२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रवि, सहकारी र कानुनी कारबाहीको सवाल

रवि, सहकारी र कानुनी कारबाहीको सवाल

रवि, सहकारी र कानुनी कारबाहीको सवाल

रवि, सहकारी र कानुनी कारबाहीको सवाल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  •  सर्वसाधारण जनताले कसैले साह्रै दुःख कष्ट दियो भने सराप्छन् –तँलाई हैजाले खाने मूर्दादार । तेरो वंश विनाशै होस् । तँलाई सेतो कपडामा हरियो चोयाले टनटनी कसेर हरियो बाँसको डोलामा घाटतिर लैजाँदै गरेको देख्न पाम् ! यस्तै यस्तै वाक्य वाक्यांश र शब्दले सत्तोसराप गर्नेछन् । सुन्नेलाई शुरुमा असहज लाग्न सक्छ– कति असभ्य रहेछन् यी मान्छेहरु ! तर यसको गरिहाइमा कमै जाने गर्दछन् । 
    हाम्रो समाजमा जो अति धर्मवादी, अति शान्तिवादी, अति उदारवादी देखिन्छन् ती देखिए जस्ता नहुन सक्छन् । धर्मको नाममा तृपन्ताम गर्ने व्यवसायिक पेशा बनाएर कमाउने जमाउने र रमाउने प्रवृत्ति पनि चर्काे छ ।


    भ्रष्टाचारी र भ्रष्टाचार परित्जय छन् । जो बढी भ्रष्टचारको चर्काे विरोध गर्दछ, ऊ नै स्वयं बढी भ्रष्टाचारी भएका उदाहरण हाम्रा समाजमा धेरै छन् । उदारणार्थ– छिःछिः नेपालमा के बस्नु भन्दै नेपाली राष्ट्रियताको पहिचान नागरिकता परित्याग गरेर अमेरिका बसाइँ सरेका रवि लामिछाने लामो समयपछि फेरि नेपाल आए । नेपालमा किन आए ? कसले पठाएर आए ? नेपालमा आएर उनले पत्रकारिता पेशा अवलम्बन गरेको देखियो । उनले नेपालको राजनीतिक नेताहरुमा रहेका प्रवृत्तिगत बदमासी र त्यसखाले चरित्रका भण्डाफोर गर्न थाले । थोरै समयमै त्यसखाले जनताबाट खास गरिकन युवा जगत्मा लोकप्रिय बन्न सफल पनि भए । युवाहरुलाई उनले प्रशिक्षित गरे वा उनले एउटा नारा दिए– ‘गालामा दाह्री काँधमा जिम्मेवारी ।’


    केही असंगठित, केही उत्साही नौजवानहरु पनि उनको पछि लागे । यसरी उनी अब रवि लामिछाने मात्र होइन । रवि दाइ भए । हाइ ! हाइ !! रवि दाइ ! क्रमशः युवाहरुको तनमा, मनमा रक्तकणहरुमा भरिन थाले । रवि दाइ पनि मख्ख भए । अब उनले आफूलाई म यो धर्तीको मान्छे होइन म त अर्कै लोकबाट आएको अलौकिक मान्छे हुँ भन्ने बुझाइ बन्यो । विश्व विजेता बनेर विश्व वादशाह बन्ने नेपोलियनको जस्तो इच्छा उनमा प्रकट भयो । अब आफू नेपालको प्रधानमन्त्री मात्र होइन राष्ट्रपति, देशपति सर्वपति बन्ने महत्वकांक्षा जाग्यो । 


    फलस्वरुप टेलिभिजनमा घोक्रो फुट्ने हो कि जस्तो गरी जोडस्वरले बोल्ने ‘रवि दाइ’ एक दिन घोषणा गरे–‘अब म आफू भोलिदेखि मिडियाकर्मीको हैसियतले प्रस्तुत नहुने घोषणा गर्दछु ।


    नभन्दै भोलिपल्ट उनले पार्टी खोले– रास्वपा, (राष्ट्रिय स्वतन्त्र पार्टी)। गालामा दाह्री काँधमा जिम्मेवारी भनेर केही उनका हुल उफ्रिन थाले ।  यही अनुसार लहैलहैमा बुझ्दै नबुझी थुप्र्रै युवाहरु रवि दाइको पार्टीको मान्छे नभए पनि दाह्री पालेका छन् । स्मरण रहोस् शुरुमा त रवि दाइले यो पनि घोषणा गरेका थिए– आफ्नो पार्टीको कुनै पनि जनवर्गीय संगठन हुने छैन । बनाइने छैन भनेर घोषणा समेत गरेका थिए । यस्तो घोषणा रविदाइले किन गरे । गर्नुको मकसद पछिल्ला दिनभर खुल्दै गएको छ । पार्टीभित्रको आर्थिक घोटला र स्वेच्छाचारिताको रहस्योउद्घाटन उनकै महासचिव मुकुल ढकालले गरेपछि थाहा भयो । क्रमशः रवि दाइमा म नै राज्य हुँ (आइएम द स्टेट) भन्ने मान्यता भन्ने रहेछ । एकल निर्णय गर्नका लागि आफँै सर्वेसर्वा हुन पाउनुपर्छ । कहाँको जनवर्गीय संगठनको कुरा अहिले रास्वपाभित्रका कार्यकर्ताले भन्दैछन् ।


    त्यसो त रवि दाइ नजान्ने मान्छे होइन । निकै दिग्ज मान्छे हुन् । दिग्ज र खप्पिस भएकै कारण उहाँ नेपाली नागरिकता त्यागिसकेको मान्छेले पुरानै नागरिकता निर्वाचन आयोग समक्ष पेश गरेर रास्वपा दर्ता गर्नुभयो । विचरा राष्ट्रिय निर्वाचन आयोग !  हेरेको हे¥यै ! यताउता गरे ओंठमा दाह्री काँधमा जिम्मेवारी छ भन्नेहरुले के कस्तो गर्ने छन् भन्ने डर ! त्यसैले पुरानो बासी नागरिकता पेश गरेर चुनावमा उठ्नु भयो । विपक्षमा बोल्न  सक्ने को ?  हाइ ! हाइ !! रवि दाइको गगन भेदी नारा गुञ्जिन युवाहरुको ताँती ! रविको घण्टीमा यसरी नै मत प¥यो । शान दार  विजय रविदाइको ! यो जित कसको ? रविको ! रवि दाइ कसको ? युवाको ? रविदाइ कसको ? जनताको हाम्रो गालामा दाही छ । काँध काँधमा जिम्मेवारी छ । यो हार कसको प्रतिक्रियावादीको !


    सदाचारिता, राष्ट्रवाद, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र गणतन्त्रको पक्षमा रवि दाइ खुब बोले, कति बोले ? कसरी बोले ? मापन गर्न सकिने त कुरै भएन । मानौं उनको बोलीमा विना बादल असिना पार्न सक्ने उर्जा थियो । चुम्कीय शक्ति ! विना बादल बज्र फुटेर बिजुली चम्किन सक्ने खालको वाकपटुता, क्षमता, थियो जस्तोे लाग्थ्यो !

     
    तर एउटा युवराज भन्ने कानूनी विशेषज्ञले रवि गैर नागरिक भएकाले, सांसद पद खारेज होस् भनेर अदालतमा मुद्दा दिंदा भए । मुद्दा वास्तवमा सानोतिनो बज्र वा चिर्काे थियो र त्यो चिर्काे उनकै थाप्लामाथि प¥यो र सांसद पद चिलिम च्वाँट भएको फैसला अदालतले ग¥यो ।


    रवि दाइ किन पो डराउँथे र ? रवि भनेको त प्रचण्ड तातो उज्यालो रवि हो । त्यसैले लाज शर्म घरको खोपामा राखेर सिडियो कार्यालयमा गई नागरिता लिंदा भए । रवि दाइ, हाइ हाइ पुनः भए, युवराजहरु हिस्स बुढा हरियो दाँत भए !
    १०. भयो फेरि उपनिर्वाचन ! कुन शक्तिले हराउन सक्थ्यो र रविदाइलाई ! शक्ति त अमेरिकन हो ! अमेरिकामा बसी, पुष्टकारी सेवन गरी बलिष्ट भएर आएक रविदाइ ! विचार, सिद्धान्त, दर्शन, लक्ष्य, उद्देश्य, भिजन, मिसन, नास्ति रवि दाइ !  
    पुरानै निर्वाचन क्षेत्र चितवनबाट चुनावमा प्रतिनिधिसभा सदस्यका लागि उठे, प्रतिस्पर्धा गर्ने भए । हाइ हाइ रवि दाइ गगन भेदी नारा, मत्र्यभेदी नारा, बतासभेदी नारा, गुञ्जायमान भयो ! मोटरको ताँती !  यसरी ताँती लाग्यो कि मुन्छे त उनको पछि लागे पछि त देश झिलीमिलीझाँइ नै हुनेछ । २–४ दिनमा विकासको लोला, डाँडाकाँडा भीरपाखा, गाउँगाउँमा, शहर बजारमा वारवारतै हुनेछ भन्ने भान भयो मतदातालाई ।


    हाम्रो संविधान त्यस्तै छ । मतदाता यस्तै छन् । नेता, कार्यकर्ता यस्तै छौं र छन् । एउटा दलले आवश्यक बहुमत पाएर एकल सरकार बनाउन प्रायशः असम्भव छ । 
    त्यसैले ससाना दलले राम्र्रै गरी वार्गिनिङ्ग गर्न सक्ने अवस्था छ । गृहमन्त्री नभई हुन्न, प्रधानमन्त्री नभई हुन्न,वा अमुक अमुक मन्त्री पद नपाएसम्म तेरा सरकारमा बसिन्न, अर्काे पक्षमा गइन्छ, उता मागेको मन्त्री पद पाइसकिएको छ । यसरी दङ्गलाउने काम भए ।  


    जस अनुरुप रवि दाइले गृहमन्त्री पद पड्काउनु भयो । भ्रष्टाचार र भ्रष्टाचारीको फायल खोल्छु भनेर भाषण फुकुनु भयो । सहकारी प्रकरणमा तपाईं मुछिनु भएको, सूर्यदर्शन सहकारी, गोरखा मिडिया आदिमा तपाईंले गरेको भ्रष्टाचारको फाइल सर्वप्रथम तपाईंले खोल्ने भन्दा मान्नु भएन । संसदीय छानविन आयोग बनाएर आफ्नो थाप्लामा तरबार झुण्डाउन को चाहन्थ्यो र !
     सरकार गठन पुनर्गठनको मुसा, विरालाको खेल चल्दै थियो । यसैबेला नेका एमाले संसदका ठूला दलले सरकार फरे, सरकार बनाए । 


    सासद सूर्य थापा नेतृत्वको सहकारी छानविन आयोगले अनुसन्धान गर्दै जाँदा रवि दाइ समेत सहकारीको रकम अपचलनमा बेसरी लागेको रिपोर्ट सार्वजनिक भएको छ । 
    रवि दाइले त क्लिन चिट पाएँ भन्दै अन्तरवार्ता दिदै हुनुहुन्छ र मिडियाकर्मीले अन्तरवार्ता लिदै हुनुहुन्छ ।
    अब के होला ? रवि दाइ हाइ हाइ होला कि बाइ बाइ ! होला ? भ्रष्टचारी जो कोहीलाई यथोचित कारबाही होला कि नहोला ?
     

    सार संक्षेपः
    भ्रष्टाचारी मूर्दारहरुको नाश होस् ।
    सदाचारीको देशभित्र बास होस् ।
    हाम्रो देशमा राजकता मात्र होइन अराजकताले पनि बास गरेको छ । अराजकता भनेको अनुशासनहीनता हो । अनुशासनहीनहरु हुँइया गर्दा अनुशासितहरुले ह्वा गर्नु राम्रो होइन । यस्तो हुइयालाई स्याल हुइया भन्दछन् । 
    अर्काको आङको जुम्रो देख्ने र घनघोर विरोध र गर्ने र आफ्नो आङको बाघ, चितुवा, ब्याँसो, नदेख्ने नेपाली जनता र राष्ट्रका महादुष्मन हुन् । तर अरु टिप्पणी गर्नु भन्दा पहिला उसको गल्ती औंल्याइदिनु मानवको कर्तव्य हो ।  गल्ती औंल्याइदा  नस्वीकार्ने महा भ्रष्ट र राष्ट्रघाती हो । तर हामी कहाँ २–४ दर्जन जनप्रतिनिधिहरु र कर्मचारीले भ्रष्टचार गर्दा आम रुपमा सबैलाई नाङ्गेझार पार्ने प्रवृत्ति छ । यस्तो अनुभूत हुन थालेको छ । कि हामी सबै बदमास हौं र भ्रष्टाचारी हौं । सारतः नेपाल देश नै भ्रष्टचार गर्छ भनेझैं भएको छ । देशले भ्रष्टचार गर्दैन र देश भ्रष्टाचारी छैन । तर जो जो भ्रष्टाचारी प्रमाणित हुन्छन्,तिनलाई कानून बमोजिम कारबाहीको दायरा ल्याउन ढिला भएको छ । 
    सारतः लोकभाषामा भन्नुपर्दा भ्रष्टाचार मूर्दारवाद ।
    भ्रष्टाचारी मूर्दारवाद !!
    सदाचार जिन्वावाद ! सदाचारी जिन्वावाद !!

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij