२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निरीह राउटे समुदाय र राज्यको अमानवीय व्यवहार

निरीह राउटे समुदाय र राज्यको अमानवीय व्यवहार

निरीह राउटे समुदाय र राज्यको अमानवीय व्यवहार

निरीह राउटे समुदाय र राज्यको अमानवीय व्यवहार

निरीह राउटे समुदाय र राज्यको अमानवीय व्यवहार
बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • राजेन्द्र पौडेल
    सदियौंदेखि राउटे समुदायहरु नेपालका पहाडी भू–भागका विभिन्न जंगलहरुमा फिरन्ते जीवन बिताइरहेका छन् । यसबाट राउटे समुदायको जीवन शैलि कष्टकर त छंदैछ, त्यसमा पनि राज्यलाई वन फँडानीले ठूलो घाटा हँुदै आइरहेको छ । राउटे समुदायहरुको जीवन निर्वाहको आधार भनेको काठका भाँडावर्तन तथा विभिन्न सामग्री निर्माण गरी बेच बिखन गर्नु र आफ्नो गुजारा चलाउनु हो भने अन्य बाँच्ने आधार जंगली जनावरको सिकार गर्नु हो । यस्तो जीवन शैलिले एकातिर राज्यको अमूल्य वन जंगल फँडानी भैरहेको छ भने अर्कोतिर जंगली जनावरहरु पनि धमाधम मासिंदै छन् । राउटे समुदायहरु एकै ठाउँमा स्थाइ रुपमा बस्दैनन् । 


    उनीहरुलाई जीवन निर्वाहको लागि घना जंगल त्यसमा पनि बढी जंगली जनावरहरु पाइने जंगल हुनुपर्दछ । यसका लागि यि समुदाय एक वर्षमै धेरै ठाउँ बसाइँ सरिरहन्छन् । यस्तो जीवन शैलिले नेपालका धेरै वन जंगलहरु रित्तिने क्रम बढिरहेको छ । बस्ती बनाउन जथाभावी रुखहरु काट्ने र बस्ती सर्दा ति काटिएका रुखहरु नलगी नयाँ रुख काटेर बस्ती निर्माण गर्ने चलन यो समुदायमा रहेको छ । राउटे समुदायलाई नेपालको कुनै ठाउँमा स्थाइ बसोवास गराइ खेतीपाती गर्न लगाउने र त्यहीबाट जीवन निर्वाह गराउने राज्यको कर्तव्य होइन ? राउटे समुदायलाई राज्यले बन जंगल फँडानी गर्ने र जंगली जनावर  खुलेआम मार्नदिँदा जंगली जनावरहरु पनि मासिदै गइरहेका छन् भने बहुमूल्य प्रजातीका र लोप हुन लागेका रुख बिरुवाको विनास भै रहेको छ । सबैलाई थाहा छ । राउटे समुदायको जीवन कष्टकर छ । उनीहरुलाई राज्यबाट शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, व्यवस्थित बसोबास, बाटोघाटो, यातायात कुनै सुविधा छैन । अर्धनग्न अवस्थामा राउटे समुदायका चेलीबेटिहरु बस्न बाध्य छन् । राउटे किशोरीहरु बलात्कृत भएको बेला बेलाको घटना त सबैले सुनेको हो । नेपालका अन्य समुदायको सम्पर्क नहुँदा जीवन शैलि फेरिएको छैन । राउटे समुदायको यस्तो अव्यवस्थित जीवन शैलिको रमिता हेरेर राज्य कहिलेसम्म बस्ने ? ति समुदायका बालबच्चालेपढ्नु पर्दैन ? तिनका छोराछोरीहरु देश विदेश जान र पेशा ब्यवसाय गर्न पाउँदैनन् ? उनीहरु देशको सचेत नागरिक हुन पाउँदैनन् ? संविधानले प्रत्याभूत गरेको गास, वास, शिक्षा, स्वास्थ्य, रोजगार राउटे समुदायका नागरिकहरुको अधिकारभित्र नपर्ने व्यवस्था छ र ? उनीहरुलाई यस्तो अवस्थामा पु¥याउनु राज्य दोषी छैन ? 


    हरेक वर्ष बन्ने वार्षिक योजना तथा कार्यक्रममा राउटे समुदायको लागि के गरियो । उनीहरुको व्यवस्थित बसोवास कहाँ बन्यो ? स्कूल, अस्पताल बाटोघाटो कहाँ बने ? उनीहरुले उज्यालोमा बस्न कहिले पाउने ? उनीहरु व्यवस्थित घरभित्र कहिले बस्न पाउने ? खुल्ला आकास माथि झरी, वर्षा, कठाङग्रीदो जाडो कतिञ्जेल सहने ? सुकिला शहरका न्याना ओछ्यान तिनीहरुले कहिले पाउने ? राज्यले आफ्ना समुदायभित्र यस्तो दोहोरो विभेद गर्न मिल्छ ? राज्यले राउटे समुदायको नाम बेचेर विदेशी मुद्रा कति भित्रायो । के यस्ता विदेशी सहायता यिनीहरुको सुविधामा खर्च भएको छ ? यसको जवाफ राज्यसँग छ ? अब राज्य सचेत हुनु पर्दछ । राउटे समुदायहरु पुर्खादेखि नै फिरन्ते जीवन बिताउँदै आएका छन् । उनीहरुले कहिल्यै पढ्ने सुविधा पाएनन् । शिक्षा विना मानव जीवन अन्धकार हुन्छ भन्ने ज्वलन्त उदाहरण राउटे समुदाय हुन् । राज्यले राउटे समुदायलाई सामान्य भत्ता बाहेक अन्य मानवीय न्यूनतम सुविधाबाट सधैँ टाढा बस्न बाध्य तुल्यायो । मान्छे मान्छे बीचमा विभेद ग¥यो । अन्य समुदाय बीचमा सम्पर्क हुन दिएन र समुदायको विकास हुन सकेन । राज्यले राउटे समुदायलाई आदिवासी जनजातिका नाममा खेलौना बनायो । उनीहरुका नग्न तस्विर र कहालिलाग्दो जीवन शैलिको तस्विर र डकुमेन्ट्री बनाई देश विदेशमा प्रचार ग¥यो । 


    सामाजिक सञ्जालमा रमाइलो गर्ने बस्तु बनायो । मान्छेले मान्छेमाथि यति ठूलो दुव्र्यवहार गर्न मिल्छ ? हो उनीहरु पढेलेखेका छैनन् । उनीहरु राम्रो नराम्रो छुट्याउने अस्थामा छैनन् । उनीहरुलाई सचेत गराउने कर्तव्य कसको ? उनीहरूलाई असल कुराहरू, असल बानी व्यवहार सिक्ने अवसर उपलब्ध गराउने कर्तव्य कसको हो ? यसको जवाफ राज्यसँग छ ? विदेशी पर्यटकहरु राउटे समुदायको अर्धनग्न तस्विर र अव्यवस्थित बसोवासको फोटो खिची विदेशमा प्रचार गरिरहेका छन् । राज्य बेलैमा सचेत बनि राउटे समुदायको व्यवस्थापन गर्नु अत्यन्त जरुरी भैसकेको छ । यिनीहरुसँग हस्तकलाको अद्भूद सीप छ । यिनीहरुको कला र सीप राज्यले प्रयोग गर्न सक्नु पर्दछ । यसका लागि व्यवस्थित बसोवास गराइ सीप र कलाको प्रयोग गर्न सके राउटे समुदायको जीवन सरल र सहज त हुनेछ नै यसबाट राज्यलाई पनि फाइदा हुनेछ । उनीहरु समुदायमा बस्न सिक्नेछन् । आफ्ना छोराछोरीलाई स्कूल पठाउन थाल्नेछन् । अन्य समुदायसँग मिलेर बस्दा जीवन सहज हने कुरा सिक्नेछन् । विस्तारै चेतनाको विकास हुनेछ र उनीहरु कहिल्यै जंगल फर्कने छैनन् । यसबाट राज्यको वन जंगल विनास हुनबाट रोकिनेछ भने एउटा अन्धकारको जंगली युगमा बाँचिरहेको समुदायको पुनरुत्थान हुनेछ र नयाँ जीवन शैलीमा रुपान्तरण हुनेछ ।  बुटवल 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij