२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा स्थानीय बासिन्दाको आन्दोलन

लुम्बिनीमा स्थानीय बासिन्दाको आन्दोलन

लुम्बिनीमा स्थानीय बासिन्दाको आन्दोलन

लुम्बिनीमा स्थानीय बासिन्दाको आन्दोलन

लुम्बिनीमा स्थानीय बासिन्दाको आन्दोलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१

  • मुलुक संघीयतामा गएपछि गाउँ-गाउँमा सिंहदरबार आए भनेर नागरिक खुशी भए । अब नागरिकका आधारभूत समस्या समाधान हुन्छ भन्ने विश्वास उनीहरुलाई थियो । मुलुक संघीयतामा गएपछि नागरिकका समस्याको सुनुवाइ हुन्छ, सरकारसँगको नजिकको सम्बन्ध हुन्छ भनिएकाले उनीहरुलाई विश्वास हुनु स्वाभाविकै थियो । अहिले घरदैलोमै सिंहदरबार पाएका नागरिकले स्थानीय सरकारको भूमिका र कामप्रति प्रश्न उठाउन थालेका छन् ।


     नागरिकहरुका आधारभूत समस्या समाधान गर्न लुम्बिनी साँस्कृतिक नगरपालिकाले चाँसो नदिएको भन्दै अहिले नागरिक आन्दोलनमा उत्रेका छन् । मुलुक संघीयतामा गएपछि स्थानीय तहमा राजनैतिक नेतृत्व आएको सात वर्ष बित्यो । पहिलो कार्यकालको पाँच वर्ष बित्यो । दोस्रो कार्यकालको दुई वर्ष पनि बितिसकेको छ । सात वर्षमा नागरिकका आधारभूत समस्या समाधानको बाटो पहिल्याउन पर्दथ्यो । राजनैतिक खिचातानीको मारमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका बासिन्दा परेका छन् । त्यहाँ बेलैमा नगरसभा हुँदैन । बजेट पारित हुँदैन । अनि नगरसभा र बजेट पारित नभएपछि कसरी होस् काम । अस्तव्यस्त तरिकाले चलेको नगरपालिकाले नतिजा निकाल्न सकेन् । पुँजीगत खर्च भएन् । नागरिकका समस्या पहिचान गरी बजेट खर्च भएन । अहिले नागरिकले उठाएका माग जायज छन् । उनीहरुले स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड र एक्सरे राख्नुपर्ने, सरकारले तोकेका औषधि निःशुल्क पाउनुपर्ने, गरिब तथा विपन्न परिवारलाई उपचार खर्चको व्यवस्था हुनुपर्नेलगायतका माग आम सरोकारका माग हुन् । यी माग पूरा गराउन लुम्बिनीबाट काठमाडौंसम्म पैदल यात्रा गर्ने तयारी छ ।


    लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल हो । यहाँको विकास स्थानीय नागरिकको सरोकारको विषय मात्रै नभइ पर्यटन प्रवद्र्धनमा पनि बल पुग्छ । स्थानीय नागरिकको स्वास्थ्य र शिक्षाको अवस्था सुधार हुँदा, खानेपानी र सडक पूर्वाधारको विकास हुँदा स्थानीय समुदायले लाभ पाउँछन् नै, लुम्बिनी पछौटे र गरिबीबाट मुक्त छ भन्ने सन्देश पनि प्रवाह हुन्छ । स्थानीय सरकारले प्रदेश र संघीय सरकारको सहयोग र साथ लिएर लुम्बिनीलाई नमूना बनाउन पहलकदमी लिनुपर्छ ।  निर्वाचित नेतृत्वले सबै दलको सहकार्य र साथ लिएर नागरिकका माग सम्बोधन गर्नुपर्छ । लुम्बिनीमा उठेको नागरिक आन्दोलन लुम्बिनीको विकासको लागि कोशेढुङ्गा हुनेछ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij