२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दाएकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ । फेसबुकमा बुधबार साँझ हेर्दा यस्तो देखिएको हो ।

    फेसबुकमा भेरिफाइड ब्याज (ब्लू टिकमार्क) पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइल खोलेर हेर्दा पहिले एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिने गरेको थियो । तर, अहिले धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यसरी फलोअर्स देखिएको छैन । कुनै प्रोफाइलमा भने देखिई नै रहेको छ ।

    फेसबुकका संस्थापक मार्क जुकरबर्गकै प्रोफाइल खोलेर हेर्दा पनि एकमुस्ट फलोअर्सको संख्या देखिएको छैन । यस्तै, चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको फलोअर्स पनि देखिएको छैन । तर, फेसबुकको मुख्य कम्पनी मेटाको फलोअर्स संख्या देखिएको छ ।

    नेपालबाट मात्रै नभएर विदेशबाट हेर्दा पनि फेसबुकमा यसरी फलोअर्सको संख्या देखिन छोडेको छ । यो कुनै समस्या हो वा फेसबुकको नयाँ परिवर्तन हो भन्ने स्पष्ट भने भइसकेको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij