२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विनियम संशोधनको सरकारी निर्देशन अटेर गरी चुनाव गर्दै तिलोत्तमा वहुमुखी सहकारी

विनियम संशोधनको सरकारी निर्देशन अटेर गरी चुनाव गर्दै तिलोत्तमा वहुमुखी सहकारी

विनियम संशोधन नगर्दा जुनसुकै शेयर सदस्यहरु नेतृत्वमा प्रतिस्पर्धा गर्न नेतृत्वमा जान १६ वर्ष नपाउने  र सीमित व्यक्तिको हालीमुहाली

विनियम संशोधनको सरकारी निर्देशन अटेर गरी चुनाव गर्दै तिलोत्तमा वहुमुखी सहकारी

विनियम संशोधनको सरकारी निर्देशन अटेर गरी चुनाव गर्दै तिलोत्तमा वहुमुखी सहकारी

विनियम संशोधन नगर्दा जुनसुकै शेयर सदस्यहरु नेतृत्वमा प्रतिस्पर्धा गर्न नेतृत्वमा जान १६ वर्ष नपाउने  र सीमित व्यक्तिको हालीमुहाली

विनियम संशोधनको सरकारी निर्देशन अटेर गरी चुनाव गर्दै तिलोत्तमा वहुमुखी सहकारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  •  

     तिलोत्तमा । तिलोत्तमा २ स्थित तिलोत्तमा वहुमुखी संस्था पटक पटक विवादमा फस्दै आएको छ । पछिल्लो समय प्रदेश सरकार अन्तर्गतका सहकारी दर्ता अधिकारीको कार्यालयले संस्थाको विनियम संशोधन  गर्न निर्देशन दिएपनि अटेर गरी विना संशोधन निर्वाचन प्रकृया शुरु गरेको आरोप लागेको छ । 

    नियामक निकायको कार्यालयबाट साधारण सभाबाट प्रदेश सहकारी ऐनसंग बाझिएको बुदा हटाउने निर्देशनको अपब्याख्या गरी रिक्त रहेको अध्यक्ष पदमा निर्वाचन गर्न लागेको हो। तत्कालीन अध्यक्ष माधवलाल देवकोटाको दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको पदमा चुनाव गर्न लागिएको हो ।

    तर सहकारीका शेयर सदस्यहरुले सहकारी दर्ता अधिकारीको कार्यालयले दिएको निर्देशन अनुसार विनियम संशोधन गरेर मात्र चुनावी प्रकृया अघि बढाउन माग गरेका छन् ।

    विनियमको दफा ३५ को उपदफा २ मा उल्लेखित निवर्तमान अध्यक्ष तथा सिस्टर्स सोसाइटी सचिवालय अध्यक्ष गरी २ जना स्वतः सञ्चालक सदस्य हुने र संस्था दर्ता भएकै वर्ष वाहेक कुनै सदस्य कुनै एक उपसमितिमा कम्तीमा एक कार्यकाल जिम्मेवारी पूरा नगरी उम्मेदवार बन्न नपाउने व्यवस्था हटाउन सहकारी दर्ता अधिकारीको कार्यालयले निर्देशन दिएको थियो ।

    यस्तै विनियमको दफा ३५ को उपदफा ४ मा उल्लेखित कम्तीमा एक कार्यकाल सञ्चालक नभई पदाधिकारी र कम्तीमा एक कार्यकाल पदाधिकारी नभई अध्यक्षको उम्मेदवार हुन नपाइने प्रावधान हटाउन पनि सहकारी दर्ता अधिकारीको कार्यालयले निर्देशन दिएको थियो ।

    तर नियामक सरकारी निकायको निर्देशनको अवज्ञा गरी विनियम संशोधन नगरी नै चुनावी प्रकृया थालेको छ ।  सरकारको निर्देशन अटेर गरी संस्थामा रहेका सीमित व्यक्तिले चुनावी प्रकृया थालेकोमा केही शेयर सदस्यहरुले असहमति जनाउंदै चुनावी प्रकृया रोक्नुपर्ने माग गरेका छन् । 

     सहकारी संस्थाका  शेयर सदस्य नरप्रसाद खनालले सरकारको निर्देशन अनुसार विनियम संशोधन गरेर मात्र चुनाव हुनुपर्ने बताए । विनियम संशोधन नगर्दा जुनसुकै शेयर सदस्यहरु नेतृत्वमा प्रतिस्पर्धा गर्न नपाउने  र सीमित व्यक्तिको हालीमुहाली हुने खनालले बताए ।

    विगतमा पनि राजनीतिक आडमा यस्तै गर्दा सहकारीमा विवाद उत्पन्न भएको उनले बताए । यसपटक सरकारको निर्देशन पालना नगरी जबरजस्ती चुनाव गरिए धेरै सदस्यहरु असन्तुष्ट भई सहकारी थप समस्यामा पर्ने उनको भनाई छ ।

    सहकारीका अर्का शेयर सदस्य तिर्थ पौडेलले सहकारीको सिद्धान्त अनुसार सबै सदस्य खुल्ला प्रतिस्पर्धा गर्न पाउने अधिकार वन्चित गरिनु गलत भएको बताए ।  अर्का सदस्य खड्गबहादुर महतले सरकारी निर्देशन अटेर गरी एकतर्फ चुनावी प्रकृयामा जानु स्वीकार्य नहुने र त्यसो गरिए अदालतमा मुद्दा पर्ने बताए ।  

    लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी मधुकृष्ण पौडेलले आफूहरुको निर्देशन अनुसार विनियम संशोधन गरेर मात्रै संस्थाले आफ्ना काम कारवाही अगाडि बढाउनुपर्ने अन्यथा ऐन विपरित काम गरे कारवाहीबो भागिदार बन्नुपर्ने बताए ।

    कार्यवाहक अध्यक्षले काम चलाइरहेको अवस्थामा हतारमा चुनाव गर्नुपर्ने अवस्था नदेखिएकाले पहिले विनियम संशोधन गरेर चुनाव गर्नुपर्ने पौडेलले बताए ।  आम शेयर सदस्यलाई खुल्ला प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट बन्चित गर्ने गलत कामको विरुद्धमा सहकारीकै शेयर सदस्यहरुले निर्वाचन प्रकृयाको विरोध र नियन्त्रण गर्नसक्नुपर्ने समेत पौडेलले सुझाए । 


    उक्त सहकारीमा यसअघि पनि एउटा पक्षले सहकारी ऐन र मूल्य मान्यता विपति आफू अनुकुलका विनियम बनाएर आम शेयर सदस्यलाई नेतृत्वमा जान १६ वर्ष कुर्नुपर्ने गरी नियमहरु बनाएको थियो । साथै  ऐन विपरित अध्यक्षले कर्मचारीले जसरी मासिक  तलब लिने गरेका थिए ।  

    एक शेयर सदस्यका अनुसार सहकारीबाट लघुवित्तको नाममा गरिएको ५० लाख भन्दा बढी लगानी  जोखिममा परेको छ । संंस्थाका तत्कालीन अध्यक्षले  राष्ट्रिय सहकारी बैंकमा सञ्चालक हुन १ करोड शेयर लगानी गरेका तथा हालका कार्यवाहक अध्यक्ष पार्वती थापाले समृद्ध आवास विशिष्टीकृत सहकारी संघ काठमाडौंमा उपाध्यक्ष हुन संस्थाको कार्यक्षेत्र बाहिर गई ५० लाख लगानी साधारण सभाबाट निर्णय नगरी गरिएको सहकारी स्रोतले बताएको छ । उक्त दुबै लगानीबाट प्रतिफल नआएको शेयर सदस्यहरु बताउंछन् ।


    देशका थुप्रै सहकारीमा राजनीतिक दल र गुट विशेषका नेता निकट व्यक्तिको मनोमानीका कारण समस्या आएर हजारौं वचतकर्ताको अर्बौं रकम डुबेको अवस्थामा कांग्रेस निकट शेयर सदस्यको वाहुल्यता रहेको उक्त सहकारीमा एक पक्षले अर्को पक्षका  मागलाई नजर अन्दाज गरी आफुखुशी निर्णय गर्दा समस्या आउन सक्ने भएकाले असन्तुष्ट शेयर सदस्यको माग सम्बोधन गरेर अघि बढ्नुको विकल्प नभएको अर्का शेयर सदस्य बाला कुंवरले बताए ।

    निर्वाचन समिति संयोजक टेकबहादुर थापाले सहकारीका विद्यमान विनियमावली संशोधन गर्नुपर्ने माग शेयर सदस्यहरुको रहेको र सरकारी नियामक निकायले पनि निर्देशन दिएको तर निर्वाचनको मिति तोकिइसकेकाले  प्रकृया अघि बढेको बताए । 

     

    सहकारीकी कार्यवाहक अध्यक्ष पार्वती थापाले रिक्त पदमा मात्रै चुनाव हुन लागेको र अधिवेशन नभएको बताउंदै कुनै शेयर सदस्यलाई गुनासो भए कार्यालयमा आएर भन्नुपर्ने बताइन् । उनले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयसंग समन्वयन गरेर चुनाव गरिने बताइन् । संस्थाका कोषाध्यक्ष प्रदीप पराजुलीले विनियममा भएका कतिपय प्रावधान सच्याउनुपर्ने विषय आफूले पहिलैदेखि उठाएको भन्दै यसपटक कार्यवाहक अध्यक्षलाई अध्यक्ष बनाउने उद्देश्यले मात्रै रिक्त पदमा चुनाव हुन लागेको र आगामी अधिवेशनमा विनियम संशोधन गरेर जाने बताए ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij