२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

योजनामा आधारित शहर बनाउने सपना

योजनामा आधारित शहर बनाउने सपना

योजनामा आधारित शहर बनाउने सपना

योजनामा आधारित शहर बनाउने सपना

योजनामा आधारित शहर बनाउने सपना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • राप्ती उपत्यकामा सुन्दर शहर बनाउन लुम्बिनी प्रदेश सरकारले पहलकदमी लिएको छ । राप्ती उपत्यकामा सुन्दर शहर  बनाउने सपनालाई सबै दलको साथमा प्रदेश राजधानी बनाएका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई समेतसँगै राखेर मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार छलफल गरेका छन् । स्थानीय अगुवा, स्थानीय र प्रदेशका जनप्रतिनिधि समेत सहभागी छलफलमा मुख्यमन्त्रीले प्रष्टसँग सुन्दर राजधानी शहर बनाउने हो भने स्थानीय बासिन्दा, राजनैतिक दल र जनप्रतिनिधिको साथ चाहिन्छ ।


    नेपालमा पछिल्ला वर्ष धेरै ड्रिम प्रोजेक्टहरु दलीय स्वार्थको दलदलमा पर्दा तुहिएका छन् । दलीय स्वार्थमा विकास आयोजना तुहाएर फाइदा कसैलाई हुने होइन् तर यो कुरुप पक्षलाई हेक्का राखिएको छैन । कतै राप्ती उपत्यकामा योजनामा आधारित सुन्दर शहर बसाल्ने योजना तुहिने त होइन् भन्ने जोखिम छ । स्वार्थको जालो फाल्न सक्दा भावी पुस्ताका लागि सुन्दर शहर बन्नसक्छ, तर स्वार्थको जालो बलियो बन्दै गयो भने कुरुप राजधानी शहर हुनेछ । कुरुप राजधानी शहर बन्नबाट रोक्नका लागि प्रदेश सरकारले लिएको पहलकदमी उचित छ । प्रदेश राजधानी स्थापना हुँदा २०७७ असोज २० मा रोकिएको जग्गाको खरिदबिक्री र कित्ताकाट खुलेको छैन । कित्ताकाट खुलाउन भएको चलखेललाई सरकारले अहिलेसम्म थेगेको छ । यदि कित्ताकाट खुल्यो कुनै कारणवश भने योजनामा आधारित शहर बनाउने बाटो बन्द हुनेछ । सरकारले शहरीकरण विकासको मोडल कार्यान्वयन नहुँदासम्म कित्ताकाट खोल्ने गल्ती गर्न हुन्न ।


    प्रदेश सरकारले एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउने बताएको छ । यद्यपी अहिलेको लागत अनुमान बढ्दै जानसक्छ । आन्तरिक स्रोत कमजोर रहेको बेला बाह्य सहयोग लिनपर्ने हुनसक्छ । त्यसका लागि ऋण लिन पनि सरकार खुला छ । योजनामा आधारित शहरले नागरिकको जीवनस्तर उकास्छ । गाउँको उत्पादन शहरले खपत गर्छ । र, अन्यत्र पनि यस्तै योजनामा आधारित शहर बनाउने बाटो खुल्छ । राप्ती उपत्यका एउटा मोडल हुनसक्छ ।
    अब स्थानीय तहमा आउने विवाद व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिनुपर्छ । त्यसमा सबै राजनैतिक दल विवाद व्यवस्थापनमा सहभागी हुनुपर्छ । राप्ती उपत्यकामा योजनामा आधारित शहर बनाउने अवसरलाई गुम्न दिनुहुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij