२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, किन बढिरहेको छ भाउ ?

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, किन बढिरहेको छ भाउ ?

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, किन बढिरहेको छ भाउ ?

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, किन बढिरहेको छ भाउ ?

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, किन बढिरहेको छ भाउ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौं । सुनको मूल्यले केही दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

    यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

    अन्तर्राष्ट्रिय बजारमा भने यतिबेला मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको घट्दो ब्याजदरले माग बढाउनु हो । सुनको भाउ बढ्नुमा बारम्बार एकपछि अर्को अन्तर्राष्ट्रिय कारण निम्तिरहेको शाक्य बताउँछन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।

    ‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्दै गयो, ती द्वन्द्व अहिले पनि कायमै छन्,’ शाक्यले भने, ‘त्यसमा पनि विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाए, अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडियो ।’

    अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ०।५० प्रतिशत बिन्दुले घटायो । ब्याजदर घटाउँदा नै बैंक अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप चाप नदेखिए ब्याजदर अरू थप घट्ने आशय जनाए । यही कारण डिसेम्बरसम्म थप ब्याजदर घट्ने चर्चा चलेको छ । ब्याजदर घट्दा सुनसँगै, स्टक मार्केट समेत बढ्न जान्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij