२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिकामा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी दिपेश दिपिकाकाे एस्ट्रोनोमीकाे सपना झ्याप्ले खोलाले बगायाे

कालिकामा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी दिपेश दिपिकाकाे एस्ट्रोनोमीकाे सपना झ्याप्ले खोलाले बगायाे

नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

कालिकामा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी दिपेश दिपिकाकाे एस्ट्रोनोमीकाे सपना झ्याप्ले खोलाले बगायाे

कालिकामा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी दिपेश दिपिकाकाे एस्ट्रोनोमीकाे सपना झ्याप्ले खोलाले बगायाे

नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

कालिकामा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी दिपेश  दिपिकाकाे  एस्ट्रोनोमीकाे सपना झ्याप्ले खोलाले बगायाे
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • बुटवल । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दिपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर लाग्थे ।

    उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

    अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए । यद्यपि, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गर्‍यो । विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका हुन् ।

    शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा काठमाडौं जान उनीहरूले ट्राफिकचोकको काउन्टरमा पुगेर टिकट काटे । सोही गाडीमा चढे ।

    लगातारको वर्षाले जनजीवन प्रभावित बनिरहँदा उनीहरू भने ठूलो भविष्यको सपना देख्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनीहरू सवार माइक्रो (विङ्गर) धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो ।

    गाडी पुरिँदा जुम्ल्याहा दाजु-बहिनी दिपेश–दिपिका आमा सिता भट्टराईसँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दिपेश र सीताको पहिचान भइसकेको छ । दिपीकाको अवस्था पहिचान भइसकेको छैन ।

    नागढुंगा प्रहरी प्रभागका अनुसार सबै मृतकहरूको पहिचान खुलीसकेको छैन । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएएको प्रहरीले जानकारी दिएको छ ।

    दिपेश-दिपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ ।  उनले भने, 'ठूलो सपना लिएर हिँडेका थिए । हामी पनि निकै खुसी थियौँ । तर, विपत्तिले लग्यो । दुःखि छाँ । सम्हालिन सकिरहेका छैनौँ ।'

    उनले होमनाथलाई नेपाली समयअनुसार शनिबार गाडी पुरिएको थाहा दिइएको बताए । आइतबार बिहान ४ बजे शव फेला परेको जानकारीअनुसार नेपाल बोलाइएको पाण्डेयले जानकारी दिए ।

    अर्काको मुलुकमा रहेका होमनाथलाई आफ्नो सम्पूर्ण परिवार गुमाएर फर्किन निकै गाह्रो भएको पाण्डेयले बताए । 'शव शनाखतको लागि काठमाडौं जानुपर्ने । न सडकबाट न प्लेनबाट जाने अवस्था छ,' उनी भन्छन् ।

    होमनाथको घर स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ हो । उनका १५ वर्षीय छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा पढ्दै आएका थिए । आमा सीता उनीहरूसँगै बस्थिन् ।

    विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दिपेश र दिपिका रहेको बताउँछन् ।  उनले उनीहरूको प्रगतिको लागि सिफारिससहित बिदा दिइएको बताए ।

    विद्यालयका शैक्षिक संयोजक दिपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीको लागि उनीहरू काठमाडौं गएको बताउँछन् ।

    ‘दिपेश र दिपिकाले ऐक्षिक रूपमा आफैँ अनलाइनमा फर्म भरेर ओलम्पियारमा छनोट भएका थिए । पहिलो चरणमा हामीले पनि सहयोग गरेका थियौँ,' बञ्जाडे भन्छन्, 'दोस्रो चरणमा बंगलादेश जानुपर्ने भएकोले विद्यालयबाट हुन सक्ने सहयोग गरेका हौँ । उहाँहरूबाट बिद्यायलले ठूलो अपेक्षा गरेको थियो ।’

    प्रहरी प्रभाग नागढुंगाका अनुसार उनीहरूसहित बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको शव निकाले सनाखत भएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु १ ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए ।

    यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij