२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गैडाकोटमा गैडाको आक्रमणबाट १ जना घाइते

गैडाकोटमा गैडाको आक्रमणबाट १ जना घाइते

गैडाकोटमा गैडाको आक्रमणबाट १ जना घाइते

गैडाकोटमा गैडाको आक्रमणबाट १ जना घाइते

गैडाकोटमा गैडाको आक्रमणबाट १ जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • नवलपुर । नवलपुरको गैडाकोटमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । 
    नवलपुरको गैडाकोट ६ नगर वन निवासी ५५ बर्षीय नेप्ते कुमाललाई घाँस काट्न जाँदा गैडाले आक्रमण गरेको हो । 
    गैडाको आक्रमणबाट कुमालको ढाँडमा चोट लागेको छ । उनको भरतपुर अस्पताल भरतपुरमा उपचार भईरहेको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 


    त्यसैगरी नवलपुरको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन् । 
    जिल्ला प्रहरी कार्यालय नवलपुरको गएराति हुप्सेकोट गाउँपालिलका ३ घर्ति टोलमा भित्री सडक खण्डमा गिरुवारीबाट बेलुवातर्फ आउँदै गरेको ना ४८ प ९२१० नम्बरको मोटरसाइकलले सडक छेउ बसिरहेका २ जनालाई ठक्कर दिएको हो । 


    घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचारपश्चात थप उपचारका लागि गएराति नै चितवन मेडिकल कलेज पठाइएको छ । 


    दुर्घटनामा परी हुप्सेकोट ५ बसेनी निवासी ३८ बर्षीय नरबहादुर ठाड र १७ बर्षीया रुपा रजाली घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij