२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भन्सार र सीमामा कडाई गर्न माग, अबैद्य कारोवारले राजश्व संकलनमा समेत असर

भन्सार र सीमामा कडाई गर्न माग, अबैद्य कारोवारले राजश्व संकलनमा समेत असर

भन्सार र सीमामा कडाई गर्न माग, अबैद्य कारोवारले राजश्व संकलनमा समेत असर

भन्सार र सीमामा कडाई गर्न माग, अबैद्य कारोवारले राजश्व संकलनमा समेत असर

भन्सार र सीमामा कडाई गर्न माग, अबैद्य कारोवारले राजश्व संकलनमा समेत असर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  •  बुटवल। रुपन्देहीमा क्रियाशिल ४ व्यवसायीक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राजश्व संकलन तथा व्यवसायीक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।


    रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले विहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउदै कडाईसाथ भन्सार नियमन नगरिदा तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले सरकारको राजश्व संकलनमा असर पर्नुकासाथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरेका छन् । 


    ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुन अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । 


    कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउदै ज्ञापनपत्रमा सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिदै आएको बर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ । 


    सरकारले एकातिर भन्सार राजश्वलाई आम्दानीको मुख्य स्रोत मान्दै आएको छ भने अर्कोतर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राज्यको राजश्व गुम्नुकासाथै नेपालको व्यवसाय क्षेत्र धाराशाही बन्दै गएको बताउदै राजश्व बलियो बनाउन तथा व्यवसायलाई धाराशाही हुनबाट जोगाउन भन्सार तथा खुल्ला सीमा नियमन अति आवश्यक रहेको सुझाव ति संस्थाहरुले दिएका छन् । 


    सो अवसरमा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली वजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैद्य कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने जनाए । उनले अबैद्य कारोवार रोक्न र भन्सार नियमन गर्न व्यवसायीक संस्थाहरुले सधै साथ दिने बताए । 


    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैतिहार जस्ता प्रमुख चाडहरुमा नेपाली वजार सुनसान हुने भारतिय वजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान अनुरोध गरे ।

    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अबैद्य कारोवारका कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेरको बताउदै सीमा नियमन कडाई गर्दै अबैद्य रुपमा हुने सबैप्रकारका कारोवार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।

    उद्याग व्यापार संघका अध्यक्ष विष्ण प्रसाद पाण्डेले सरकारी कार्यालयहरुको समन्वय र सक्रियामा देखिएको ढिला सुस्तीले अबैद्य कारोवारीले प्रश्रय पाएको अरोप लगाउदै भन्सारमा कडाई गर्ने कुरामा गम्भिर बन्न अनुरोध गरे ।

    सो अवसरमा ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अबैद्य कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्ताप्रति आफु सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफु गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।

    उनले भन्सार तथा सीमा नियमन कडाई नगरिए कर तथा राजश्वको असुलीमा असर पर्ने कुरामा आन्तरिक समिक्षा पनि भएको जानकारी गराउदै त्यसका लागि राज्यका निकायहरुमा समन्वय र निजी क्षेत्रका व्यवसायीक संस्थाहरुको सहयोग जरुरी रहेको कुरामा जोड दिए । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रवन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अबैद्य धन्दालाई निरुत्साहित गर्ने कुरामा आफु जिम्मेवार बन्नेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij