२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्वपश्चिम राजमार्गको चोरमारामा बीच सडकमा मुल फुटेपछि सडक एकतर्फी

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१

  • नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत चोरामाराको ओरालोमा बीच बाटोमै मुल फुटेपछि बाटो एकतर्फी भएको छ । 

    सडक विस्तारको क्रममा सडक भत्काइएर ग्राभेल गरेको तर पिच हुन बाँकी रहेको उक्त स्थानमा बीच सडकमै पानीको मुल फुटेको हो । 

    जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख (प्रहरी निरीक्षक) जनकराज बन्जाराले बाटोमा पानीको मुल फुटेको कारण बाटो चिप्लो भएर बेलाबेलामा सवारी साधन फस्ने र गिटी हालेर पुन शुरु हुने गरेको बताए । 

    आज साँझबाट यस्तो समस्या आएको उनले बताए । सडक अहिले एकतर्फी सञ्चालनमा रहेको छ । 

    आज विहानै पनि चोरमारामा बाटो अवरुद्ध भएको थियो ।  
    बर्षातको कारण हिजोले चोरमाराको ओरालोमा लु २ ख ८३४ नम्बरको ट्रक फसेपछि विहान पौने ६ बजेदेखि सवा ७ बजेसम्म अवरुद्ध भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij