२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्याब्सन लुम्बिनीका शैक्षिक अगुवालाई एआई प्रशिक्षण

प्याब्सन लुम्बिनीका शैक्षिक अगुवालाई एआई प्रशिक्षण

प्याब्सन लुम्बिनीका शैक्षिक अगुवालाई एआई प्रशिक्षण

प्याब्सन लुम्बिनीका शैक्षिक अगुवालाई एआई प्रशिक्षण

प्याब्सन लुम्बिनीका शैक्षिक अगुवालाई एआई प्रशिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • बुटवल । शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन लुम्बिनी प्रदेशले शैक्षिक अगुवाहरूलाई एआईको प्रभावकारीता र सुरक्षित प्रयोगबारे प्रशिक्षण दिएको छ । 


    आईएनजी इम्प्याक्टको प्राविधिक सहयोगमा रुपन्देहीको तिलोत्तमामा आयोजित प्रशिक्षणमा एआईको प्रयोग, यसको उपयोगिता तथा शिक्षण क्षेत्रमा यसको प्रभावकारी सदुपयोगका विषयमा प्रशिक्षण दिइएको हो ।  


    प्याब्सन केन्द्रसँग भएको सम्झौताअनुसार देशभरका शैक्षिक नेतृत्व तथा शिक्षक–कर्मचारीलाई एआईसम्बन्धी प्रशिक्षण दिने अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा कार्यक्रम आयोजना गरिएको आईएनजी इम्प्याक्टका संस्थापक अध्यक्ष सुरज बुढाथोकीले बताए । 


    एआईको सही प्रयोग र यसबाट लिन सकिने फाइदाबारे देशभरका शैक्षिक जनशक्तिलाई जानकारी गराउने उद्देश्यले प्याब्सन केन्द्रसँग सहकार्य गररी कोशी प्रदेशबाट सुरु गरी आइतबार लुम्बिनी प्रदेशमा प्रशिक्षण गरिएको उनले बताए । 


    प्रशिक्षणको पहिलो चरणमा प्रदेशका शैक्षिक अगुवाहरूलाई एआईको प्रयोग र सम्भावनाबारे जानकारी गराइएको हो । 
    त्यसपछि प्रदेशका विभिन्न जिल्लामा पुगेर शिक्षक तथा कर्मचारीलाई समेत एआईसम्बन्धी प्रशिक्षण दिने योजना रहेको प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डेले बताए । 

    एआईलाई शिक्षण सिकाइमा कसरी उपयोग गर्ने, दैनिक शैक्षिक कामलाई प्रविधिको माध्यमबाट कसरी सहज बनाउने तथा एआईबाट प्राप्त सामग्रीलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रित रहेको अध्यक्ष पाण्डेले बताए ।   


    प्रशिक्षणमा प्याब्सन प्रदेश समितिको सिंगो कार्यसमिति तथा ११ जिल्लाका प्याब्सन जिल्ला समितिका पदाधिकारी गरी करिब सय जनाको सहभागिता रहेको प्याब्सन लुम्बिनीका कोषाध्यक्ष  महेश भुर्तेलले जानकारी दिए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij