२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘सीपलाई उत्पादनसँग जोड्दै आयआर्जन गर्दैछौं’

‘सीपलाई उत्पादनसँग जोड्दै आयआर्जन गर्दैछौं’

‘सीपलाई उत्पादनसँग जोड्दै आयआर्जन गर्दैछौं’

‘सीपलाई उत्पादनसँग जोड्दै आयआर्जन गर्दैछौं’

‘सीपलाई उत्पादनसँग जोड्दै आयआर्जन गर्दैछौं’
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • प्यूठान जिल्लाको उत्तरपूर्वी क्षेत्रको नौबहिनी गाउँपालिकाले ८ वटा वडामा विभाजित भइ विकासको गति तीव्र रुपले अघि बढिरहेको छ । राजनीतिक पार्टीको कुनै जिम्मेवारीमा नरही ३४ वर्षे उमेरमा जनप्रतिनिधिमा निर्वाचित एवं स्वास्थ्य क्षेत्रतर्फ अनमी पदमा बसेर १३ वर्ष सरकारी सेवा अनुभव लिएर जनप्रतिनिधि निर्वाचित हुनु भएकी नौ बहिनी गाउँपालिका उपाध्यक्ष विस्ना थापासँग दैनिक लुम्बिनीका लागि राधिका भुसालले गरेको कुराकानीको सम्पादित अंशः


    उपाध्यक्षको रुपमा काम गर्दाको अनुभव कस्तो छ ? जनताका अपेक्षाहरु के–के रहेका छन् ?
    नौबहिनी गाउँपालिकावासी जनताको अभिभावक रुपमा आफू रहेको जस्तो लाग्छ । मैले यहाँको जनताको अभिभावकत्व लिइ सकेपछि यहाँको हरेक क्षेत्रमा समान व्यवहारले काम गर्नु पर्छ । बाहिरबाट हेर्दाको भन्दा यो पदमा बसेर प्रत्येक काममा जनतासँगसँगै काम गर्दा धेरै फरक छ । महिला भएको कारण पनि यहाँका दिदीबहिनीहरुले मसँग खुलेर आफ्नो समस्या तथा गुनासोहरु राख्ने गर्नु हुन्छ । बजेट विनियोजन गर्ने समयमा पनि उहाँहरुले धेरै सुझावहरु दिने गर्नु भएको छ । एउटा महिला शिक्षित र आर्थिक रुपमा सक्षम भएपछि सिंगो परिवार नै शिक्षित हुने गर्दछ त्यसकारण महिलाहरुलाई उहाँको क्षमताअनुसारको सीप प्रदान गरेर रोजगारीतर्फ लैजानु पर्छ भन्ने लागेको छ । र, सोही अनुसार विभिन्न क्षमता विकास तथा सीप विकास तालिमहरु प्रदान गरेका छौं, अब व्यवसायिक रुपमा उत्पादन गर्न थाल्नु भएको छ । 


    नौबहिनीको प्राथमिकताहरू के–के छन् ?
    जनप्रतिनिधि हुनुभन्दा अघि स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेको हुँदा मलाई धेरै कुराको अनुभव छ । जनताको प्रत्येक्ष जीवनसँग जोडिएको शिक्षा, स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौं । जबसम्म मान्छेलाई चेतना हुँदैन हामी सबै कुरामा पछिपर्ने गर्दछांै । गुणस्तरीय शिक्षाले नै हरेको व्यक्तिको जीवनमा परिवर्तन ल्याउने हो । सबै प्रथम स्वस्थ हुनु प¥यो, अनि शिक्षा प्राप्त गर्नु प¥यो । यसभन्दा अघि पनि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका थियौं, अहिले पनि निरन्तरता दिएका छौं । प्रत्येक नागरिक स्वस्थ र शिक्षित भएपछि हामीले गर्न खोजेको परिवर्तन सम्भव हुनेछ । स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवले पनि स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकतामा राखेर कार्यक्रमहरु गरेका छौं । 

    तपाईं उपाध्यक्ष, न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, के–कस्ता समस्या तथा मुद्दाहरु आउने गरेका छन् ? 
    हाम्रो पालिकामा अहिलेसम्म २१ वटा निवेदन दर्ता भएको छ । आफ्नो क्षेत्र अधिकार भित्रको मुद्दा हेर्ने गरेका छौं ।  सामान्य झैँ झगडा, लिनदेन, अन्नवाली क्षेती जस्ता समस्याहरु आउने गरेका छन् । खासै अप्ठ्यारा समस्याहरु आएका छैनन् । हामीले सबै क्षेत्रबाट राम्रो सहयोग पाएका छौं । जिल्ला न्यायधिसले पनि न्यायिक समितिले गरेको कामको मूल्यांकन गरेर इजलास बनाउने सुझाव समेत दिनु भएको छ । आगामी वर्षबाट इजलास बनाउने तयारी गर्ने छौं । समय समयमा प्यूठानका नौ वटै स्थानीय तहहरुको न्यायिक समितिको बैठक बसेर सिकाइ आदान प्रदान गर्ने गरेका छौं, यसले गर्दा काम गर्न अझैँ सहज भएको छ । 
    उपाभोक्ताहित संरक्षण भएको छ ? 


    पालिकाको नियमअनुसार योजनाहरु अनुगमन गरेका छौं । बजार अनुगमनको सन्दर्भमा नौ बहिनीभित्रका ८ वटै वडामा पुगेर ति पसलहरुमा हदम्याद नाघेका बस्तुहरु छन् छैनन् भनि हेर्ने गर्दछांै । बढी मात्रामा पेय पदार्थमा म्याद नाघेको भेटिएका छन्, गाउँका सोझा जनताले म्याद कसरी हेर्ने भन्नेसम्म थाहा नपाउँदा अखाद्य बस्तुहरु खान बाध्य थिए । अहिले व्यापारी र उपभोक्ता दुवैतर्फ सजग भएका छन् ।   


    बजेट विनियोजनमा तपाईंको भूमिका कस्तो छ ? युवा तथा महिलाहरुलाई कसरी समेट्नु भएको छ ? 
    बजेट बनाउने बेलामा मेरो भूमिका राम्रै रहन्छ । म आफू महिला भएको कारण पनि महिला तथा युवाहरुलाई विशेष छलफल गरेर बजेट विनियोजन गर्ने गरेका छौं । महिला दिदीबहिनीहरुले माग गरेअनुसार उहाँहरुको इच्छा चाहानाअनुसार तालिमहरु सिकाउनको लागि  बजेट विनियोजन गर्दै आएका छौं । सिलाइ कटाई, डल तथा कुसन निर्माण, होजियारी, दुना टपरीलगायतका तालिम तथा उपकरण प्रदान गरी सीप सिकाउने गरेका छौं । उहाँहरुलाई आय आर्जनसँग जोड्नका लागि उहाँकै चाहाना र क्षमताअनुसार तालिमहरु दिने गरिएको छ । दिदीबहिनीहरु एकदमै उत्सुक्ताका साथ सहभागी हुनु भएको छ । 


    नौ बहिनी गाउँपालिकामा उत्पादन भएका बस्तुहरुको बजारीकरण कस्तो छ ? 
    हाम्रो पालिकाभित्र उत्पादित सामानलाई व्यवस्थित तरिकाले बजारीकरण गर्नका लागि हामीले संकलन केन्द्र र कोसेली घर सञ्चालन गर्दैछौं । आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी भवन निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । त्यससँगै नौ बहिनीभित्र उत्पादित बस्तुलाई अन्तरपालिका बजारीकरण गर्नेका लागि विभिन्न पालिकासँग सम्पर्क समन्वय गरिरहेका छौं । यहाँ उत्पादन भएको  कुन–कुन बस्तुहरु कति खपत हुन्छ त्यहिअनुसार बाहिरी बस्तु आयातमा रोक लगानु पर्छ ।  सुरुमा अलि कठिन होला तर, विस्तारै पालिकाभित्रको उत्पादित बस्तुले बजार पाउँछ र यहाँका जनताको जीवनस्तर परिवर्तन हुँदै जानेछ भन्ने कुरामा विश्वास छ । हामीले सीप सिकाएका छौं, अब उत्पादित बस्तुका बजारीकरण पनि हामीले गर्नेछौं, यसले गर्दा विदेश पलायन हुने समस्या र सानोतिनो व्यापार गर्न शहर जाने व्यक्तिहरु रोकिने छन्, पालिकाको आन्तरिक स्रोत पनि वृद्धि हुनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij