२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिल्ला स्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम

जिल्ला स्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम

जिल्ला स्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम

जिल्ला स्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम

जिल्ला स्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • बुटवल । इन्टर्याक्ट क्लव अफ दीप बोर्डिङ बुटवलले आयोजना गरेको चित्रकला प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमीका छात्र राजन थापा प्रथम भएका छन् ।

    जिल्लाका २५ विद्यालयका ४६ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा पामिरका राजन अन्य प्रतिष्पर्धीलाई पछाडि पार्दै प्रथम हुन सफल भएका हुन् ।

    त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रुपन्देहीले आयोजना गरेको जिल्लास्तरीय अन्तरविद्यालय आधारभूत तह चित्रकला प्रतियोगितामामा पनि उनी दोस्रो भएका थिए ।

    रुपन्देहीका ५५ वटा संस्थागत विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा पामिरका छात्र राजन थापाले दोस्रो स्थान हासिल गरेका थिए ।

    त्यस्तै निजी तथा आवासीय विद्यालय (प्याव्सन) तिलोत्तमा नगर समितिले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पामिर एकेडेमीकै छात्रा समिरा पाण्डेले दोस्रो स्थान हासिल गरेकी छन् भने शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पनि पामिरकी कक्षा ९ कि छात्रा प्रतीज्ञा सुवेदीले दोस्रो स्थान हासिल गरेकी छन् ।

    पामिर एकेडेमीले पुरस्कृत हुने छात्रछात्रालाई विद्यालयमै सम्मान गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । उनले अतिरिक्त क्रियाकलापमा पामिरका विद्यार्थीहरु लगातार उत्कृष्ट हुँदै आएको पनि बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij