२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य

प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य

प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य

प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य

प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत प्यूठानका पाँच पालिकामा १७ करोड रुपैयाँ खर्च भएको छ । यो खर्चको औचित्यमाथि प्रश्न उठेको छ । पालिकामा सूचीकृत बेरोजगारमध्ये छनौटमा परेकालाई एक सय दिन रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । कामको गुणस्तर नहुँदा बजेट खर्चमाथि प्रश्न उठ्नु स्वाभाविक छ ।


    गाउँमा गएको बजेटमध्ये अधिकांश सडक सफाइ र मर्मतमा खर्च भएको छ, तर जहाँ काम भएको छ, कामको गुणस्तर छैन । काम  राम्रो भए नभएको अनुगमन नहुँदा गुणस्तर कायम हुन सकेको छैन । सरकारले बजेटप्रति स्थानीय तहको अपनत्व गराउनका लागि पालिकालाई बजेट पठाउन थालेको हो । पालिकाले बेरोजगार सूचीकृत गर्ने, पालिकाभित्रको काममा उनीहरुलाई खटाउने जिम्मेवारी दिएको हो । तर पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई संघीय सरकारको कामको रुपमा बुझ्दा रोजगार कार्यक्रममार्फत् रोजगार पाएकाले सकेसम्म कमसल काम गर्ने, दिन गुजार्ने प्रवृत्ति मौलाएको छ ।


    प्यूठानमा झैँ देशका अरु पालिकामा पनि उस्तै हालत छ । बेराजगारले सरकारले रोजगार दियो भनेर राम्ररी काम गर्ने हो भने कम्तिमा यो कार्यक्रमको औचित्य पुष्टि हुन सक्दथ्यो । कार्यक्रममा सहभागीले राम्ररी काम नगर्ने र पालिकाले राम्रो गर्नका लागि उत्प्रेरित नगर्दा कार्यक्रम अघि बढाउन जोखिम देखिन्छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि कार्यक्रम अघि प्रधानमन्त्री नजोड्न निर्देशन दिए । कार्यक्रम आकर्षक भए पनि कामको प्रभावकारिता नदेखिएपछि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् । संघीय सरकारमा प्रधानमन्त्री र राष्ट्रपतिको नाम जोडेर कार्यक्रम बनेपछि प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा प्रमुख र उप–प्रमुखको नाम जोडेर कार्यक्रम बनाउने प्रवृत्ति मौलाएको छ । यो प्रवृत्तिलाई अन्त्य गर्न पनि प्रधानमन्त्रीकोे निर्देशन जायज छ ।


    प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य स्थापित गर्ने हो भने पालिकाले अनुगमन गरी कामको प्रभावकारिता कायम गर्न सक्नुपर्छ । पालिकाले अपनत्व लिँदा मात्रै औचित्य स्थापित हुन्छ । पालिकाले आफ्नो मात्रै नभएर पालिकामा सञ्चालित संघीय र प्रदेश सरकारका सबै कार्यक्रम र योजनाप्रति अपनत्व लिएमा बजेट खर्चअनुसार कामको गुणस्तर कायम हुन सक्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij