तिलोत्तमा । लुम्बिनी वर्ल्ड स्कुल तिलोत्तमा, मधवलियामा विद्यार्थीहरूलाई आधुनिक प्रविधि तथा भविष्यमा आवश्यक पर्ने सीपसँग परिचित गराउने उद्देश्यले रोबोटिक्स, एआई तथा ड्रोन प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
आई
कार्यक्रममा विभिन्न प्रकारका रोबोटिक गतिविधि, आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग तथा ड्रोन प्रविधिसम्बन्धी रोचक तथा व्यावहारिक प्रदर्शनहरू प्रस्तुत गरिएको थियो। प्रदर्शनमार्फत विद्यार्थीहरूले रोबोटिक्स, एआई तथा ड्रोन प्रविधि कसरी डिजाइन, विकास तथा वास्तविक जीवनका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् भन्नेबारे जानकारी प्राप्त गरेकाछन् ।
कार्यक्रमलाई इन्जिनियर शम्भु आचार्यले सहजीकरण गरेका थिए । उनले विद्यार्थीहरूलाई रोबोटिक्स, एआई तथा ड्रोन प्रविधिका आधारभूत पक्षबारे सरल र विद्यार्थीमैत्री ढङ्गले व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै विभिन्न प्रविधिको प्रत्यक्ष प्रदर्शन गरे ।
विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा नयाँ प्रविधिबारे जान्ने जिज्ञासा, प्रयोगात्मक सिकाइप्रतिको रुचि तथा उत्साहले कार्यक्रमलाई थप प्रभावकारी र अर्थपूर्ण बनाएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता, समस्या समाधान तथा प्रविधिको खोज–अन्वेषण गर्ने क्षमताको विकासमा योगदान पुर्याएको विद्यालयले जनाएको छ ।
विद्यालयका अध्यक्ष गोपाल टण्डनले यस्ता प्रविधिमैत्री र प्रयोगात्मक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई समयअनुकूल प्रविधि, नवप्रवर्तन र भविष्यमा आवश्यक पर्ने सीपसँग जोड्ने यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।




