२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालको चुच्चे नक्सा–दल नेताहरूलाई तातो दूध निलुकि थुकु

नेपालको चुच्चे नक्सा–दल नेताहरूलाई तातो दूध निलुकि थुकु

नेपालको चुच्चे नक्सा–दल नेताहरूलाई तातो दूध निलुकि थुकु

नेपालको चुच्चे नक्सा–दल नेताहरूलाई तातो दूध निलुकि थुकु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • विन बहादुुर कुुँवर
    नेपाल अहिले पनि मूलतः अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा नै रहेको मुलुक हो । यो अवस्थाबाट देशलाई मुक्त पार्न देशमा पूँजीवादी क्रान्ति नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्ति जरुरी छ । परम्परागत पूँजीवादी क्रान्ति सम्पन्न गर्न राष्ट्रिय पूँजीपति वर्गको नेतृत्व जरुरी हुन्छ । तर नेपालमा त्यस्तो राष्ट्रिय पूँजीपति वर्गको नेतृत्व नदेखिएकाले त्यसको नेतृत्व नेपालमा किसान–मजदुर वर्गले गर्नुपर्ने भएको छ । त्यसको स्वरुप नयाँ जनवादी अर्थात् मजदुर वर्गको नेतृत्वमा देशका तमाम किसान–मजदुर, देशभक्त–जनवादी, निम्न मध्यम र राष्ट्रिय पूँजीपति वर्गको संयुक्त मोर्चामा आधारित राष्ट्रिय मुक्ति संघर्ष नै गर्नुपर्ने हुन्छ । यो विना अर्थात् विद्यमान देशको अर्ध वा नवऔपनिवेशिक अवस्थालाई पूर्व रुपले खारेज गरी देशलाई पूर्ण रुपले स्वतन्त्र र स्वाभिमान नबनाई न देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्ति नै सम्भव छ । मूलतः पहिले पूँजीवादी क्रान्ति विना न समाजवादी क्रान्ति सम्भव छ न साम्यवादी लक्ष्य नै प्राप्त हुनेछ । 


    आज देशमा सामन्तवादको पूर्ण रुपले अन्त्य भएको घोषणा गरिएको छ । पूँजीवादको विकास भई अब देश ‘समाजवाद’ उन्मुख हुँदैछ, त्यसैले अबको क्रान्तिको स्वरुप भनेको समाजवादी क्रान्ति नै हो भन्न थालिएको छ । तर व्यवहारमा अहिले पनि देश सामन्ती शोषण र उत्पीडन व्याप्त छ । मिटर व्याजे, लघुवित्त र सहकारी ठगी प्रकरण यसका उदाहरण हुन् । अहिले पनि धेरै जसो मान्छेको आनि, बानी, धर्म, संस्कार सबै सामन्तवादमा आधारित रुढिवादी परम्परामा आधारित छ । आर्थिक रुपमा सामन्तवादको पहिलो विकल्प पूँजीवाद नै हो, त्यसको विकास पछि मात्र समाजवाद हो । तर देशमा अहिले राष्ट्रिय पूँजीपतिको सट्टामा दलाल पूँजीपति र राष्ट्रिय पूँजीको विकल्पमा दलाल पूँजीको विकास बढी भइरहेको छ । यसबाट न देशको राष्ट्रिय पूँजीको विकास हुन्छ न देशको राष्ट्रियता र स्वाभिमानकै रक्षा बढी हुन्छ । 


    राष्ट्रिय पूँजीपति र पूँजीको प्रत्यक्ष साइनो देशको राष्ट्रियता र स्वाभिमानअन्तर्गत देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग छ भने दलाल पूँजीपति र पूँजीवादको साइनो देशका राष्ट्रघाती र जनघाती विश्व साम्राराज्यवादी र विस्तारवादी दलालहरुसँग बढी हुन्छ । आज देशमा यिनै साम्राराज्यवादी र विस्तारवादी दलालहरुकै बिगबिगी छ । मुखले चर्का चर्का राष्ट्रियता र स्वाभिमान र जनपक्षीय नारा र कुरा गर्ने तर खास व्यवहारमा पटकपटक राष्ट्र र जनघात गर्ने काम यहाँ भइरहेको छ । सुगौली सन्धि सम्झौताको निरन्तरतालाई अहिले पनि यथावत छ । सुगौली सन्धि–सम्झौता गर्ने राष्ट्रघाती दलालहरु जस्तै अहिले पनि नयाँ–नयाँ रुप रंगमा त्यस्ता दलालहरु यथावत नै छन् । 


    सुगौली सन्धि सम्झौताका लागि वृटिस साम्राराज्यवादसँग पहलकदमी गर्ने राष्ट्रघाती दलाल गजाधर मिश्र त्यही सन्धिलाई पुनः निरन्तरता गर्न दिने तत्कालीन राणा निरंकुश शासक मोहन समशेर अनि राजा त्रिभुवन साथै कांग्रेसी नेता बीपी, मातृका यी सबै साम्राराज्यवाद र विस्तारवादका राष्ट्रघाती दलालहरु नै हुन् । यसैको निरन्तरतालाई पछि राजा महेन्द्र र पूर्व पञ्चहरुले पनि गरे । भारत–चीन युद्धबाट लखेटिएको भारतीय सेना नेपालको पश्चिमी भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा क्याम्प खोली बस्दा राम हेरी बस्ने राजा महेन्द्र र पञ्चेहरु पनि कम्ती राष्ट्रघाती छैनन् ? फेरि त्यसैको निरन्तरता २०४६ पछि कांग्रेस–एमालेले महाकाली सन्धि सम्झौता गरे । त्यसपछि १० वर्षे माओवादी जनयुद्ध कालमा भएको ७ संसदीय दल र माओवादी बीचको १२ बुँदे दिल्ली समझदारी त्यही सुगौली सन्धि सम्झौताको निरन्तरताको अर्काे उदाहरण हो । यी सबै सन्धि सम्झौताको जगमा बसेर भारतीय विस्तारवादले अहिले पनि नेपाललाई आफ्नै उपनिवेशको रुपमा हेर्दै आइरहेको छ ।  पटकपटकको नाकाबन्दी सबै यसैको उपज हो । त्यस्तै व्यवहार फेरि अर्थात् भारतीय रैतीकै जस्तो व्यवहार नेपालका आजसम्मका हरेक शासकहरुले पनि गर्दै आइरहेका छन् । 


    यो भारतीय अतिक्रमण अनि यसप्रति हरेक नेपाली शासक–दल नेताहरुको दलालीको निरन्तरता अहिले पनि रोकिएको छैन । हालै मात्र एक सांसद तथा नेकपा एसका नेता बेठमणि चौधरीले सार्वजनिक रुपमा खुलेर विभिन्न मिडियाहरुमा भनिरहेका छन्– नेपालको पश्चिमी भूभाग कालापानी–लिपुलेक र लिम्पियाधुरा भारतकै हो ।  त्यसका लागि उनले विभिन्न कुतर्क अघि सार्दै हिडिरहेका छन् । त्यस्तै कुतर्क पहिलो पटक सदनबाट नेपालको चुच्चे नक्सा पारित गराउँदा मधेसी दलकी सभासद सरिता गिरीले गरेकी थिइन् । त्यसो भने बापत उनको पार्टीले उनको सभासद खारेज गरी पार्टीबाट निष्काशन समेत गरेको थियो । तर दुःखको कुरा आफूलाई एउटा खाटी कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी पार्टी भन्ने नेकपा (एस) ले सांसद बेठमणि चौधरीलाई त्यस्तो कुनै कारबाहीको प्रक्रिया चालेकै छैन । उक्त पार्टीका महासचिव घनश्याम भुसाल र अर्का सम्मानित नेता झलनाथ खनालले त्यसको विरोध गरे पनि अध्यक्ष माधव नेपालले उनको संरक्षण गरिरहेका छन् । किनकि माधव नेपाललाई सत्ता मोहले गाजेको छ । पुनः प्रधानमन्त्री बन्ने हुटहुटी छ । यसो भने बापत कसैलाई कारबाही गरे भारतीय नजरमा नपरिने उल्टो भारतीय तारो बनिने भय र त्रास सबै नेपाली दलाल शासकहरुमा  छ । यसरी मूलत देशका हरेक दल नेताहरु कुनै न कुनै रुपमा साम्राराज्यवादी र विस्तारवादीहरुका दलाल राष्ट्रघाती देखिदै आएका छन् । 


    देशका यिनै पुराना दल (कांग्रेस, एमाले, माओवादी) प्रतिको विष्तृणालाई भजाएर खोलिएका नयाँ वैकल्पिक पार्टीहरु पनि विस्तारै त्यही कांग्रेस–एमाले र माओवादीहरुकै राष्ट्रघात अनुरुप अघि बढ्न थालेका छन् । हालै मात्र रास्वपा घण्टी पार्टीका एक नेताले एउटा पुरानो कथित मनोरिम डक्ट्रिनको हवला दिँदै नेपालले भारतको प्रभुत्वलाई स्वीकार्नु पर्दछ भनेका छन् । आफ्नो डाक्टरको विद्धतालाई सुवर्ण वाग्ले यसरी प्रस्तुत हुँदै हाकाहाकी लाजै नमानी भारतीय विस्तारवादको गुलामी गर्दैछन् । हुन त जस्ता गुरुका त्यस्तै चेला नेपाल एउटा छुट्टै स्वतन्त्र राष्ट्र नभएर एउटा इकाई राज्य अर्थात् भारतको प्रान्त भएको बताउने वीपी डक्ट्रिनलाई सुवर्ण वाग्लेले मनोरिम डक्ट्रिनसँग तुलना गर्नु कुनै अनौठो कुरा भएन । त्यति मात्रै होइन उक्त पार्टीका नेताहरु पटक–पटक गोप्य रुपमा भारतीय दुताबासमा गई सत्ताको लागि दलाली गर्ने गरेका समाचारहरु बाहिर आउने गरेका छन् । 


    माथि जसरी नेकपा (एस) का एक नेता बेठमणि चौधरीको जुन चर्चा गरे पनि नेपालको चुच्चे नक्साका लागि नेपालका मुख्य ठूला दल कांग्रेस–एमाले र माओवादीहरुले भारतसँँग जुन खालको कुटनीतिक पहल कदमी गर्नु पर्दथ्यो त्यो पटक्कै गरेका छैनन् । मुखले चुच्चे नक्साको चर्चा गरे पनि खास व्यवहारमा यिनीहरुले केही पनि गरेका छैनन् । उल्टै भारतको हप्कीदप्की र डर–त्रासकै कारण भारतका अगाडि गरुडको छायामा सर्प परे जस्तै यी सबै चुपचाप त्वम शरणमा छन् । पटकपटक यी नेताहरु भारत भ्रमणमा भारतीय प्रम मोदीसँग भेटवार्ता गरे तर यो विषयलाई त्यहाँ उठाउन सकेनन् । हालै मात्र प्रम केपी ओलीले नेपाल–भारत बीचमा भएको इपिजीको प्रतिवेदन भारतले नबुझेकोमा ठूलै आपत्ति गरे । अहिले अमेरिकामा भारतीय प्रम मोदीसँग प्रम ओलीको भेटवार्ता भयो । तर यो कुरा ओलीले त्यहाँ उठाउन सकेनन् । खाली संचो विसंचो आदिमा मात्र त्यो भेटवार्ता सकियो । नेपालको चुच्चे नक्साको कुरा त परै छाडौं   स्वयं मोदीकै समर्थनमा नेपाल–भारतका प्रभुत्व व्यक्ति समूहले तयार पारेको त्यो इपिजी प्रतिवेदनलाई समेत बुझ्नका लागि प्रम ओलीले मोदीलाई अनुरोध गर्न सकेनन् । यहाँ पछाडि चर्का चर्का भारत विरोधी कुरा गर्दै हिंड्ने तर सामुन्नेमा गरुडको छाया परे जस्तै लल्याक लुरुक होस हवास गुमाई हाल्ने जि हजुर भन्दै उल्टै उनीहरुकै दलाली र चाकडी गरेकै विगत परम्परालाई नै प्रम ओलीले यस पटक पनि दोहोराई नै छाडे । 


    हिजो एउटा सनकमा प्रधानमन्त्री ओली र यहाँका सबै दलहरुले नेपालको चुच्चे नक्सालाई सर्वसम्मत सदनबाट पारित त गराए । त्यस्तो नक्सा बनाई प्रचारप्रसार पनि गरे । तर भारत र अरु विश्वका सामु त्यसलाई त्यसरी प्रस्तुत गर्न सकिरहेका छैनन् । अहिले पनि त्यही पुरानै नक्सालाई यथावत गराइराखेका छन् । यति सम्मकि त्यसको प्रभावकै कारण अहिले हरेक वर्ष दशैं अगाडि नयाँ नेपाली नोट प्रिन्ट गरी बाहिर ल्याउने परम्परा थियो । तर त्यो अहिले भएन । कारण सय रुपैयाँको नोटमा नेपालको त्यो चुच्चे नक्सा अंकित गरिएकाले हो । अन्ततः यसले प्रम ओलीको त्यो खोक्रो राष्ट्रवादको खिल्ली उठाएको छ । कांग्रेस त जन्म जात नै वीपीकै अनुयायी नेपाल भारतको एउटा इकाई अर्थात् राज्य मात्रै हो भन्ने भास्यमा अहिले पनि अडिक नै छ । 


    यसमा कांग्रेस एमालेको मात्रै होइन भारतीय विस्तारवाद– मूर्दावाद भनी १० वर्षे माओवादी जनयुद्ध संचालन गरी आएको माओवादी समेतले त्यस्तै राष्ट्रघाती र आत्मसमर्पणवादी व्यवहार देखाउँदै आएको छ । उक्त चुच्चे नक्सालाई माध्यमिक लेवलको पाठ्यक्रममा समावेश गरी छापिएका साराका सारा पुस्तकहरुलाई नष्ट पारियो । जुन बेला माओवादी पार्टीकै नेता शिक्षा मन्त्री भएका थिए । त्यति मात्रै होइन स्वयं माओवादी अध्यक्षको पटकपटक भारतको भ्रमण गर्दा यो विषयलाई त्यहाँ उठाउन नै सकेनन् । यसले भारत अलि चिडिन्छ कि भनी त्यो  नउठाएको प्रष्टीकरण प्रचण्डले त्यतिबेला दिएका थिए । वास्तवमा को चिडिन्छ र को खुसिन्छ भन्ने आधारमा  देशको राष्ट्रियता र स्वाभिमानलाई तुलना गर्नु नै ठूलो राष्ट्रघात हो । यस्तो राष्ट्रघाती व्यवहार नेपालका यी शासक दलहरुले भारत सामु मात्रै होइन अमेरिकी साम्राराज्यवाद र चिनियाँहरुसँग पनि गर्दै आएका छन् । एमसीसी अमेरिकी परियोजना र बीआरआइ चिनियाँ परियोजनाप्रति पनि यिनीहरुको यस्तै दोहोरो आत्समर्पणवादी सोँच प्रस्तुत गरिरहेका छन् । यसरी ढिलो चाँडो यिनीहरुले नेपाललाई त्रिपक्षीय भारत–अमेरिका र चीन) अन्तर साम्राराज्यवादी द्वन्द्वको अखडा बढाउनेतिर अग्रसर भइरहेका छन् । राष्ट्रघाती यी साम्राराज्यवादी दलालको यो बढ्दो चलखेल भनाइ र गराइले यही बताइरहेको छ ।
    अन्त्यमा नेपालको चुच्चे नक्सा– दल नेताहरुका लागि तातो दूध निलुकु थुकु जस्तै भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij