२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सूचना नै नागरिकको शक्ति

सूचना नै नागरिकको शक्ति

सूचना नै नागरिकको शक्ति

सूचना नै नागरिकको शक्ति

सूचना नै नागरिकको शक्ति
बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • लोकतन्त्रमा राज्य लोककल्याणकारी हुन्छ । सबै नागरिक राज्यबाट पाउनुपर्ने सेवाको पहुँचमा हुन्छन् । नागरिकलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवालाई सहज, सरल र निःशुल्क गर्न अपरिहार्य छ । संविधानले नेपाल समाजवाद उन्मुख मुलुक भनेको छ । समाजवादतर्फ प्रस्थान गर्ने गरी राज्यका नीति, कार्यक्रम, बजेट लक्षित हुनुपर्छ । संविधानले परिकल्पना गरेको लक्ष्यमा पुग्न राज्य अधिकतम लोककल्याणकारी मोडलमा अघि बढ्न आवश्यक छ ।


    सीमान्तकृत, गरिब र पछाडि पारिएका समुदायलाई मािथ उकास्न विभिन्न खालको सुविधा छ । निजामति, प्रहरी, सेनालगायत सेवा प्रवेशमा आरक्षणको व्यवस्थाले अहिले ती क्षेत्रमा मुलुकको मुहार देखिन्छ । कुनै जाति र समुदायको मात्रै बर्चश्वको अवस्था अब अन्त्य हुँदैछ । यस्तो अवस्था आउनु हाम्रो संविधानको बाध्यकारी व्यवस्थाले संभव भएको हो, यसलाई सुखद मान्नुपर्छ । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा कार्यक्रम, उच्च शिक्षामा विभिन्न खालको छात्रवृत्तिको व्यवस्थाले पहुँच नपाएका नागरिकको  पहुँच बढेको  छ । अहिले स्वास्थ्य बिमा कार्यक्रमले सामान्य बिरामीले गरिब नागरिक उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । 


    यद्यपि स्वास्थ्य बिमा कार्यक्रमलाई अझैँ विस्तार गर्नुपर्ने छ । कार्यान्वयनमा समस्या देखिएका छन् । बिमा कार्यक्रमको महत्व नबुझेर साना—साना समस्या सल्टाउन सम्बन्धित प्रशासनिक नेतृत्व अग्रसर नभएको देखिन्छ । राजनैतिक नेतृत्वले नीतिगत रुपमा अझँै यसलाई परिस्कृत गर्नुपर्ने त छँदैछ । दीर्घरोगीलाई विभिन्न उपचार सहयोग, निःशुल्क उपचार, निःशुल्क औषधि वितरण जस्ता कार्यक्रमका बारेमा नागरिक जानकार छैनन् । राज्यले जसका लागि कार्यक्रम ल्याएको हो, त्यो समुदायका माझ सूचना प्रवाह गर्न चुकेको छ । जेष्ठ नागरिकको उपचार निःशुल्क गर्ने विभिन्न अस्पतालमा व्यवस्था भए पनि त्यो जानकारी छैन । 
    सरकारी अस्पतालमा गर्भवती महिला सुत्केरी भए भत्ता दिने व्यवस्था छ, तर अस्पतालमा यो सुविधा पाइन्छ भन्ने जानकारीबाट सीमान्तकृत समुदाय अझैँ वञ्चित छ । कृषिमा धेरै खालका अनुदान छन् । प्रदेश र संघीय सरकारले विभिन्न खालका अनुदानका कार्यक्रम चलाएर वर्षेनी करोडौं खर्च गरिरहेका छन्, तर ग्रामीण क्षेत्रमा खेतबारीमा पसिना चुहाइरहेका किसानले जानकारी पाउन नसकेका धेरै उदाहरण छन् । कृषि अनुदान राजनैतिक दल र प्रशासनिक नेतृत्वको पहँुचमा रहेकाले कुम्लाइरहेका छन् ।


    अब राज्यले दिने सेवाका बारेमा सूचना दिने व्यवस्थित परिपाटीको व्यवस्था गर्नुपर्छ । तहगत सरकारबीच समन्वय गरी सूचना प्रवाहलाई सरल र सहज बनाउनुपर्छ । प्रदेश र संघीय सरकार मातहतका कार्यालयले दिने सेवा प्रवाह, नीतिगत सुधारका विषयका बारेमा स्थानीय तहलाई अनिवार्य जानकारी गराउने र स्थानीय तहले अनिवार्य रुपमा हरेक वडामा पुग्ने व्यवस्था मिलाउनुपर्छ । वडा सरकारले टोल—टोलमा पुग्ने व्यवस्था मिलाउन सकिन्छ । त्यसका लागि सामाजिक सञ्जालको प्रयोग नै अहिले उत्तम विधि हुन्छ । कतिपय ठाउँमा स्थानीय सामुदायिक संगठनको परिचालन गरेर पनि नागरिकलाई सूचनाको पहुँचमा राख्न सकिन्छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij