२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डेंगी र स्क्रबटाईफसका बिरामी बढे, शंका लागे तुरुन्त उपचार गर्नु पर्ने

डेंगी र स्क्रबटाईफसका बिरामी बढे, शंका लागे तुरुन्त उपचार गर्नु पर्ने

डेंगी र स्क्रबटाईफसका बिरामी बढे, शंका लागे तुरुन्त उपचार गर्नु पर्ने

डेंगी र स्क्रबटाईफसका बिरामी बढे, शंका लागे तुरुन्त उपचार गर्नु पर्ने

डेंगी र स्क्रबटाईफसका बिरामी बढे, शंका लागे तुरुन्त उपचार गर्नु पर्ने
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • अर्घाखाँची। बिगत दुई सातादेखि अर्घाखाँची जिल्ला अस्पतालमा चाप बढेको छ । डेंगी र स्क्रबटाईफसका बिरामी बढ्दा अस्पतालमा चाप बढेको हो । सरकारी अस्पतालसंगै निजी स्वास्थ्य संस्था तथा क्लिनिकहरुमा भाइरल ज्वरो, डेंगी र स्क्रबटाइफसका बिरामी बढेका अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगन्नाथ तिवारीले जानकारी दिए । 


    ओपिडीमा दैनिक एक सयदेखी डेढसय सम्म बिरामी आउने गरेकोमा अहिले बढेर दुई सयदेखि दुई सय पचास सम्म पुगेका उनको भनाइ छ । साउन र भदौ महिनामा मात्र जिल्लाभरमा ४९ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ भने  २८ जनामा स्क्रबटाइफस देखिएको छ । विगतका वर्षमा डेंगी र स्क्रब टाइफसका बिरामीको खासै नदेखिएकोमा अहिले निकै बिरामी देखा परेका छन् ।  

    अर्घाखाँची अस्पतालमा पछिल्लो समय भाइरल ज्वरोका बिरामी पनी निकै बढेका छन् । मौसमको बदलावले हुने भाईरल ज्वरो, शरीर दुखाई जस्ता लक्षण देखिने तर सामान्य उपचारले बिरामी निको नहुने हुनाले बिरामीलाई अस्पतालमै भर्ना गरी उपचार गर्नुपरेको अस्पतालका सूचना अधिकारी निम रानाको भनाई छ । ‘हाम्रो क्षमता भन्दा निकै धेरै बिरामीहरु यहाँ भर्ना छन्,उनले भने,‘सिजनेबल भाईरल ज्वरो त छँदै छ डेंगी र स्क्रबटाईफसका बिरामीको समेत चाप छ ।’

    सामान्य ज्वरो देखिए पनि समयमै उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको छ । रुघाखोकी जस्तो सामान्य देखिए पनि डेंगी र स्क्रबटाइफस समेत हुने भएकाले सचेत हुन पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । स्क्रबटाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण गर्नुका साथै कहिलेकाहीँ बहुअङ्ग विकारको अवस्था पनि सिर्जना हुनसक्छ । स्क्रबटाइफसका लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइक्लिन एन्टीबायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने, तर उपचार नगरे ज्यानै जाने जोखिम हुने डाक्टरको भनाइ छ । 


    समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यानै जाने भएकाले समयमा उपचार गराउन डा. तिवारीको सुझाव छ । गतवर्ष यही समयमा डेंगी र स्क्रबटाईफसका २३ जना बिरामी थिए भने अहिले ७७ जनालाई संक्रमण पुष्टी भईसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij