२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूस-युक्रेन युद्ध र नेपाल

रूस-युक्रेन युद्ध र नेपाल

रूस-युक्रेन युद्ध र नेपाल

रूस-युक्रेन युद्ध र नेपाल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • १. अहिले रुस र युक्रेनको बिचमा महामारी युद्ध भइरहेको छ । यो युद्ध सुरु भएको अढाइ सय वर्ष बित्दै छ । 


    २.सामान्यतया सर्वसाधारण मानिसहरुले रुसले युक्रेनमा आक्रमण गरेको हो भन्ने पनि बुझाइ बनेको देखिन्छ । तर देखिए जस्तो र सर्वसाधारणले भने जस्तो रुसले आक्रमण गरेको होइन । यसभित्र लामो इतिहास छ र युद्धको कारणभित्रको कारण छन् । इतिहासको गतेमा वा अतीतभित्रको अतीतमा पुगे छोंटो लेख टुक्य्राउन सम्भव छ । त्यसैले इसाको १२औं शताब्दीदेखि लेखलाई अगाडि बढायौं होला । १२औं शताब्दीको मङ्गोल शासक एक जना खाँ नामकको नेतृत्वमा रुसमाथि आक्रमण गरे । रुस तहसनहस भयो । शासकहरु निरुत्साहित भई युद्ध लड्न रुसी सार्वभौम सत्ता सम्पन्न एवम् प्रकृति, संस्कृति, साधन स्रोतले भरिपूर्ण तथा सुन्दर अलास्का प्रान्त अमेरिकालाई बेच्यो । अलास्का अहिले पनि अमेरिकी तेरिजभित्र पर्दछ र सम्पन्न राज्यको रुपमा छ । 


    ३. राष्ट्रिय स्वाधीनताको रक्षा, आफ्नो भू–भागको संरक्षण गर्न पूर्णातय असफल र असक्षम जार शासक वर्गलाई बोलसेविक पार्टीका नेता भ्लादामिर इलिचको नेतृत्वमा अन्त्य गर्ने काम भयो । जसलाई फरबरी क्रान्ति भनिन्छ । जार शासनको अन्त्यपछि अप्रिल क्रान्तिले सन् १९१७ मा रुसमा बोलसेविक क्रान्ति भयो । जसलाई अप्रिल क्रान्तिको नामले चिनिन्छ । बोलसेविक क्रान्तिपश्चात् पूँजीवादी साम्राज्यवादीहरु एकदमै सतर्क र सशंकित हुन थाले । रुसी कम्युनिष्ट क्रान्तिबाट आतंकित भएका साम्राज्यवादी पूँजीवादीहरुले आफ्नो पूँजीवादी साम्राज्यवादी स्वार्थ र आफ्नो अस्तित्व बचाउका लागि उत्तर एटलाटिक सैन्य संगठन बनाएका थिए । जसलाई नाटो सैन्य संगठनका रुपमा चनिन्छ । 


    रुसले पनि आफू सम्बद्ध मित्रराष्ट्रहरुको सुरक्षार्थ वार्सा प्याक्ट बनायो । तर त्यो चाँडै नै विटघन भयो ।
    ४. सन् १९४९ मा माओको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भयो । यस्तै हिन्दचीन (लाओस, कम्बोडिया, भियतनाममा) पनि क्रान्ति भए । यसरी नै विभिन्न देशहरुमा राष्ट्रिय मुक्ति र जनवादी क्रान्तिहरु सम्पन्न हुँदै जान थाले । द्वन्द्वको प्रमुख कारण सैद्धान्तिक (आइडोलोजिकल) नै हो ।


    ५.सन् १९४५ द्वितीय विश्व युद्धको अन्त्यपछि नाटो सैन्य संगठन अमेरिकी, बेलायती, फ्रेन्च आदिले विश्वभरिका विकासोन्मुख, विकासशील, राष्ट्रियमुक्ति र जनमुक्तिका दिशामा उठिरहेको जनउभारलाई दमन गर्न मानवअधिकार, लोकतन्त्र विकास, जातीय समावेशिता, लैङ्गिक समावेशिताजस्ता नारा उरालेर आन्तरिक द्वन्द्व सिर्जना गराउन सुरु ग¥यो । यस क्रममा विभिन्न रुप रंगका एनजीओे, आइएनजीओहरुलाई प्रयोग गरिरहेका छन् । जातीय पहिचानको नाराले हरेक देशहरुमा विभिन्न एजेन्टहरुलाई पृष्ठपोषण गरिरहेका छन् । त्यही अनुसारको पार्टी पनि खडा गरेका छन् । स्थानीय समुदायमा जातीय साम्प्रदायिक भावना जागृत गर्दै नेपालमा पनि नेपालीलाई २०५२ सालदेखि काट्ने कटाउने काम समेत गराए । त्यस द्वन्द्व कालमा १७ हजार मानिसको हत्या यसैको पेटारो भित्र छ । तर बाहिर आवरणमा माक्र्सवाद, लेनिनवाद र माओवाद रहेको छ ।  स्वयं माओत्सेतुङ्ले माओवाद भन्नु भएको छैन । उहाँले त माओत्सेतुङ् विचारधारा मान्नु भएको छ । 


    ६.युएसएआइडी र एमसीसी जस्ता अनुदान सहयोगको नाममा आएको रकमभित्र हलाहला वीष छ । यो वर्तमानमा नदेखिन सक्छ तर भविष्यमा प्रमाणित हुनेछ ।


    ७. स्मरण रहोस् सन् १९९१ मा सोभियत संघ विघटन भयो । सोभियत संघ विघटनपछि १९४५ देखि सुरु भएको शीतयुद्ध पनि सकियो । यसपछि त नाटोको खाँडो जागेको हो । खाँडो जागेको छ भन्नुको अर्थ अमेरिकी नाटोले युक्रेनलाई मिसाइल तोप पैसा सम्पर्ण साधन स्रोत दिएर रुसमाथि आक्रमण गर्ने रणनीतिभित्र प¥यो । अमेरिकी नाटोको रणनीतिलाई तहसनहस पार्नका लागि रुसले युक्रेनमा आक्रमण गरेको देखिन्छ । यो साँचो पनि हो । 


    ८. त्यसैले रुस युक्रेन युद्ध भनिए पनि यो युद्ध अमेरिकी नाटो र रुसको युद्ध हो । यो युद्ध रुस र युक्रेनबिचको होइन । युक्रेन त आफ्नो मालिक अमेरिकी नाटोको निर्देशनमा युद्ध गरिरहेको छ  । अमेरिकी नाटोले हातहतियार र आर्थिक स्रोत रोक्ने हो भने युक्रेनी राष्ट्रपतिले क्षणभरमै युद्ध रोक्ने छन् । किनकि युक्रेन हारिसकेको देखिन्छ ।


    तर अब हारियो अब युद्ध रोकियो भनेमा भ्लाद्जेलेन्सिकी  भागेर आत्मसमर्पण गर्न पुग्नेछन् वा आत्महत्या गर्ने छन् ।
    ९. रुस–युक्रेनबिचको लामो समयको युद्धमा अमेरिकी नाटो शर्मनाक पराजित भइसकेको छ । रुसले विजय हासिल गरिसकेको छ ।
    १०. तर पनि नाटो साम्राज्यवादीहरु संसारका हरेक देशमा जुम्रो, उपिया र उडुस घुसे झैं घुसिसकेका छन् । सिरकभित्र पसेको यी कीरा निकाल्न वा यी सखाप पार्न कठिन छ । तर असम्भव छैन । विश्वका शान्तिका पक्षधर देश र मानिसहरु प्रयत्नशील रहिरहन जरुरी छ । 


    ११. स्मरण रहोस् २०३२ सालतिर हुनुपर्छ अमेरिकी नाटोले खम्पाहरुलाई हाम्रो नेपालको मुस्ताङ क्षेत्रमा हेलिप्कटरबाट उतारेर अमेरिकी नाटोले नेपाललाई विभाजन गर्ने र तिब्बतलाई विघटन गर्ने रणनीतिअन्तर्गत थियो । बाहिर देखिदा खम्पा देखिए पनि ती खम्पाले अमेरिकी नाटो सैन्य संगठनबाट सैन्य तालिम पाएका थिए, ती खम्पाहरु तिब्बती थिए । हातहतियार सबै नाटोले उपलब्ध गराएका थिए । 
    १२. रुसले त पक्कापक्की अमेरिकी नाटोलाई यस पटक जित्ने संघारमा पुगेको छ । एशियाको उत्तरी भागमा चीन फेरि महासिंह झैं  आर्थिक, सैन्यशक्ति र हात हतियारमा शक्तिशाली बनेर बसेको छ । महा शक्ति रुस र चीनका बिचमा निकटता पनि बढ्दै गएको छ । उसलाई विश्वको कुनै शक्तिले छुन सक्ने देखिदैन । तर ताइवान, मकाओ, हङकङ, तिब्बत जस्ता चीनका अभिन्न भू–भागका जनतालाई उचालेर चीनका विरुद्ध लडाउन कुत्सित प्रयास गर्दै पनि छ । 
    फेरि राष्ट्रपति पुटिन र राष्ट्रपति सी जिङपिङका बिचमा सुमधुर सम्बन्ध बनेको देखिन्छ । यदि सुसम्बन्धको गाँठो राम्ररी कसियो भने अमेरिकी नाटो ओरालो लाग्ने नै छ । 


    रुस–चीन जस्ता महाशक्ति राष्ट्रहरु आपसमा मिलेर जान र समृद्धि विश्वशान्तिको यात्रालाई निरन्तरता दिनु वान्छनीय नै छ । 
    १३. रुस–युक्रेन युद्ध रुस र युक्रेन बिचको युद्ध होइन । यो युद्ध युक्रेन र अमेरिकी नाटो बिचको युद्ध हो भने सर्वसाधारण समेतले अब बुझ्ने छन् ।


    स्मरण रहोस् भियतनामलाई विखण्डित गरेको कसले हो ? उही अमेरिकी नाटोले । कोरियालाई विखण्डित गरेको कसले ? उही अमेरिकी नाटोले । धन्न हुँ काका भियतनामलाई त एकीकरण गरे ।


    १४. धार्मिक रुपमा इस्लाम, इसाइ, यहुदीको पवित्र धर्म स्थल भए पनि जेरुसेलम त प्यालेस्टाइनी जनताको हो । तर प्यालेस्टाइनमा दोस्रो विश्वयुद्ध सन् १९४५ पछि सर्वेसर्वा भएको अमेरिकी नाटोले विश्वभर छरिएर रहेका यहुदी जातिलाई प्यालेस्टाइनीको भू–भागमा लगेर बसोबास गराए । यहुदीहरुले आदिवासी मुस्लिम प्यालेस्टाइनको सार्वभौम प्यालेस्टाइनमा यहुदी राज्यको घोषणा गरे । त्यो राज्यको नाम इजरायल हो । सन् १९४५ भन्दा पूर्व इजरायल भन्ने राज्य नै थिएन ।
    आदिवासी प्यालेस्टाइनीहरु तदुपरान्त गाजापट्टी र जोर्डन नदीको पश्चिम किनारमा बस्न बाध्य छन् । मनपरी छ वा ! मनपरी छ ! तदुपरान्त अमेरिकी नाटोले जोर्डन नदीको पश्चिम किनारा र गाजापट्टीमा नाङ्गो आक्रमण गरेर लाखौं प्यालेस्टाइनीको हत्या गरिसकेका छ र गरी नै रहेको छ ।  केही दिन पहिले पनि इजरायलमार्फत् नाटोले प्यालेस्टाइन र एल साल्भाडोरमा आक्रमण गरेर नरसंहार गरेको छ । संसारमा अमेरिकी नाटोले विकास, सहयोग र शान्तिको नारा फलाकेर कहाँ पो नरसंहार र दमन गर्न छोडेको छ र । तर ती देशहरुमा पनि पूँजीवादी सुधारवादी पार्टीहरुले अमेरिका र नाटोलाई शान्तिवादी र विज्ञानवादी देख्छन् र उसकै बहस पैरवी गर्दछन् तर खासमा ती चिहानवादी छन् । 


    अमेरिकी नाटो अपराधिक नरसंहारवादी सैन्य गुटको इतिवृतान्त  लेख्दै गए भानुभक्तीय रामायण जत्रा हजारौं ठूलो ठेली बन्ने छन् । तर, उनीहरु विश्वका कुना कुनामा एनजीओको नामबाट मानवाधिकार, शान्ति उद्धारवाद, प्रजातन्त्रको नामबाट सर्वसाधारण जनतालाई कतै महिला सशक्तीकरण, कतै दलित उत्थान, कतै आदिवासी उत्थान र सवलीकरण कतै नागरिक अधिकार यस्तै यस्तै नाना थरीका नामले पुगेका छन् । गोष्ठी, सेमिनार हुन्छन् तर विकासका लागि उनीहरुले भन्छन्– माछा दिने होइन, माछा मार्ने तरिका र सीप दिने हो भन्छन् । गोष्ठी सकिन्छ । त्यो प्रोजेक्ट पनि सकिन्छ । बस् ! अमेरिकी नाटो सहयोगकमो परिणाम यस्तै हुन सक्छन्, अराजकता र  अनुशासनहीनता !

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij