२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी सरकारको ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी सरकारको ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी सरकारको ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी सरकारको ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी  सरकारको ३८ अर्ब ९७ करोडको बजेट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २ २०८१
शनिवार, आषाढ २ २०८१
  • बुटवल । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।

    प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब ५० करोड ९७ लाखले कमी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

    बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ।

    मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताए ।

    मन्त्री आचार्यले आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij