२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वैशाखीकै भरमा प्रतिस्पर्धी मिया

वैशाखीकै भरमा प्रतिस्पर्धी मिया

वैशाखीकै भरमा प्रतिस्पर्धी मिया

वैशाखीकै भरमा प्रतिस्पर्धी मिया

वैशाखीकै भरमा प्रतिस्पर्धी मिया
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • भैरहवा । भैरहवामा जिल्ला स्तरीय स्नुकर खेल प्रतियोगिता भइरहेको छ । रुपन्देही सहित ३ जिल्लाका १२८ खेलाडी उपाधिका लागि प्रतिस्पर्धामा भिडिरहदा वुटवलका एक फरक क्षमताका खेलाडी पनि वैशाखी सहित प्रतिस्पर्धामा छन । ३५ वर्षिय जमिर मिया विगत एक दशक देखि एक हातमा वैशाखी र एक हातमा स्नुकरको डण्डी बोकेर प्रतिस्पर्धामा उत्रिने गर्छन । 


    साथीभाईहरुले खेलेको देख्दा स्नुकर प्रति आकर्शित भएको उन्को रुचि नै बन्यो । आफुले सक्छु भन्ने लागेपटि उनी १२ वर्ष पछि गरेर देखाउछु भन्ने अठोट लिई खेल्न सुरुवात गरेका थिए  । उनी भन्छन सुरुदेखि नै रु्रचि भएकोले चेस र स्नुकरमा मेरो लगाव थियो । दुवै गेम इन्डोर भएकोले अहिले सम्म खेल्दै आएको छु शरीरिक रुपमा पनि धेरै बल नपर्ने भएकोले अहिले प्राय नियमित रुपमा नै स्नुकर खेल्दै आएको छु परिवारबाट पनि पूणर् सहयोग हुने गरेको छ । 


    उनी भन्छन पहिला पहिला स्नुकर खेलप्रति हेर्ने दृष्टीकोण फरक थियो, नकारात्मक रुपमा लिने गर्थे । तर अहिले समाजमा विस्तारै यस्को हेर्ने दृष्टिकोण फरक हुदै गई अहिले अरु खेल जस्तै लिने गरेकोले यस्मामा पनि सम्भावना देखिएको बताए ।  हाल सम्म जिल्लाका विभिन्न प्रतियोगितामा भाग लिए, तर जिल्ला बाहिर प्रतियोगीको रुपमा गएको छैन । रुपन्देहीमा भएको जिल्ला स्तरीय प्रतियोगितामा ५ पटक सहभागी भएको उनी सुनाउछन । मिया भन्छन इच्छा भएर नै यहाँ सम्म पुगेको छु । 


    खेल्न लाएको त एक दशक भयो तर विचमा आर्थिक अवस्थाले गर्दा केही समय विश्राम लिएको थिए, अहिले केही वर्ष देखि फेरी खेल्न सुरु गरेको छु । जन्मजात पोलियोले कम्मर भन्दा तलको भाग एकतर्फको शिथिल छ र बैशाखीकै शहारा अघि बढ्दै छु एकातर्फको खुट्टा भने ठिक रहेको छ । 


    फरक क्षमताको खेलाडी भएकोले पनि उनलाई प्रतियोगिताहरुमा सम्मानका साथ सहभागी गराइन्छ । परिवारबाट पूणर् सहयोग पाएका उनलाई आयोजकहरुले पनि सम्मान दिएर प्रतियोगीका रुपमा भिडाउछन । 


    रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा अहिले भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा उनी सहभागी भई दुई खेल खेलेका छन । पहिलो खेलमा जित निकाल्दै उनले दोस्रो चरणको खेलमा पराजित भएपनि निराश छैनन । खेल हो हारजित हुन्छ तर कुनै न कुनै दिन उपाधि नै जित्छु भन्ने आट मियामा रहेको छ । 


    रुपन्देही पुल तथा स्नुकर संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जमिर नेपालकै स्नुकर खेलाडी मध्ये फरक खेलाडीको रुपमा पाएको बताए, फरक क्षमताका खेलाडी वैशाखीकै भरमा उनी अन्य प्रतिस्पर्धी जस्तै भएर घण्टौ प्रतिस्पर्धामा उत्रिन्छन । हामीले उनलाई प्रवेश शुल्क मिनाहा गरि सहभागिता गराएका छौ, नेपालकै नमूना खेलाडीको रुपमा उनको परिचय रहेको खेल संयोजक थापाले भने ।


    खेलको विकास, प्रचार प्रसार  र खेलाडीको हकहीतका लागि २०६८ सालमा संघको स्थापना भएको हो । महासंघ र राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत रहेको संघले आहिले जिल्ला स्तरीय अठौ प्रतियोगिता गराउदै आएको छ । १६० बढि खेलाडी आबद्ध रहेको संघले युवा युवति कुलतमा नफसुन भनेर पनि आचारसंहिता लागु गर्दै अन्य खेल जस्तै यस्को परिचय बनाउदै गएको छ । शरिरीक रुपमा पनि अभ्यास हुने भएको अहिले खेलप्रति धेरैको रुचि बढीरहेको छ । 


    प्रतियोगितामा सोमबार पहिलो चरणका खेलहरु सम्पन्न भई मंगलबार दोस्रो चरणको १५ वटा खेल भएको छ । भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा पहिलो चरणका खेलहरु ६४ जना खेलाडीहरु बाहिरिएका छन् भने दोस्रो चरणमा ३२ जना बाहिरीने छन ।  प्रतियोेगितामा १२८ जना खेलाडीहरुले भाग लिएका छन । 


    मंगलबार फरक क्षमताका खेलाडी भनेर चिनिने जमिरसँग सुजन थापाको प्रतिस्पर्धा थियो । सुजनले ५१ को ब्रेक गर्दै २ शुन्यले खेल जित्यो । आयोजकले ५० भन्दा बढि ब्रेक गर्नेलाई नगद १ हजार १ सय पुरस्कारको व्यवस्था गरेको छ, जस्को प्रायोजन प्रिन्स ज्वेलर्सले गरेको छ । 

    यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको छ । 


    प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij