२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन्’

‘नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन्’

‘नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन्’

‘नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन्’

‘नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन्’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • बुटवल उप–महानगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष यज्ञप्रसाद पंगेनी छन् । गएको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनिएका पंगेनी खुलस्त छन् । सरल स्वभावका उनी समुदायमा भिजेका जनप्रतिनिधि हुन् । बुटवलको घना बस्ती भएको सुख्खानगर क्षेत्र पर्ने वडा नम्बर ८ मा के–कस्ता विकास निर्माणका काम भए ? के काम अघि बढ्दै छन् ? नागरिकको चाहना के रहेछन् ? भन्ने बारेमा वडाध्यक्ष पंगेनीसँग गरेको कुराकानी :
    तपाईं निर्वाचित भएर आएको दुई वर्ष नाघेको छ, चुनावमा गरेका प्रतिबद्धताअनुसार के-के काम अघि बढाउनुभएको छ ?
    म निर्वाचित भएर आएपछि उदाहरणनीय काम स-साना बाटो को नाङ्गा तार हटाइएकोमा जनता खुशी छन् । साथै परासी गएको ३३ केभिए हाइटेन्सन हटाइएको छ । विद्युत पोल नयाँ गाडिएको छ । तार व्यवस्थापन भइसकेको छ । विद्युत्को कमजोर भोल्टेजलाई सुधार गरिएको छ । यी कामले वडावासीलाई फाइदा पुगेको छ । सडकमा हरियाली बनाएका छौं । जेब्राक्रस व्यवस्थित गरिएको छ । खानेपानीको व्यवस्थापनलाई सहज गराउन ७ किमी पाइप बिस्तार गरेका छौं, गेटबल राखेर खानेपानीको सुविधा बढाएका छौं । मिलनचोकमा सडक फराकिलो गर्यौ । छाडा कुकुरहरूलाई रेबिज सुइ र बन्द्याकरण गर्ने काम नियमित गरेका छौं । गरिब विद्यार्थीलाई पोसाक वितरण, खेलकुद सामग्री वितरण गरेका छौं । वडाको दुई ठाउँमा वाइफाइ फ्रि गराएका छौं । अब  निःशुल्क शुद्ध पिउने पानीको मेसिन राख्ने र एउटा शौचालय बनाउन जग्गा खोजी गरिरहेका छौं  । विद्यालय वरिपरि  सन्देशमूलक बोर्ड र गति सीमित बोर्ड र समय तोक्ने जस्ता काम गरेका छौं ।


    मिलनचोकदेखि पूर्वतिर जाने सडक विस्तारको काम कसरी अघि बढ्दैछ ?
    मिलनचोकको बाटोमा भवन मापदण्ड विपरीत बनेका दर्जन घर छन् । ती खाली गर्न शहरी पूर्वाधार विकासले का मअघि बढाएको छ । टोल समितिको सहयोगमा काम अघि बढ्दै छ । हामीले टोल समितिलाई घर टहरा खाली गर्ने काममा सहयोगी बन्न अग्रसर गराएका छौं ।


    गत आबमा कुन कुन योजना सम्पन्न भए, यो वर्ष कुन कुन योजना अघि बढ्दैछन् ?
    गत आब मा बिजुली, पानी सडक पूर्वाधारको काम ग¥यौं । र खुल्ला व्यायामशाला बनायौं ।  नागरिकलाई शारीरिक स्वास्थमा पहुँच पुगोस् भनेर व्यायामशाला राखेका हौं ।


    उप–महानगरपालिकाले के गर्न सक्दा वडा कार्यालयको काम प्रभावकारी हुनसक्छ ?
    उप–महानगरपालिकाले  सक्दो सेवा प्रवाह गर्न करको दायरा बढाउनुपर्छ, तर करको प्रतिशत घटाउनुपर्छ ।  युवा युवतीलाई प्रोत्साहन, तालिमतर्फ उत्प्रेरित गर्नुपर्छ । बजार अनुगमन प्रभावकारी बनाउनुपर्छ । बजार अनुगमन गर्दा सबै क्षेत्र समेट्नु पर्छ । राहत प्याकेज दिँदा सबै क्षेत्र समेट्नु पर्छ ।


    वडालाई बजेट सिलिङ बढाउने, राजस्व कम उठाउनेलाई सोहीअनुसार बजेट घटाउने बढाउने गरेमा वडाको काम प्रभावकारी हुन्छ ।
    साथै कर्मचारीलाई प्रोत्साहित गर्ने हौसला दिने सेवा राम्रोसँग दिनेलाई नजिक र लापरबाही गर्नेलाई सोहीअनुसार गर्ने हो भने आम नागरिक खुसी हुने देखिन्छ । सबैलाई मुस्कानको सेवा दिने हो भने नगर प्रमुख वडाध्यक्षहरु सफल र बुटवल समृद्ध बन्छ ।


    तपाईंको वडामा नागरिकका समस्या र चाहना के–के पाइए ?
    नागरिकले छिटोछरितो सेवा खोजिरहेका छन् । जनप्रतिनिधि शासक होइन, सेवक हुुनपर्छ भन्ने मान्यतालाई व्यवहारमा खोजिरहेका छन् । वडामा साना-साना समस्या बढेर ठूला बन्ने हुँदा बेलैमा समस्या समाधान खोजेका छन् । स-साना समस्या भनेर बेवास्ता गर्दा त्यसले विवाद बढ्दै जादा विवाद बढाउने भएकाले हामी चनाखो हुनुपर्ने ठानेका छौं । नागरिकको चाहना र भावना बुझेर हामी काम गर्ने प्रयास गरिरहेका छौं ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij