२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • नवलपुर । दशै तिहार छट जस्ता चाडपर्व लक्षित गरी यात्रा गर्ने यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाउने भएको छ । 


    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा हुन सक्ने लुटपाट, चोरीका साथै यात्रुहरु माथि हुन सक्ने दुव्र्यवहार र मनपरी भाडा असुली रोक्न प्रहरीले यात्रुवाहक वसमा एक जना महिला र एक जना पुरुष गरी २ जना प्रहरी सादा पोशाकमा खटाउने भएको बताए । 


    उनले यसका लागि कम्तिमा १० जना प्रहरी छुट्याइएको र उनीहरुले नियमित सादा पोशाकमा बस भित्रै यात्रु बनेर बसेर गस्ती गर्ने बताए । नवलपुरको दाउन्नेदेखि गैडाकोटसम्म शंकास्पद लागेको बस वा जुनसुकै बसमा छड्के गर्ने गरी प्रहरीलाई नै यात्रु बनाएर राख्ने उनले बताए । यो योजना विहीबार घटनस्थापनाकै दिनदेखि लागु गर्ने जनाएको छन् । 


    गैंडाकोटबाट प्रवेश गर्ने बसमा उक्त स्थानबाट सादा पोशाकका प्रहरी बसमा चढ्ने र दाउन्नेतर्फबाट आउने बसमा सोही स्थानबाट प्रहरी बसमा चढेर निगरानी गर्नेछन् ।छड्केमा रहेको प्रहरीले नजिककौ प्रहरी कार्यालय वा राजमार्गमा गस्तीमा रहेको प्रहरीलाई खबर गर्ने र तुरुन्त कारवाही अगाडि बढाउने प्रहरी उपरीक्षक ढकालले बताए । 

    उनले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको समेत बताए । प्रहरीले चाडपर्वको समयमा यात्रुबसमा विशेष निगरानी राख्नेदेखि यात्रु सहायता कक्षा स्थापना गर्ने, सादा पोशाकमा गाउँघरमा गस्ती गर्ने, बसमा क्षमताभन्दा बढी यात्रु चढ्न नदिन ठाउँठाउँमा चेकिङ्ग गर्ने लगायत योजना रहेको बताए । 


    प्रहरीले सार्वजनिक क्षेत्र, यात्रु चढ्ने, उत्रने मुख्य स्थानहरुमा समेत निगरानी बढाउने उनले बताए । यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा ८ वटा यात्रु सहायता कक्ष निर्माण गरिने उनको बताए । चाडपर्वको समया हुन सक्ने घटना नियन्त्रणका लागि सुरक्षा प्रदान गर्न जिल्ला भर ३ सय ४५ प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij