२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीका ६ जनाले झ्याप्लेखोलामा बस पुरिँदा ज्यान गुमाए

गुल्मीका ६ जनाले झ्याप्लेखोलामा बस पुरिँदा ज्यान गुमाए

गुल्मीका ६ जनाले झ्याप्लेखोलामा बस पुरिँदा ज्यान गुमाए

गुल्मीका ६ जनाले झ्याप्लेखोलामा बस पुरिँदा ज्यान गुमाए

गुल्मीका ६ जनाले  झ्याप्लेखोलामा बस पुरिँदा ज्यान गुमाए
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • गुल्मी । शुक्रवार बुटवलबाट काठमाण्डौं जाने क्रममा  धादिङको  झ्याप्लेखोलमा माईक्रोबस  पहिरोले पुरिदा मृत्यु भएका १४ जना मध्ये ६ जना गुल्मीका परेका छन् । बुटवलबाट हिँडेको लु १ ज ४५  ७८  नम्बरको  माईक्रोबस पहिरोले पुरिदा  गुल्मीको मदाने गाउँपालिकाका ६ पुर्कोटदहका ३ जना र गुल्मी दरबार गाउँपालिका ७ , साबिक दरबार देविस्थान २ लामडाँडाका पनि एकै परिवारका ३ जना सहित ६ जनाको मृत्यु भएका हो  । 

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी शंंकर पोखरेलका अनुसार पुर्कोटदका ३४ वर्षीय प्रकाश कुँवर, उमेर उमेर नखुलेकी उनकी नव विवाहित श्रीमती अनु कुँवर र बहिनी सिर्जना कुँवर सहित एकै परिवारका तिन जनाको मृत्यु भएको हो  । 

    डिएसपी पोखरेलका अनुसार कोरियाको रोजगारबाट फर्किएका उनको एक महिना अघि मात्र विवाह भएको थियो । काठमाण्डौमा रहेका  मृतका दाजु सुरेन्द्र कुँवरले यी जोडीको  साउन २७ गते विवाह भएको  बताए  । विवाह भई पुर्कोटदहमा विवाह दर्ता गराएर बुटवल हुँदै काठमाडौँ जाने क्रममा यस्तो दुखद घटना घटन पुगेको हो । 

    त्यस्तै  गुल्मी दरबार ७ लामडाँडाका पनि एकै परिवारका तिन जनाको ज्यान गएको त्यस वडाका वडाध्यक्ष सालिकराम टण्डनले जानकारी दिए । उनका अनुसार त्यस गाउँका ६३ वर्षीय जुद्धबहादुर रायमाझी, उनकी बुहारी ३१ वर्षीय प्रतिमा भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा पिसव  रायमाझीको मृत्यु भएको हो । 

       रायमाझी परिबार सुरुमा बुटवल बस्ने गरेको र हाल काठमाण्डौको कीर्तिपुरमा बसोबास गर्ने गरेको वडाध्यक्ष टण्डन बताउँछन् । पुर्कोटदहका कुँवर परिबार पनि बुटवल र काठमाडौँ बसोबास गर्ने गरेको स्थानीय बताउँ छन् । उनिहरुको शव काठमाडौँ टिचिङको टिचिङ अस्पतालका रहेको डिएसपी पोखरेलले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij