुपर्छ ।


    अब असार १ गते प्रदेशहरुले बजेट ल्याउँदै छन् । उनीहरुले स्थानीय तहको भूमिकालाई खुम्च्याउने गरी बजेट ल्याउनु हुँदैन् । स्थानीय तहको दायरालाई फराकिलो बनाउने गरी बजेट ल्याउँदा प्रदेश सरकारप्रति स्थानीय तहको अपनत्व महशुस हुन्छ । कम्तिमा प्रदेश सरकारहरुले यो मर्मलाई बुझ्न सकुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij