२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • बुटवल ।नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा आज नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गरेकि छन । भारतको प्रसारण लाइन हुँदै नेपालको बिजुली बङ्गलादेश पुग्ने भएकाले सम्झौतामा भारत पनि सामेल भएको हो ।

    अब नेपालबाट तत्कालका लागि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने बाटो औपचारिक रूपमा खुलेको छ । गएको जुन महिनामै विद्युत् खरिद बिक्रीको सम्झौता गर्ने तयारी रहेकोमा बङ्गलादेशमा सरकारविरुद्ध भएको आन्दोलनपछि प्रधानमन्त्रीले नै देश छाड्नेसम्मको अवस्था आएपछि रोकिएको थियो । तर अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता भएको हो ।

    अब नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले बिजुली बेच्नेछ । बङ्गलादेशमा बिजुली निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको 'ह्विलिङ चार्ज' बङ्गलादेशी कम्पनीले नै तिर्नेछ ।

    नेपाल र बङ्गलादेशबीच ५ वर्षसम्म बिजुली निर्यातका लागि सम्झौता भएको हो । यो सम्झौताअनुसार हरेक वर्ष १४ करोड ४० लाख युनिट बिजुली बङ्गलादेश निर्यात हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    नेपालले तीन वर्षदेखि भारतलाई बिजुली बेचिरहेकोमा आज बङ्गलादेशलाई पनि बेच्ने सहमतिपत्रमा हस्ताक्षर हुनुलाई विज्ञहरूले ठूलो उपलब्धि भनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij