२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘सफल मर्जपछि बलियो र विश्वासिलो बन्यो सबैको सहकारी’

‘सफल मर्जपछि बलियो र विश्वासिलो बन्यो सबैको सहकारी’

‘सफल मर्जपछि बलियो र विश्वासिलो बन्यो सबैको सहकारी’

‘सफल मर्जपछि बलियो र विश्वासिलो बन्यो सबैको सहकारी’

‘सफल मर्जपछि बलियो र विश्वासिलो बन्यो  सबैको सहकारी’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • तिलोत्तमा । तिलोत्तमा नगरभित्रका ११ वटा सहकारी संस्थाहरु एकीकृत भई बनेको सबैको बचत तथा ऋण सहकारी संस्था मर्जपछि बलियो र विश्वासिलो बन्दै गएको छ । ‘ब्यवस्थित संस्था ः स्तरीय सेवा’ नारा अंगिकार गरेको सहकारीले नेफ्स्कुनबाट एकीकरण विधामा उत्कृष्ट सहकारी पुरस्कार समेत पाएको थियो । 


    ८ वटा सेवा केन्द्र र मणिग्राममा मुख्य कार्यालयसहित ९ स्थानबाट सेवा प्रवाह गरिहरेको संस्थाको तेस्रो वार्षिक साधारण सभामा सञ्चालक र शेयर सदस्यहरुले संस्था सहकारीको सिद्धान्त र मूल्य मान्यता अनुसार पारदर्शी र ठीक ढंगले चलेको भन्दै सराहना गरे । 
    साधारणसभामा राष्ट्रिय  सभा सदस्य गोपाल भट्टराईले  समाजबादउन्मुख राष्ट्रका लागि सहकारीको भुमिका महत्वपूर्ण  हुने बताएका छन् । सांसद भट्टराईले सहकारीहरुले सदस्यको आयआर्जन र जीवनस्तरमा सुधार ल्याउन उत्पादनमुखी हुुनपर्नेमा जोड दिए ।  


    भट्टराईले महिलाहरुलाई आर्थिक उपार्जनमा लगाउन कृषिमा र घरेलु उद्योगमा जोडी बढी उद्यमी उत्पादन गर्नुपर्ने सुझाव दिए ।
    कार्यक्रममा लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले समुदायमा आधारित सहकारी संस्थाहरुमा समस्या नभएकाले बाहिरबाट आएर बद्मासी गर्ने केही सहकारीका कारण उत्पन्न भ्रमबाट सचेत हुनुपर्ने बताए ।


    सहकारी संस्थाका अध्यक्ष भरतराज भुसालले ११ वटा सहकारीहरुलाई एकीकरण गरी वृहत र बलियो संस्था बनाई विधि पद्धतीबाट सञ्चालन गरेकाले सदस्यहरुको विश्वास जितेको बताए । उनले सहकारी संस्थाहरु अस्वभाविक नाफा आर्जनका साधन नभएको स्पष्ट पार्दै समुदाय स्तरमा स्तरीय वित्तीय सेवा सहजरुपमा दिने सेवामूलक र सदस्य केन्द्रीत संस्था भएको बताए । 
    सहकारीलाई केवल नाफा र स्वार्थको माध्यम बनाउने प्रवृत्तिबाट सबैको सहकारी सधैं टाढा रहने मान्यतामा रहेको भन्दै उनले सहकारीका काम,कर्जा लगानी आदि बारे सदस्यहरुले पनि निगरानी गरी सञ्चालक र व्यवस्थापनलाई सधै चनाखो रहन खबरदारी गर्न अध्यक्ष भुसालले आग्रह गरे ।  आगामी दिनमा सहकारीको नेतृत्वमा आउन चाहनेका लागि विशेष तालिमको आयोजना गर्ने उल्लेख गर्दै तालिममा सहभागि नभएका सदस्य आगामी निर्वाचनमा संचालकमा बस्न नपाउने ब्यवस्था गरेको समेत उनले जानकारी गराए ।


    सचिव देवानन्द पाण्डेले सहकारीमा हाल ७ हजार ७ सय १३ जना शेयर सदस्य रहेका र त्यसमध्ये महिलाको संख्या ४ हजार २ सय ८१ जना रहको जानकारी गराए । 

    कोषाध्यक्ष मिरा बस्याल पाण्डे शर्माले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा संस्थाले १३४४ जना शेयर सदस्य बृद्धि गरी  कूल शेयर पूंजी, जगेडा कोष, अन्य कोष, निक्षेप, कर्जा लगानी, सञ्चालन आम्दानी लगायत सबैमा उत्साहजनक प्रगति गरेको बताइन् । 

    उनका अनुसार शेयर सदस्यमा ८४ प्रतिशत बृद्धि, शेयर पुंजीमा ५८ प्रतिशत, जगेडा कोषमा ८६ प्रतिशत, अन्य कोषमा ९९ प्रतिशत, निक्षेपमा ६३ प्रतिशत , सञ्चालन आम्दानीमा ८४.७० प्रतिशत बृद्धिले प्रगति गरेको जानकारी गराइन् । 


    सभामा लेखा सुपरिवेक्षणको प्रतिवेदन हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने निर्वाचन कार्यविधिबारे संस्थाका सल्लाहकार डा. मुरारी पराजुलीले जानकारी गराएका थिए ।

     शेयर सदस्यकोतर्फबाट प्राध्यापक डा. गणेश पाठक र ईन्दिरा अर्यालले सबैको सहकारी सहकारीको मूल्य मान्यता अनुसार नीति र विधिमा टेकेर सदस्यलाई केन्द्रमा राखी अघि बढेकाले राम्रो प्रगति गरेको बताए ।


    हाल सहकारीको कार्यक्षेत्र तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरापलिका, सिद्धार्थनगरपालिका, आमसतिया गाउँपालिका रहेको छ ।

    मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रमा गरी २४ जना कर्मचारी कार्यरत  सहकारीले भविष्यमा कार्यक्षेत्र पनि विस्तार गर्ने लक्ष्य रहेको व्यवस्थापक हरिहर पौडेलले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij