२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलका मेयर पाण्डेयद्वारा वरिष्ठ पत्रकार डा. चापागाईमाथि कार्यकक्षमैै अभद्र व्यवहार

बुटवलका मेयर पाण्डेयद्वारा वरिष्ठ पत्रकार डा. चापागाईमाथि कार्यकक्षमैै अभद्र व्यवहार

यस्तो  जंगली व्यवहार कुनै जनप्रतिनिधिबाट भएको थिएन । मेयर पाण्डेको पदीय उन्माद कार्यकक्षमै देख्दा आश्चर्य लाग्यो , अशोभनीय, उदण्ड र अभद्र व्यवहारले जनप्रतिनिधिको धज्जी उडाएको छ’ डा. चापागाईले भने ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • बुटवल ।  
    बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले रुपन्देहीका दैनिक पत्रिकाका सम्पादक र प्रकाशकहरुसँग छलफल गर्ने क्रममा अभद्र व्यवहार गरेका छन् । 
    उपमहानगरपालिकाले दिने विज्ञापन र सूचनाहरुको बारेमा छलफल गर्न पुगेको टोलीसँग मेयर पाण्डेले आक्रोशित हुँदै अस्वभाविक व्यवहार देखाएका हुन् । केही दिनअघि काठमाण्डौंमा देशभरका प्रेस काउन्सिल नेपालमा  सूचीकृत भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विज्ञापन दररेटमा गरेको सहमतिबारे जानकारी दिन सम्पादक र प्रकाशकहरु पुगेका थिए ।

    यस क्षेत्रबाट प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधान सम्पादक डा. बालकृष्ण चापागाई, बुटवल टुडेका प्रबन्ध सम्पादक नवराज कुँवर, मेचीकाली दैनिकका कार्यकारी प्रमुख विष्णु गैरे, दैनिक लुम्बिनीका प्रबन्ध सञ्चालक महेश रिजालको टोली आइतबार मेयर पाण्डेलाई भेट्न पुगेको थियो । त्यसबेला  लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डे पनि सहभागी थिए ।

    भेटघाटको शुरुवातमै डा  चापागाईले विज्ञापन नीति बारे चर्चा गर्दै उपमहानगरपालिकाले गर्नुपर्ने काम बारे बताएका थिए । चापागाईले बोल्दै गर्दा मेयर पाण्डेले झर्किदै  भने, तपाईहरुले मलाई सिकाउनु पर्दैन् । मैले सबै जानेको छु, बुझेको छु । मलाई जे मन लाग्छ त्यही गर्छु । छलफलमा सहभागी सम्पादक र प्रकाशकहरु मेयर पाण्डेको अमर्यादित शैली देखेर आश्चर्यमा परे ।

    ‘दैनिक पत्रिका प्रकाशन गरेको ३५ वर्ष भयो, यस्तो  जंगली व्यवहार कुनै जनप्रतिनिधिबाट भएको थिएन । मेयर पाण्डेको पदीय उन्माद कार्यकक्षमै देख्दा आश्चर्य लाग्यो ।  म उनको समकालीन पनि होइन, कुनै व्यक्तिगत सहयोग माग्न पनि गएको थिईन, संस्थागत काममा गएको बेला गरिएको अशोभनीय, उदण्ड र अभद्र व्यवहारले  सिंगो पत्रकारिताको धज्जी उडाएको छ’ डा. चापागाईले भने ।

    चापागाईले बुटवलमा आफूले गरेको यति लामो संघर्षमा यस्तो अपमान पहिलोपटक भोगेको बताउँदै यस प्रकारको दम्भ र घमण्ड छोडी सच्चा जनप्रतिनिधिको व्यवहार गर्न आग्रह गरेका छन् । 

     टोलीमा सँगै रहेका मेचीकाली दैनिकका प्रबन्धक विष्णु गैरेले मिडियाको विषयवस्तुबारे कुरा गर्न गएको समयमा मेयर पाण्डेयले अस्वभाविक व्यवहार देखिएको बताए । मेयरको कुर्चीमा रहेको व्यक्तिले दम्भ राख्न नहुने उनको भनाइ छ । 
    मेयर पाण्डे पछिल्लो समय कुनै विषयमा सुझाव दिने व्यक्ति कर्मचारी तथा संस्थासँग यसैगरी झर्कने र अमर्यादित शैलीमा प्रस्तुत हुँदै आएको भन्दै आलोचना हुन थालेको छ  ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij